आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काेराेनाले मृ’त्यु हुनेकाे संख्या साढे ११ सय पुगेलगत्तै माेदीले फेरी गरे यस्ताे घाेषणा

प्रकाशित
1.4K
SHARES

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९)बाट मृ’त्यु हुनेकाे संख्या साढे ११ सय नाघेलगत्तै प्रधानमन्त्री मोदीले एकैपटकमा २ साताका लागि लकडाउन बढाएका छन् । माेदी सरकारले काेराेना नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको बताएको हो ।

मन्त्रालयका अनुसार यसपटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट दिइने छैन । ‘अरेन्ज जोन’ र ‘ग्रीन जोन’मा रहेका जिल्लाहरुलाई भने केही छुट दिइनेछ । दिल्ली, मुम्बई, पुने, अहमदावाद, हैदरावाद, लखनऊ, इन्दोर र जयपुरजस्ता क्षेत्र ‘रेड जोन’ मा परेका छन् । साथै उत्तर प्रदेशको १९ जिल्लालाई पनि ‘रेड जोन’ घोषणा गरिएको छ ।

२८४ ‘अरेन्ज जोन’मा परेका जिल्लामा पनि ‘रेड जोन’मा जस्तै लकडाउन रहनेछ । तर, यी क्षेत्रमा छुट्याइएको ‘हटस्पट’ बाहिरको क्षेत्रमा भने लकडाउनमा केही छूट हुनेछ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ ३५ हजार भन्दा बढीमा नोवल कोरोना भाइरस संक्रमण देखिएको छ ।

उनीहरू मध्ये ९ हजार जना निको भइसकेका छन् भने एक हजार १५२ जनाको ज्यान गएको छ । भारतमा २ साता लकडाउन बढेसँगै अब नेपालमा ओली सरकारले के गर्ला भन्ने चाँसाेकाे बिषय बनेकाे छ । नेपालमा २५ गतेसम्म लकडाउन जारी छ । भारतले लकडाउन थपेपछि नेपालमा पनि थिपने निश्चित छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा ज्यान गुमाउनेको संख्या १ हजार १५४ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ७५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार १५४ पुगेको हो । भारतमा एकैदिन थप १ हजार ८०१ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३४ हजार ८६३ पुगेको छ ।

भारतमा संक्रमितमध्य ९ हजार बढी उपचारपछि निको भएका छन् । २४ हजार ६४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सार्क मुलुकमा भारत सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमा रहेको छ । विश्वमा सबैभन्दा बढी कोरोनाको संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ ।

यसैबीच अमेरिकाको एक शव दाहगृह नजिक दर्जनौ शव फेला परेको छ । न्युयोर्क प्रहरीले ब्रुकलिनमा दर्जनौ शव फेला पारेको हो । ब्रुकलिनको एक फ्युनरल होम बाहिर यु हल ट्रकमा स्टोर गरि राखिएको अवस्थामा ती शवहरु फेला पारेको हो । ती शवहरु ट्रकमा स्टोर गरि राखिएको भएपनि कतिपय रेफ्रिजेरेटरमा समेत थिएनन ।

शव झण्डै ६० को संख्यामा हुन सक्ने अनुमान गरिएको छ । न्युयोर्क प्रहरीले ती शवहरुको बारेमा अनुसन्धान भइरहेको बताएको छ । फ्युनरल होमबाहिर ट्रकभित्र शवहरुलाई अलपत्र अवस्थामा राखिएको बारे स्थानीयबासीले प्रहरीलाई खवर गरेका थिए ।

ती शवहरु कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको भएको अनुमान लगाइएको बीबीसीले उल्लेख गरेको छ । ब्रुकलिन बोरोका अध्यक्ष इरिक आदमले शवहरुलाई यसरी अलपत्र अवस्थामा राखिएकोमा आपत्ती जनाउँदै सीटीले तत्कालै व्यवस्थापन गर्नुपर्ने माग गरेका छन ।

यु हल ट्रकमापनि शवहरुलाई यसरी अलपत्र अवस्थामा राखिएकोमा विरोध हुंदै आएको छ । न्युयोर्कमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या अत्यधिक बढेपछि शव व्यवस्थापन प्रमुख चुनौतीका रुपमा रहंदै आएको छ ।

सिमित संख्यामा भएका अन्त्यष्टि घर अर्थात फ्युनरल होमले मृतकको चाप थेग्न नसकेका कारण शवहरु कैयन दिनसम्म अलपत्र पर्ने गरेको छ । यसले संक्रमण झन फैलिन सक्ने भन्दै स्थानीयवासीले विरोध गर्दै आएका छन । कोरोनाका कारण अमेरिकामा १० लाख ९७ हजार भन्दा धेरै संक्रमित भएका छन् भने ६३ हजार ९ सय १३ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया