आज : गते

ताजा शिर्षकहरु

लकडाउन खुकुलो बनाउने विषयमा मन्त्रिपरिषद बैठकमा छलफल

प्रकाशित
1.4K
SHARES

काठमाडौँ । आइतबार बसेको मन्त्रिपरिपद् बैठकमा जारी लकडाउनलाई खुकुलो बनाउनेबारे छलफल भएको छ । संसदको बजेट अधिवेशन बोलाउनेबारे छलफल गर्न डाकिएको भए पनि बैठकमा लकडाउनलाई निरन्तरता दिने कि खुकुलो बनाउँदै लैजाने भन्नेबारे छलफल भएको एक मन्त्रीले बताए ।

उनका अनुसार बैठकमा संक्रमण देखिएका र नदेखिएका क्षेत्रलाई वर्गीकरण गरि त्यसैअनुरुप रणनीति बनाउनु पर्ने कुरा उठेको थियो । वैशाख २५ गते सरकारले देशभर जारी गरेको लकडाउन ४५ दिन पुग्छ । छिमेकी भारतले दुई साताका लागि लकडाउन थप गरिसकेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

नेपालमा कोरोना संक्रमण देखिने क्रम जारी गरेकाले लकडाउनबारे सरकारले कुनै निर्णय लिइसकेको छैन । आइतबारको बैठकले उच्चस्तरीय समन्वय समिति अन्तर्गत रहेको मुख्यसचिव नेतृत्वको कार्यदल र गृह मन्त्रालयलाई आवश्यक गृहकार्य गरी सुझाव पेश गर्न निर्देशन दिएको छ ।

‘विभिन्न क्षेत्रबाट लकडाउनलाई यसै रुपमा लम्ब्याउनु हुँदैन भन्ने कुरा आइरहेको छ । यसैले संक्रमण देखिएका, परीक्षण हुन बाँकी र धेरै परीक्षण भएका तर संक्रमण नदेखिएकालाई रेड, एलो र ग्रीन जोनमा वर्गीकरण गरी फरक क्षेत्रका लागि फरक रणनीति बनाउने कुरा उठेको हो,’ ती मन्त्रीले भने । उनका अनुसार ग्रीन जोनमा परेका क्षेत्रमा लकडाउन केही खुकुलो बनाउनेबारे गृहकार्य थालिएको छ ।

यो मोडालिटीमा जाँदा पनि अन्तराष्ट्रीय तथा आन्तरिक उडान, लामो दूरीका सवारी साधान खोलिने छैनन् । यस्तै, स्कुल, कलेज, सिनेमा घर तथा सपिङ मलजस्ता धेरै भीडभाड हुने क्षेत्र र सार्वजनिक सवारीका साधन पनि खोलिने छैनन् । सीमा नाकामा थप कडाइ गरिनेछ ।

ग्रीन जोनमा पर्ने क्षेत्रमा सामाजिक दूरी कायम गरेर गर्न सकिने कामहरु, उद्योग कलकारखाना र कार्यलयहरुलाई खोल्दै लानु पर्ने राय केही मन्त्रीहरुले राख्दै आएका छन् । उनका अनुसार केही खुकुलो बनाउन सकिने क्षेत्रमा हिमाली र उच्च पहाडी जिल्लाहरुका साथै राजधानी काठमाडौं तथा पोखराजस्ता सहरहरु पनि पर्छन् ।

प्रतिक्रिया