आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि जापान सरकारले गर्याे राष्ट्रव्यापी संकटकाल घाेषणा, कहिलेबाट हुन्छ लागु ?

प्रकाशित
3.8K
SHARES

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जापानमा लगाइएको राष्ट्रव्यापी संकटकाल थप तीन साताका लागि बढाइएको छ । जापानमा गत अप्रिल ७ देखि सात राज्यमा एक महिनाका लागि जारी राष्ट्रिय संकटकाल अप्रिल १६ मा देशव्यापी बनाइएको थियो ।

आजदेखि संकटकाल समाप्त हुँदै गर्दा जापानले संकटकाल आउँदो मे ३१ सम्मै कायम रहने जापानी प्रधानमन्त्री सिन्जो आवले घोषणा गरे । आवेका अनुसार अर्को सूचना नभएसम्म संकटकाललाई खुकुलो पारिने छैन । कोरोनाभाइरसविरूद्धको लडाईंका लागि आगामी कदम तयार पार्न संकटकाल बढाइएको उनले जानकारी दिए ।

कोरोना भाइरस सङ्क्रमणको बढी समस्या रहेका टोकियो, ओसाकासहित १३ वटै प्रशासनिक क्षेत्रमा विशेष सावधानी अपनाउन पनि उनले आग्रह गरेका छन् । संकटकाल लम्व्याउने निर्णयलाई चिकित्सा क्षेत्रका विशेषज्ञहरूको सल्लाहाकार समितिले सोमबार बिहान अनुमोदन गरेको थियो ।

जापानमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणले ५३६ जनाको मृत्यु भएको छ भने १५ हजार ७८ जना संक्रमित भएका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार ३६४ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट विश्वका ३६ लाख ४४ हजार ७९५ जना संक्रमित छन् ।

संक्रमितमध्ये ११ लाख ९४ हजार ८३५ जना उपचारपछि घर फर्किएका छन् । २१ लाख ९७ हजार ५९६ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४९ हजार ६३५ जनाको अवस्था गम्भीर छ । कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख ४२ हजार १४३ जना, उत्तर अमेरिकी मुलुकहरुमा ७६ हजार ८९१ जनाको मृत्यु भएको छ ।

यस्तै एसियाली मुलुकहरुमा २० हजार ७८, दक्षिण अमेरिकी मुलुकहरुमा ११ हजार २७४ जनाको मृत्यु भएको छ । अफ्रिकी मुलुकहरुमा १ हजार ८४८ र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११५ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी संक्रमण भएको मूलुक अमेरिकामा अमेरिकामा १२ लाख १२ हजार ८३५ जना संक्रमित भएका छन् । कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६९ हजार ७०९ पुगेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ २३ हजार ७१७ जना नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ८७ हजार २५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ५५ हजार १०५ जनामध्ये १६ हजार ४३ जनाको अवस्था गम्भीर रहेको छ । अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ४८ हजार ३०१ जना संक्रमित भएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १६४ जनाको मृत्यु भएको छ भने १ हजार १७९ जना नयाँ संक्रमित थपिएका छन् । स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार ४२८ पुगेको छ । १ लाख ५१ हजार ६३३ जना उपचारपछि निको भएका छन् ।

७१ हजार २४० जना उपचाररत छन् । त्यसमध्ये २ हजार २५४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । इटालीमा मृतकको संख्या २९ हजार ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २२१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ९३८ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ८२ हजार ८७९ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९९ हजार ९८० जनामध्ये १ हजार ४७९ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया