आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पूर्व आइजीपी खनाल र सांसद बस्नेतको एकाएक किन चल्यो रुवावासी, यति गम्भीर कारण थाहा पाएर ओली समेत हैरान

प्रकाशित
12.7K
SHARES

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले फसाउन लागेको भन्दै सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले  रुवावासी गरेका छन् । नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ(किसान), पूर्वआईजीपी सर्वेन्द्र खनाल र नवीन बस्नेतले मानव अधिकार उल्लंघन र दुरुत्साहन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा सोमबार उजुरी दिएका छन् ।

पुल्चोकस्थित आयोगको कार्यालयमा पुगेर उनीहरुले जनता समाजवादी पार्टीका सांसद तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवको अ’पह’रण नगरेको बताएका छन् । साथै उनीहरुले उजुरीमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डे, आङकाजी शेर्पाले आफूहरुविरुद्ध कानुनअनुसार कसुर हुने कार्य गरेको बताएका छन् ।

उनीहरुले सांसद यादवले आयोगमा दिएको निवेदनमा उल्लेख भएबमोजिमको मानव अधिकारसम्बन्धी कुनै गल्ती नगरेको बताएका छन् । सांसद् यादवलाई आफूहरुले जबर्जस्ती काठमाडौं नल्याएको पनि उनीहरुले उजुरीमा जिकिर गरेका छन् । तत्कालीन समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाको सल्लाह र समर्थनमा आफूहरु महोत्तरी गई सांसद यादवसँग छलफल गरेको बताएका छन् । त्यस्तै बर्दिबासमा भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने कुरामा सहमति जनाउँदै सांसद यादव काठमाडौं आउन तयार भएको पनि उजुरीमा उल्लेख गरिएको छ ।

साथै आफूहरुविरुद्ध लगाइएको आरोप झुटो भएको बताउँदै सांसद यादवले दिएको उजुरी खारेज गर्न पनि उनीहरुले आग्रह गरेका छन् । सांसदद्वय र पूर्वआईजीपी तथा नवीनको तर्फबाट दिइएको उजुरीमा पूर्वप्रधानमन्त्री भट्टराईलगायतलाई शरीर बन्धक कसुरमा कारबाही गर्न माग गरिएको छ ।

होटेल मेरियटबाट निस्किएपछि सांसद सुरेन्द्र यादवलाई पूर्वप्रधानमन्त्री भट्टराईले मोबाइल अफ गर्न लगाएर घरबाटै निस्किन नदिएको आरोप उजुरीमा लगाइएको छ । मर्निङ वाकमा निस्किएका यादवलाई गाडीमा फर्कन सहयोग गरेको भन्दै आङकाजी शेर्पा र भट्टराई शरीर बन्धक लिएको कसुरमा कारबाही गर्न सिफारिससहितको निर्देशन दिन पनि उजुरीमा माग गरिएको छ ।

साथै उजुरीमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सामाजिक सञ्जालमा आफूहरुलाई र प्रधानमन्त्रीलाई लक्षित गर्दै जातीय सद्भाव भड्काउने खालका अभिव्यक्ति दिएको आरोप लगाउँदै विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही गर्न माग गरिएको छ ।

निदेवन बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले संविधानले दिएको दायरभित्र रहेर घटनाको अनुसन्धान गरिने बताए । दुवै उजुरीहरु एकै ठाउँमा राखेर अनुसन्धान गरिने उल्लेख गर्दै उनले मानव अधिकार उल्लंघन भए/नभएको यकिन गरिने बताए । अनुसन्धान निष्पक्ष ढंगले हुने भन्दै उनले कानुन र संविधानबमोजिम आफ्नो दायित्व पूरा गर्ने बताए ।

यसअघि सांसद सुरेन्द्र यादवले आफूलाई महोत्तरीबाट जबर्जस्ती काठमाडौं ल्याइएको भन्दै सांसदद्वय र पूर्वआईजीपीविरुद्ध आयोगमा उजुरी दिएका थिए । त्यसभन्दा पहिले काठमाडौं प्रहरी परिसरमा उजुरी दिन गए पनि आफ्नो कार्यक्षेत्र नभएको भन्दै परिसर पन्छिएको थियो । सोमबार नै जिल्ला सरकारी वकिलको कार्यालयले सांसद यादवले दिएको अपहरणसम्बन्धी जाहेरी दर्ता गरेको छ ।  जाहेरी दर्ता भएको खबरले सत्तारुढ नेकपाभित्र खैलाबैला मच्चिएको छ ।

