आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भर्खरै राेल्पामा भएकाे भएकाे ब’म वि’स्फाेटमा परि मृत्यु हुनेकाे ४ जनाकाे परिचय खुल्याे, नामसहित

प्रकाशित
2.3K
SHARES

काठमाडौं । रोल्पामा बिहीबार साँझ ब’म वि’स्फोट हुँदा ४ जनाको घ’टनास्थलमै मृ’त्यु भएको छ । त्रिवेणी गाउँपालिका वडानम्बर ६ स्थित गैरीगाउँ भन्ने स्थानमा ब’म वि’स्फोट भएको हो ।

ब’म वि’स्फोटबाट मृत्यु हुनेमा १४ वर्षीय लोतीराम डाँगी, ११ वर्षीया विमला खत्री, वर्षीय विजय खत्री र १३ वर्षीय गौरव नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी चित्रबहादुर गुरुङले जानकारी दिए ।

बाख्रा चराउन गएका बेला उनीहरुले ब’म फेला पारेर चलाउँदा विस्फोट भएको प्रारम्भिक जानकारी आएको उनको भनाइ छ। यसबारे थप बुझ्न प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा ४ जनामात्रै रहेको र उनीहरु चारै जनाको मृत्यु हुन पुगेको हो । घटनाबारे प्रहरी टोली पुगेर अनुसन्धान गरेपछि थप जानकारी आउने डीएसपी गुरुङको भनाइ छ। यसअघि यसअघि बिहिबार बिहानै काठमाडौं महानगरपालिका–३१ देउराली क्लब नजिकै ग्यास सिलिन्डर बिस्फोट भएको थियाे ।

उक्त बिस्फोटका कारण आगलागी हुँदा ३ जना घाइते भएका छन् । स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित३ जना घाइते भएका प्रहरीले जनाएको छ ।

बुधबार राति भएको उक्त घटनाका घाइतेको निजामती (सिभिल) अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य २ जना घाइतेको पहिचान खुलेको छैन । महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार सिलिन्डर पड्किँदा पसल नजिकै रहेको बा७१प ७४१ नम्बरको स्कुटर जलेर नष्ट भएको भएको छ ।

यसैबीच राति नै काठमाडौं महानगरपालिका–६ सिमलटारमा रोकिराखेको बा८८प४५ नम्बरको मोटरसाइकलमा आगलागी हुँदा क्षति पुगेको छ । स्थानीयवासीले समयमै आगो निभाएकाले ठूलो क्षति हुन नपाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया