आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीको पक्षमा दस्तखत नगरे जे पनि हुन्छ भन्दै यी सांसद भट्टलाई ध’म्की, यी हुन धम्क्याउने महिला, दिइन यस्तो बयान

प्रकाशित
1.9K
SHARES

काठमाडौँ । राष्ट्रिय सभा सदस्य शारदा भट्टले आफूलाई प्रधानमन्त्री ओलीको पक्षमा हस्ताक्षर गर्न र नगरे जे पनि हुन सक्ने भन्दै दबाब आएको बताएकी छिन् । नेकपामा प्रधानमन्त्री र प्रधानमन्त्री इतरका समूहबीच संसदीय दलमा बहुमत पुर्‍याउने रस्साकस्सी चलिरहेको छ ।

त्यही मेसोमा केन्द्रीय सदस्य गौरीकुमारी ओलीले आफूलाई प्रधानमन्त्रीका पक्षमा हस्ताक्षर गर्न बालुवाटार जानुपर्ने र नगए नराम्रो हुने भनेर धम्की दिएको भट्टले कान्तिपुरसित बताइ्न । कान्तिपुर दैनिमा समाचार छ ।

‘मलाई शुक्रबार दिउँसो ४ बजेर ४ मिनेट जाँदा गौरी ओलीले फोन गर्नुभयो, प्रधानमन्त्रीको पक्षमा दस्तखत गर्न बालुवाटार जानुस भन्नुभयो, मैले मलाई गुट उपगुटको फोहोरी खेल मन पर्दैन कतै पनि जान्न भनें,’ भट्टले भनिन,‘त्यसपछि उहाँले प्रधानमन्त्रीसित टक्कर लिन गाह्रै पर्ला दिदी, भोलिको दिनमा जे पनि हुन सक्छ सम्हालिएर बस्नुस् भनिन ।’

७० वर्षीया भट्ट गत माघमा सुदुरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा विजयी भएर आएकी हुन् । कैलालीकी भट्टले ५३ वर्ष एमालेका विभिन्न संगठनमा रहेर काम गरिसकेकी छिन् । ‘गौरीले मलाई मैले नै तपाईंलाई राष्ट्रियसभा सदस्य बनाएको हो, मैले भनेको मान्नुभएन भने नेपालमा जे पनि हुन सक्छ भनेर धम्क्याइन ।’ भट्टले कान्तिपुरसँग भनिन् । डोटीकी ओली प्रधानमन्त्री केपी शर्मा ओली पक्षकी मानिन्छिन् भने, भट्ट कुनै पनि गुटमा खुलेर लागेकी छैनन् ।

केन्द्रीय सदस्य ओलीले भने आफूले भट्टलाई हस्ताक्षर गर्न आग्रह मात्रै गरेको र कुनै धम्की नदिएको बताएकी छिन् । ‘मैले शारदा दिदीलाई फोन गरेकी थिएँ, देश बच्छ र स्थिरता आउँछ भने तपाईंले पनि सहयोग गर्नुस् भनेको हो,’ ओलीले कान्तिपुरसँग भनिन्,‘उहाँले जो आए पनि सबै उस्तै हुन म हस्ताक्षर गर्दिन, मेरो भोटको महत्व पनि छैन भन्नुभएको थियो, पछि कुरा बढाइचढाइ गरेर आएछ ।’ ओलीले भट्टलाई अरुले उचालेर त्यसो गर्न लगाएको हुन सक्ने बताइन ।

उनले सामाजिक सञ्जाल फेसबुकमा समेत यसबारेमा स्टाटस लेखेकी छिन । यस्ताे उनको स्टाटस  –
”केहि मिडियाहरुले मेरो बारेमा केही अपबाहहरु फैलाइरहेको हुदा बास्तबिकता के थियो भनेर थोरै प्रष्ट पार्न चाहान्छु! हिजो 19 गते शुक्रबार दिउसोतिर मैले भर्खर मात्र निर्बाचित रास्ट्रीयसभा सान्सद सारदा भट्टलाई फोन गरेकी थिए ! सुरुमा उहाँको स्वास्थ केकस्तो छ भनेर मैले सोधपुछ गरे अलि बिसन्चो छ बहिनी भन्नुहुन्थ्यो ! म उहाँलाई ब्यक्तिगत रूपमा धेरै माया र सम्मानपनी गर्दछु !

त्यसपछि मैले अहिले देश यस्तो महामारीको प्रकोपमा फसेकोबेला आफ्नै पार्टी भित्रबाट सरकार ढाल्ने सडयन्त्र हुदैछ तपाईंलाई थाही छ ! यस्तो बेलामा सरकार ढाल्योभने देश दुर्घटनामा जान्छ त्यहिभएर सरकारको बचाउमा सहयोग गर्नुस है भनेर भने अनि उहाँले आफ्नो सरकार आफै ढाल्ने कुरा गलत हो यिनीहरू के गर्छन् के गर्छन तर मेरो त यस्मा के भुमिका हुन्छ र मत रास्ट्रीयसभाको हो त्यस्मा मेरो हस्ताक्षर पनि काम लाग्दैन भन्नुभो !