पूर्व आइजीपी सर्वेन्द्र खनालले सुरेन्द्र यादव प्रकरणमा मुख खोले
समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई उनकै सहमतिमा जनकपुरबाट काठमाडौं ल्याइएको पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले बताएका छन् । यादवलाई अपहरण गरिएको भन्ने भनाइ सत्य नभएको खनालको प्रतिक्रिया छ ।

सांसद यादवले विहीबार होटलमा सबै सांसदसँग भेट हुने लागेको अवस्थामा मुड चेञ्ज गर्नू उनको गल्ती भएको खनालको भनाइ छ । ‘अस्ति हामी (खनाल, महेश बस्नेत र किसान श्रेष्ठ) भक्तपुरमा बसेका थियौं, डा. सुरेन्द्र यादव आउन खोजेको तर अझै डराइरहेको भन्ने कुरा बुझियो’, खनालले भने, ‘अनि, उहाँलाई परामर्शका लागि काठमाडौं नै आउनू भन्ने कुरा भयो ।’

यादवले नै सहमति जनाएपछि बुधबार ९ बजे उनको घरमा पुगेको पूर्वआईजीपी खनालले बताए । खनालले भने, ‘बिहान ९ बजेतिर पुग्यौं । गफसफ भयो । खाजा खुवाए । खाना पनि खाएर जानू भन्ने कुरा आयो घरबाट ।’ त्यहीँबाट डा. यादवले विभिन्न व्यक्तिसँग परामर्श पनि लिएको खनालले बताए । ‘उहाँले जनकपुर गएर डा. सूर्य भन्नेसँग पनि भेट गर्नुभयो’, उनले भने, ‘त्यसपछि नै उहाँ आउन तयार हुनुभएको हो ।’

खनालले आफू विगतमा प्रहरी भए पनि अहिले सामान्य नागरिक भएको बताउँदै भने, ‘मैले हिँजो पुलिस भएर काम गरेँ । अहिले नागरिक भएर गरिरहेको छु । कुरा गर्नै नहुने, साथी भाइ नै नहुने भन्ने त होइन नि !’ चर्चा गरिएजस्तो ‘अपहरण’ नभई आफ्नै ईच्छामा डा. यादव काठमाडौंसम्म आएको खनालले बताए ।

‘सिन्धुलीमा खाजा खाइयो, काभ्रेमा खाना खाइयो । साँझ उहाँ होटलमा बस्नुभयो । भोलिपल्ट सबै सांसद त्यहीँ भेट हुने कुरा थियो’, पूर्वप्रहरी प्रमुख खनालले अगाडि भने, ‘बरु उहाँको पो दोष भयो, काठमाडौं आएर मुड चेञ्ज गर्नुभयो । नत्र, उहाँकै ईच्छाअनुरुप काठमाडौं आउनुभएको हो ।’

समाजवादी पार्टीका थुप्रै नेता कार्यकर्तासँग आफ्नो पुरानो चिनजान रहेको तथा आफ्ना हितैषीको रुपमा नेकपा सांसद किसान श्रेष्ठ र महेश बस्नेतसँग लकडाउनमा अलपत्र परेकालाई केही सहयोग गर्न सकिन्छ कि भनेर आफू तराई मधेसतिर गएको उनले बताए।

खनालसँगै बिहीबार बिहान काठमाडौं आइपुगेका समाजवादी पार्टीका सांसद यादव र अरगरीया नक्सालस्थित मेरियट होटेलमा केहीबेर बसेका थिए। निवेदन दर्ता हुनुअघि समाजवादीबाट अलग्गिएर छुट्टै दल दर्ता गर्ने तयारीका साथ उनीहरु काठमाडौं आएका थिए। यही प्रकरणमा सांसद यादवसहितको टोलीलाई ल्याउन सरकारकै निर्देशनमा पूर्वआईजीपी खनाललाई प्रयोग गरिएको आरोप लागेको छ।

