आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालका ठूला तारे होटल ६ महिनासमपूर्णरूपमा बन्द हुदै, अब के हुन्छ ?

प्रकाशित
1.1K
SHARES

काठमाडौं । ठूला होटल ६ महिनाको लागि पूर्णरूपमा बन्द हुने भएका छन्। नेपाल होटल संघको आइतबार बसेको बैठकले तारे होटल ६ महिना बन्द गर्ने निर्णय गरेको हो।

सरकारले उद्योगी व्यवसायीले लकडाउनको अवधिमा पनि कर्मचारीलाई पूर्णरूपमा तलब दिनुपर्ने निर्णय गरेपछि होटल व्यवसायीले असोज मसान्तसम्म सबै होटल बन्द गर्ने निर्णय गरेका हुन्। र, यसमा अलफ्ट, र्‍याडिसन, अन्नपूर्ण लगायतका होटलका मालिकहरुको पनि सहमति छ ।

१२.५ प्रतिशत तलब लिन असहमत गरेको समयदेगत वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले होटलमा कार्यरत मजदुरको लकडाउन अवधिभरिको तलबमध्ये ५० प्रतिशत रकम तुरुन्तै भुक्तानी गर्नुपर्ने र बाँकी ५० प्रतिशत लागि बैंकबाट सहुलियत ब्याजदरमा ऋण लिन सक्ने निर्णय गरेको थियो । सो निर्णय सार्वजनिक भएको दोस्रो दिनमै व्यवसायीहरुले होटल बन्द गर्ने निर्णय गरेका हुन् ।

होटल संघकी अध्यक्ष सृजना राणाको अध्यक्षतामा बसेको बैठकले कर्मचारीलाई ६ महीनासमम्म तलबको रूपमा आधारभूत तलबको १२.५ प्रतिशतका दरले हुन आउने रकम मात्रै दिने र त्यस्तो तलब लिन नमान्ने कर्मचारीलाई रोजगारीबाट हटाउने समेत निर्णय गरेको छ।

संघले आफ्नो निर्णयमा असहमत हुने कर्मचारीलाई श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कटौतिको प्रक्रिया थाल्दै सूचना दिएर आंशिक वा पूर्ण रुपमा कर्मचारी कटौती गरिने निर्णय गरेको छ ।

सहमतिअनुसार असोजसम्म कर्मचारीलाई आधारभूत तलबको १२.५ प्रतिशत दिइनेछ । सेवा शुल्क उपलब्ध गराउने होटलले सेवा शुल्क मौज्दातबाट प्रत्येक महिना उपलब्ध गराउनेछन् । आधारभूत तलबको १२.५ प्रतिशत तलब लिन नमान्नेलाई जागिरबाट निकाल्ने सहमतिमा उल्लेख छ ।

होटलले दिने आधारभूत तलबको १२.५ प्रतिशत रकममा नेपाल सरकारले थप गरी श्रमिकलाई तलब भत्ता भुक्तानी गर्न ‘जव रिटेन्सन फन्ट’ को व्यवस्था गर्न होटल संघ नेपाल र ट्रेड युनियनले संयुक्त रुपमा पहल गर्ने निर्णय पनि होटल सञ्चालकले गरेका छन्।

प्रतिक्रिया