आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काेराेना त्रासका बेला सेल्फ आइसोलेसन रेस्टुरेन्ट खुल्दै, एक दिनमा एक ग्राहकले मात्र सेवा पाउने

प्रकाशित
1.9K
SHARES

भर्मल्याण्ड । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै स्वीडेनमा नयाँ रेस्टुरेन्ट सञ्चालनको तयारी थालिएको छ । रेसमस पर्सन र लिन्डा कार्लसन दम्पतीले नयाँ अवधारणाका साथ स्विडेनको भर्मल्यान्डमा रेस्टुरेन्ट बनाउन थालेका हुन् । यो रेस्टुरेन्ट आगामी १० मेदेखि सञ्चालनमा आउनेछ ।

‘टेबल फर वान’ नाम दिएर पप-अप रेस्टुराँ खुल्न लागेको हो। यस रेस्टुराँमा एक दिनमा एक ग्राहकले मात्र सेवा पाउने छन्। रेस्टुराँ खोल्न लागेको स्थान स्टकहोमबाट करिब तीन सय ५० किलोमिटर टाढा पर्छ। रेस्टुराँमा एउटा मात्र टेबल र कुर्सी हुने छन्। रेस्टुराँ रसिलो घाँसे मैदानमा खुल्दैछ।

यो रेस्टुरेन्टमा पुगेका ग्राहकले दिनभर अर्को व्यक्तिसँग भेट्न र कुराकानी गर्न पाउने छैनन्। र, ‘सेल्फ आइसोलेसन’को आनन्द उठाउन पाउने छन्। यसैबीच अमेरिकामा कोरोना भाइरसको औषधि प्रयोगमा आएको छ ।

फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले कोरोनाभाइरस सङ्क्रमणको उपचारमा इबोलाको औषधि रेम्डेसिभिरलाई नै प्रयोग गर्न स्वीकृत दिएको छ । उक्त स्वीकृतिसँगै अमेरिकामा कोरोना भाइरसकै लागि पनि औषधि प्रयोगमा आएको हो ।

अबउप्रान्त अमेरिकामा कोभिड-१९ को गम्भीर लक्षण देखिएर अस्पताल भर्ना भएका बिरामीहरूमा उक्त एन्टीभाइरल औषधि प्रयोग गर्न सकिने बीबीसीले जनाएको छ। एफडीएको आपत्‌कालीन अनुमति भएकाले यो औपचारिक अनुमति भने होइन। औपचारिक अनुमतिका लागि थप अध्ययन आवश्यक रहेको बताइएको छ ।

विज्ञहरूले भने इबोलाको उपचारका लागि विकास गरिएको र अमेरिकी कम्पनी गिलियडले उत्पादन गर्ने औषधि कोरोनाभाइरसविरुद्ध अचूक औषधि नभएको दावी गर्दै आएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटमा गिलियडका प्रमुख कार्यकारी डानियल ओडेले एफडीएको स्वीकृती पहिलो महत्त्वपूर्ण कदम भएको बताए।

यूएस न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले १,०६३ जनामाथि गरेको एक अध्ययनले उक्त औषधिको प्रयोगपछि कोरोनाका लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको दाबी गरेपछि रेम्डेसिभिर औषधि प्रयोगमा आएको हो ।

प्रतिक्रिया