भट्टराई र पाण्डेले लगाएको आरोपलाई बल पुग्ने गरी जिल्ला प्रहरी कार्यालय महोत्तरी स्रोतले पनि सांसद यादवलाई लकडाउनका बेला काठमाडौं ल्याउन पूर्वआईजीपी खनाल बर्दिबास पुगेको बतायो। खनालसँगै नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ पनि महोत्तरी पुगेका थिए। यही प्रकरण अहिले ‘अ’प’ह’र’ण’ सँग जोडिएको विषय बनेको छ। यो बिषयले बाबुराम भट्टराईको ‘जनता समाजवादी पार्टीदेखि ओली-प्रचण्डको नेकपासम्म खैलाबैला मच्चाएको छ ।

यस्ताे छ समाजवादीको फुट र जुटको वृत्तान्त, बालुवाटारले खेल्न खोजेको अन्तिम कार्ड पनि यसरी भयो विफल
प्रधानमन्त्रीले राजनीतिक दल विभाजन गर्न सहज हुने कानुनी व्यवस्था ल्याएर आफ्नै पार्टीलाई फुटाउन नखोजेको बताएका थिए। राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन अध्‍यादेश, २०७७ ल्याउनुको औचीत्यबारे प्रधानमन्त्रीले भनेका शब्द एक सांसदले यसरी उल्लेख गरे, ‘विभिन्न राजनीतिक दलमा राम्रा मान्छेहरू, जो जनहीत गर्न चाहन्छन्, व्यक्तिगत स्वार्थ लिएका व्यक्तिहरूसँग बाध्य भएर बस्नुपरेको छ। संसदीय दल र पार्टीको केन्द्रीय समिति दुवैतिर ४० प्रतिशत पुर्‍याउन नसकेर मनले नमान्दा पनि टाँसिएर बस्नुपरेको छ। यो अध्यादेश नेकपा फुटाउनका लागि होइन अन्य दलमा त्यसरी बसेकाहरूका लागि हो।’ जयसिंह महराले कान्तिपुर दैनिकमा समाचार लेखेका छन्।

प्रधानमन्त्रीले आफू र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता गरेकाले विभाजन गर्दा कुन मुख देखाएर हिँड्ने? भन्ने अवस्था आउने भनेर सांसदहरूलाई थुम्थुम्याउने प्रयास गरेका थिए। सांसदहरूलाई ‘कन्भिन्स’ गराउने क्रममा उनले भावनात्मक तर्कका साथै आफ्नो स्वभावजन्य अभिव्यक्ति पनि दिएका थिए। उनले ‘नेकपा कागजको महल नभएकाले एउटा अध्यादेशले विभाजन नहुने’ बताएका थिए। प्रधानमन्त्रीले त्यसो भने पनि उक्त बैठकमा अर्का अध्यक्ष दाहाल गएनन् भने काठमाडौ क्षेत्र नम्बर- २ बाट निर्वाचित वरिष्ठ नेता माधवकुमार नेपाल पनि अनुपस्थित थिए।

राई र यादवको नाडी प्रधानमन्त्री ओलीले आफू मातहत काम गर्दा नै छामिसकेका थिए। अन्य मन्त्रीको तुलनामा राम्रो काम गरेका राई र राज्यमन्त्रीको जिम्मेवारी हुँदा पनि स्वास्थ्य मन्त्रालयमा यादवले गरेका कामबाट प्रधानमन्त्री राम्रैसँग परिचित थिए। साथै उनीहरूको राजनीतिक भविष्य र महत्वकांक्षासँग पनि। उपेन्द्र यादव देशभन्दा विदेशमा बढी जाने भएकाले स्वास्थ्य मन्त्रालयका काम डा. सुरेन्द्रले नै गरेको बुझाइ थियो। सांसद राईले पार्टी नेतृत्वसमक्ष सरकारबाट बाहिरिनेबारे असहमति राखेका थिए। असन्तुष्टिका बाबजुद यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकार छोड्ने निर्णय गरेका थिए।