त्यसपछि मैले तपाईं एकातिर सरकार ढाल्नेकुरा बेठिक भन्नुहुन्छ अर्कोतिर हस्ताक्षर गर्दिन भन्नुहुन्छ त्यो त भएन नि दिदी यदि सरकार बचाउने हो भने मुखले भनेर हुदैन व्यबहारले नै सहयोग गर्नुपर्छ ! गर्नुस केही फरक पर्दैन ! तपाईं सान्सद हुदा प्रधानमन्त्रीले पनि पुर्ण सहयोग गर्नुभएको हो हामिपनी सबै तपाईंको पक्षमा पोजेटिभ नै थियौ ! तपाईलाई न्याय भयो हामी सब खुसी नै छौ तर सरकारको सहयोगको लागि तपाईंले एउटा हस्ताक्षर चाहि गर्दिदा राम्रो हुन्छ है दिदी ! तपाई एउटा सान्सद उहाँ प्रधानमन्त्री प्रधानमन्त्रीलाई गाह्रो परेकोबेला तपाईंबाट सहयोग भएन भने भोलि सङ्गै काम गर्ने क्रममा तपाईंलाई पनि गाह्रो होला भनेर मैले भनेपछि उहाँले हैन हस्ताक्षरत त म गर्दिन ! यी सबै उस्तै हुन! मैले नगरेपछि के यिनीहरूले मलाई अपहरण गरेर लानेहुन र भन्नुभो र आफै फोन राख्नुभो !

त्यसपछि 10 मिनेट पछि उहाँले फेरि मलाई फोन गर्नुभो अनि एकदमसङ्ग जङ्गिएर भन्नुभो मलाई टिकट दिने त तपाईंपो रहेछ हैन मलाई तपाईंले धम्का’उनुभो ! तपाईं के गर्ने मलाई मा’र्ने कि अप’हर’ण गर्ने कि ? के गर्ने गर्नुस ! तपाईं आयन्दा मलाई फोन पनि नगर्नुहोला भन्नुभो अनि मैले ए त्यति भन्नलाइ फोन गर्नुभाथ्यो लल म गर्दिन भने कुरो सकियो !

कुरा यति थियो तर यति कुरोलाइ बढाइचढाइ तिललाइ पहाड बनाइयो ! मेरो कुरा नबुझेर एकलौटी किसिमले उहाँको कुरामात्र सुनेर सामान्य आचारसहिता समेत पालना नगरी बढाइ चढाइ केही मिडियाहरुमा मेरो र सङ्गै सम्माननिय प्रधानमन्त्रीलाई समेत जोडेर बदनाम गर्ने काम गरिएको छ ! यो खेदजनक छ !

यस्मा मैले भनेको बाहेक जति कुराहरू त्यस्मा लेखिएकाछन ती सरासर झुट भएको ब्यहोरा समेत सबैमा जानकारी गर्न चाहान्छु !अहिले एकथरी ब्यक्तिहरु र मिडियाहरु क केपी नजिकका ब्यक्ति हरुलाइ खोजी खोजी प्रहार गर्ने र उक्त विषय लगेर उहाँसङ्ग जोडी उहाँलाई बदनामित गर्ने र कमजोर पार्ने ध्याउन्नमा लागेका छन यो भन्दा पहिलादेखी चल्दै आएका केहि घटनाहरु र भर्खरमात्र घटेको कथित सान्सद अपहरणको घटना र पछिल्लो चोटि अहिले म सङ्ग जोडिएको यो विषय सबै त्यस्का सिलसिलेवार घटनाहरु हुन भनेरपनि म ठोकुवा गर्न चाहान्छु !

यतिमात्र नभएर शारदा दिदी र मेरो राजनितीलाई समेत हास्यास्पद किसिमले जोडेर प्रस्तुत गरिएको छ ! मिडियाको काम भनेको सत्यतथ्य खोज्ने हो नकि कागले कान लग्यो भनेर कागको पछि दगुर्ने ! त्यसैले यस्ता अनर्गल विषयलाई उछाल्ने धन्दामा लागेका ब्यक्तिहरु र मिडियाहरु लाई मेरो आग्रह छ सक्नुहुन्छ भने मेरो र उहाँको राजनीतिक ईतिहास खोज्नुस, तुलना गर्नुस , कस्को इतिहास कस्तो ? को सिनियर को जुनियर आदि ? र उहाँ र मेरो बिचमा भएको कुराकानीको कलडिटेल निकाल्नुस र त्यसपछि म सङ्ग कुरा गर्नुस ! यदि त्यस्मा मेरो तर्फबाट धम्क्याउने तर्साउने आदि जस्ता कुनै अपशब्दहरु भेट्नुभो भने मलाई कानुन बमोजिन जे गर्न सक्नुहुन्छ गर्नुस म तयार छु !

तर यो अबस्थामा जनताको पक्षमा रातोदिन खटेर काम गरिरहेको एउटा सफल र जनपक्षीय सरकारलाई बिनाकारण अपदस्त गर्न जसरी केही आफ्नै पार्टीका बरिस्ठ भनाउदा स्वार्थी नेताहरु बाट घिनलाग्दा हर्कतहरु भैरहेका छन यस्तो कार्यको मैले खुलेर बिरोध गरेको छु र देशलाई र नेकपा पार्टीलाई समेत दुर्घटनामा पर्न नदिन सरकारको बचाउमा लागेकै छु अझैपनी लाग्नेछु स्वही उद्यस्यकालागी शारदा दिदीसङ्ग पनि एक भोट मागेकै हो यो कुरा म निर्धक्कताका साथ भन्नसक्छु यस्मा मलाई कसैको पनि डर नभएको ब्यहोरा समेत उल्लेख गर्न चाहान्छु ।”

प्रतिक्रिया