आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृह मन्त्रालयलाई प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन

प्रकाशित
1.2K
SHARES

काठमाडौँ । लकडाउनको उल्लङ्घन बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको पालना र भारतसँगको सीमामा आवातजावत थप कडाइ गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन्। आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमण रोक्न र मृत्युदर शुन्यमा झार्ने एउटै विकल्प लकडाउन भएकाले त्यसको कडाइसाथ पालना गराउन गृहमन्त्रीलाई निर्देशन दिएका हुन्।

अहिलेसम्म नेपालमा कोरोनाभाइरसबाट कसैको मृत्यु भएको छैन। हामीले संक्रमण शुन्यमा झार्ने पनि लकडाउन पालना गरेरै हो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने। प्रधानमन्त्री ओलीले भारतसँगको सीमामा आवातजावतमा थप कडा पार्न पनि निर्देशन दिएका छन्।

अहिले नाकाहरू सिल गरिएपनि लुकिछिपी मान्छेहरू आइरहेका छन् भन्ने कुरा आएको छ। दुबै देशका समकक्षी अधिकारीहरूसँग कुरा गरेर सीमामा थप कडाइ गर्न निर्देशन दिनुभयो,’ ती मन्त्रीले भने। सरकारले चैत ११ गते देशव्यापी लकडाउन गरेको छ। पछिल्लो समय थपिएको लकडाउनको अवधि वैशाख २५ गते सकिँदैछ।

आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई उच्च मनोबलका साथ काम गर्न पनि भनेका थिए। हिजो सचिवालयमा भएको निर्णयबारे पनि कुरा राख्नुभयो,’ ती मन्त्रीले भने,‘पार्टी एक भएर जाने भएको छ तपाईंहरू पनि खुसीसाथ काम गर्नुस् भन्नुभयो।’

यस्तै प्रमुख प्रतिपक्षी काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका बेला प्रेस स्वन्तन्त्रता कुण्ठित हुने खतरा बढेको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आइबार जारी प्रेस विज्ञप्तिमा देउवाले सरकारका अभिव्यक्ति र व्यवहारबाट यसका संकेत देखिएको बताएका छन् ।

उनले भने, ‘संसदमा सरकारले पेश गरेका प्रेस विरोधी विधेयक त छँदै थिए, लकडाउनको बेला मिडियामा हस्तक्षेप, दबाब र स्पष्टीकरणको सत्ता संक्रमण बढेको छ । प्रश्न र आलोचनाको संवैधानिक हक बोकेको मिडियालाई त्यही दायित्व निर्वाह गर्दा हामी कसैले पनि नकारात्मक दृष्टि राख्न मिल्दैन ।’

प्रेसको प्रश्नले आफू बदलिने कि उल्टै प्रेसका विरुद्ध अभिव्यक्ति दिने र द्वेष राख्ने देउवाको प्रश्न छ । उनले वर्तमान सरकार र यसको नेतृत्वले बारम्बार प्रेसका विरुद्ध दिएका अभिव्यक्ति र व्यवहार सच्याउन पनि सार्वजनिक रुपले अपिल गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट पछिल्लो समय मिडिया विरोध शैली प्रकट हुन थालेपछि सभापति देउवाले यस्तो अपिल गरेको हुन् । विज्ञप्मिा भनिएको छ, ‘कोभिड १९ को महामारीका कारण पनि मिडियले गम्भीर चुनौती भोगिरहेको भन्दै पत्रकार र संचारमाध्यमका लागि विशेष राहत योजना निर्माण गर्न पनि उल्लेख गरिएको छ ।’

कोभिड १९ को विश्व महामारीले एकातर्फ पत्रकारको ब्यक्तिगत स्वास्थ सुरक्षा र अर्कातर्फ मिडियाको व्यवहारिक व्यवस्थापनमा चुनौती ल्याएको उनको भनाइ छ ।

विज्ञप्मिा भनिएको छ, ‘विज्ञापनदेखि ढुवानीसम्ममा परेको असरले कतिपय मिडिया यसबीचमा बन्द भएका छन् भने कयौं पत्रकार बेतलबी स्थितिमा छन् । जटिल परिस्थितिमा पनि संयमित रहेर नेपाली प्रेसले निर्वाह गरिरहेको भूमिकाको नेपाली काँग्रेस पार्टीका तर्फबाट उच्च कदर र सह्राना गर्दछु ।’

नेपाली प्रेसलाई स्वतन्त्र, मर्यादित र व्यावसायिक बनाउँदै आजको नेपाली मिडिया र पत्रकारले चाल्ने हरेक कदममा सभापति देउवाले एक्यवद्धता प्रकट गरे । उनले विश्व प्रेस स्वतन्त्रता दिवसमा स्वदेश र बिदेशमा रहेका सबै नेपाली सञ्चारकर्मी र संचारमाध्यमलाई बधाई र शुभकामना समेत व्यक्त गरे ।

प्रतिक्रिया