समाजवादीका सांसद मोहम्मद इस्तियाक राई
त्यतिबेला देखि नै सरकारबाट बाहिरिने राईलगायत पार्टीभित्रका अन्य सांसद असन्तुष्ट हुँदै गइरहेका थिए। रेणु यादव भने मन्त्री हुन नपाएकामा अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट थिइन्। पार्टी उपाध्यक्ष रेणुले पछिल्लो समय उपसभामुखको आश गरेकी थिइन्। तर, प्रधानमन्त्री ओलीले समाजवादीसँग कुनै पनि राजनीतिक लेनदेन नगर्ने अघोषित निर्णय गरिसकेकाले उनी पनि समाजवादीमा बसेर केही नहुने निष्कर्षमा पुगेर अलग्गिन चाहेकी थिइन्। यी विषयमा बालुवाटार भरपूर जानकारमात्रै होइन यसरी असन्तुष्ट रहेका सांसदहरूसँग निरन्तर सम्पर्कमा पनि थियो। जसले बुधबारको दिन निम्त्याएको थियो।

बाबुराम-उपेन्द्रको ‘मास्टर स्ट्रोक’
बुधबार दिउसो कांग्रेसको केन्द्रीय कार्यालय सानेपाको भेलामा गएका बाबुराम भट्टराई र उपेन्द्र यादवले सांसद डा. सुरेन्द्र यादवलाई ‘अपहरण’ गरिएको भन्ने सूचना पाए। लकडाउन हुनु एक दिन पहिलेदेखि नेपालगन्जमा रहेका सांसद मोहम्मद इस्तियाक राई र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत काठमाडौं आएर आन्तरिक छलफलमा रहेको जानकारी पाएका उनीहरू यादवको ‘अपहरण’ भन्ने सूचनाले झस्किए।

पार्टी विभाजन सहज हुने अध्यादेश ल्याएर सरकारले नेकपादेखि राजपासम्म हलचल ल्याएको बेला भट्टराई र यादवलाई निश्चित भयो कि अब पार्टी जोगाउनुपर्छ। लामो समयदेखि पार्टी एकताको चरणबद्ध छलफलमा रहेका राजपाका नेताहरूलाई पनि उक्त सूचनाले झस्काएको थियो। राजपाका एक शीर्ष नेताका अनुसार ‘परिस्थितिको विश्लेषण गरेर सानेपाबाट निस्किए लगत्तै दुवै दलका शीर्ष नेता छलफलमा जुटे’ का थिए।

समाजवादी र राजपा एकता घोषणामा नेताहरु
समाजवादी पार्टीले नेतृत्वसँग असन्तुष्ट सांसदहरूसँग सम्पर्क बढाउन थालेका थिए। साथै राजपासँग जसरी भए पनि एकता तत्काल टुंगोमा पुर्‍याउन पनि उनीहरू लागेका थिए। राति ११ बजेतिर एकता घोषणा गर्दा पनि राजपा र समाजवादीका नेताहरू विभाजन हुन खोज्ने सांसदको संख्या ८ पुग्यो कि पुगेन? र को को त्यसमा लागेका छन्? भनेर चनाखो भएर लागेका थिए।

दुवै पार्टी एकताको सहमति हुनुभन्दा आधा घण्टा अगाडि राजपाका ती नेताले भनेका थिए, ‘समाजवादीका अलग्गिन खोज्ने सांसदहरूको संख्या ४० प्रतिशत पुग्छजस्तो लाग्दैन। यो इस्तियाकले सुरु गरेको हो, हामी (दुवै दलका शीर्ष नेता)सँग भएको सूचीअनुसार केन्द्रीय समितिमा कुनै हालतमा ४० प्रतिशत पुग्दैन, संसदीय दलमा पुर्‍याउने प्रयास गर्दैछन्। सरकारले साथ दिइरहेको छ तर अहिलेसम्म पुगेको छैन।’

भट्टराई र यादवले असन्तुष्ट सांसदहरूलाई एकातिर मनाउने प्रयास जारी राखेका थिए भने अर्कोतिर ‘सरकारको कब्जा’ मा परेका सांसदहरूलाई छुटाउने र प्रधानमन्त्री नै उक्त कार्यमा संलग्न छन् भनेर ‘एक्सपोज’ गर्न लागेका थिए। यसबीच उनीहरूले सांसद सुरेन्द्र यादवलाई अपहरण गर्न ओलीका विश्वासपात्र सांसद महेश बस्नेत र किसान श्रेष्ठ खटिएका भनेर सामाजिक संजाल र संचारमाध्यममार्फत सार्वजनिक गरिदिएका थिए। जसले गर्दा सरकारी पक्ष आलोचनाको भयले पछि हट्न बाध्य भयो। साथै उनीहरूले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पनि ‘अपहरण’ प्रयोग भएको भनेर आरोप लगाए। त्यसले पनि सामाजिक सञ्जाललगायत संचार माध्यममा सरकार र प्रधानमन्त्रीको आलोचना सुरु भइसकेको थियो।

बिहीबार बिहान समाजवादीका असन्तुष्ट सांसदहरूलाई मेरियट होटलमा राखेको भट्टराई र यादवले जानकारी पाए। पार्टी दर्ताको निवेदन निर्वाचन आयोगमा पुर्‍याउन एक टोली खटाएका उनीहरूले सांसद छुटाउन गंगा श्रेष्ठ, अशोक राईलगायतलाई खटाएका थिए। हुल बाँधेर उनीहरू होटल छिर्न खोजेपछि सांसदहरू पछाडिको ढोकाबाट बाहिरिएका थिए। अपहरणमा परेका भनिएका डा. यादव भने यसैबीच पार्टी अध्यक्षहरूको सम्पर्कमा पुगेका थिए। जनता समाजवादी पार्टी दर्ताको निवेदन आयोगमा बुझाएपछि पनि पार्टी फुटाउन खोजेका सांसदहरूलाई नेताहरूले मनाउने क्रम जारी राखेका थिए।

के गरिरहेका थिए समाजवादीका असन्तुष्ट सांसद
बिहीबार साँझसम्म समाजवादीका पार्टी फुटाउन लागेका भनिएका सांसदहरू ‘हामीले त्यसो गर्ने योजना नै बनाएका थिएनौं’ भनेर स्पष्टिकरण दिइरहेका छन्। तर, हिजो ठीक यतिबेला नै ‘कसरी अगाडि बढ्ने’ भनेर छलफल गरिरहेका थिए। सांसदहरूको जुगाड गरिरहेका थिए।

समाजवादीकी उपाध्यक्ष रेणु यादवको नेतृत्वमा नयाँ पार्टी गठन गरेर अगाडि बढ्ने योजना उनीहरूको थियो। बुधबार राति ‘पार्टीमा विवाद छ तर फुट्ने कुरा निराधार हो’ भनेर बताइरहेका राईले मुख्यमन्त्री राउतसँग छलफल गरिरहेका थिए। उनले सुरेन्द्र यादवको ‘अपहरण’ नभएको पनि दाबी गरिरहेका थिए, जबकी पार्टीका नेताहरूले एकपछि अर्को गरी चर्को रूपमा उक्त कुरा उठाउँदै आएको थियो।

अर्का असन्तुष्ट सांसद प्रदीय यादव त बिहीबार बिहान ९ बजेसम्म पनि भनिरहेका थिए, ‘हामी सबै साथीहरू बसिरहेका छौं र केहीबेरमा के गर्ने भन्ने हुन्छ।’ उनले भनेका थिए, ‘हामी आठैजना बसेका छौं, घोषणा गर्छौं आवश्यकता पर्‍यो भने।’ त्यो छलफल मेरियट होटलमा भइरहेको थियो। जहाँ कलुदेवी विश्वकर्मा लगायतका सांसदहरू पुगिसकेका थिए। यादवले सांसद छुटाउन मेरियट होटल पुगेका अशोक राईको चर्को आलोचना गरेका थिए। उनकै कारण पार्टी आजको अवस्थामा पुगेको असन्तुष्ट सांसदहरूको आरोप थियो। नेतृत्वको अगाडि केही नबोल्ने र ‘एस म्यान’ बनेर बस्ने? त्यस्तो मान्छेबाट पार्टी बन्छ? उनीहरूको आक्रोश थियो।

सरकारले यी असन्तुष्ट सांसदहरूमध्ये केहीलाई मन्त्री र यो समूहबाट नै उपसभामुख बनाउने भन्ने आश्‍वासन दिएको समाजवादी र राजपाका नेताहरूको भनाइ थियो।

प्रतिक्रिया