आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकाकाे कडा चेतावनीपछि कोरोना भाइरसबारे चिनियाँ वैज्ञानिकको नयाँ दावी बाहिरियाे, विश्वभर तरंग

प्रकाशित
2.5K
SHARES

काठमाडौं । अमेरिकाले कोरोना भाइरस मौसमी महामारी बन्ने खतरा रहेको चेतावनी दिएकाे १ महिना बित्नै लाग्दा काेराेनाबारे नै चिनियाँ वैज्ञानिकहरूकाे अर्काे नयाँ दावी बाहिरएकाे छ ।

चिनियाँ वैज्ञानिकले कोरोना भाइरस कहिल्यै पनि पूर्णरुपमा समाप्त नहुने दावी गरेका छन् । वैज्ञानिकहरुको यो दावीसँगै फ्लु फैलिने मौसममा कोरोनाको संक्रमण पुनः देखिने खतरालाई बढवा दिएको छ । चीनका भाइरल र मेडिकल शोधकर्ताहरुको रिपोर्ट अनुसार कोरोना भाइरस सन् २००३ तिर फैलिएको सार्स नियन्त्रणमा आएजस्तो समाप्तै भएर जाने अवस्था छैन ।

लक्षण नदेखिने संक्रमितहरुले कोरोना भाइरसको संक्रमण फैलाउने खतरालाई बढाइरहेको द हिलले प्रकाशित गरेको उक्त रिपोर्टमा उल्लेख गरिएको छ । एसिम्प्टोम्याटिक संक्रमितहरुले अन्जानमै भाइरस फैलाउने भएकोले यसको नियन्त्रणमा समस्या हुने शोधकर्ताको दावी छ ।

सार्सका संक्रमित एकपटक क्वारेन्टाइन बसेपछि फैलिने क्रम रोकिएजस्तो कोरोनाको हकमा नपाइएको शोधकर्ताहरुले जनाएका छन् । कोरोनाको भाइरसको महामारी नियन्त्रणमा आएको चीनले घोषणा गरे पनि पुनः एसिम्प्टोम्याटिक संक्रमितका दर्जनौं केसहरु देखिरहेका छन् ।

चाइनिज एकेडेमी फर मेडिकल साइन्सेजको प्याथोजन बायोलोजीका निर्देशक जिन क्युइका अनुसार कोरोना भाइरसलाई जरैदेखि उल्मुलन गर्न नसकिए यसले लामो समयसम्म महामारीको पुरावृत्ति गरिरहनेछ । अमेरिकाको नेशनल इन्ष्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजले पनि गत महिना कोरोना भाइरस मौसमी महामारी बन्ने खतरा रहेको चेतावनी दिएको थियो ।

अमेरिकापछि चीनकाे यस्ताे दावी बाहिरएपछि विश्वभर नयाँ तरंग पैदा भएकाे छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख २८ हजार २६ पुगेको छ । ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३२ लाख १८ हजार १८३ मानिस संक्रमित भएका छन् ।

विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख मानिस उपचारपछि निको भइ घर फर्केका छन् । बिहीबार बिहान यो समाचार तयार पार्दासम्म १९ लाख ९० हजार १२५ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५९ हजार ८१७ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ६ हजार ५५९ जनाको मृत्यु भएको छ भने ८१ हजार ६७७ जना संक्रमित भएका छन् । त्यस्तै कोरोना भाइरसले युरोपियन मुलुकहरुमा १३ लाख ४७ हजार ३८० जना संक्रमित छन् । एकै दिन २४ हजार ६७४ जना नयाँ संक्रमित थपिएका छन् ।

यो समाचार तयार पार्दासम्म १ लाख ३२ हजार ९४३ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ४ लाख ८३ हजार ८८५ जना उपचारपछि घर फर्किएका छन् । ७ लाख ३० हजार ५५२ जना विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरुमध्ये २४ हजार १८२ को अवस्था गम्भीर छ ।

एसियाली देशमा कोरोना संक्रमितको संख्या ५ लाख ७ हजार ३२८ पुगेको छ । अहिलेसम्म १८ हजार २७७ ले ज्यान गुमाएका छन् । २ लाख ५५ हजार ९३७ जना उपचारपछि फर्किएका छन् । २ लाख ३३ हजार ११४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिले ५ हजार ७८३ जनाको अवस्था गम्भीर छ ।

उत्तर अमेरिकी मूलुकहरुमा ११ लाख ५० हजार ९२५ जना संक्रमित भएका छन् । ६६ हजार ९४७ ले ज्यान गुमाएका छन् । अहिले ९ लाख १ हजार २७९ को विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १९ हजार ९३७ जनाको अवस्था गम्भीर छ । १ लाख ८२ हजार ६९९ जना उपचारपछि घर फर्किएका छन् ।

दक्षिण अमेरिकी मूलुकहरुमा १ लाख ६५ हजार ८४१ जनामा संक्रमण देखिएको छ । ८ हजार १४४ जनाले ज्यान गुमाएका छन् । ५७ हजार २६१ जना निको भएका छन् भने १ लाख ४०९ जना उपचाररत छन् । ९ हजार ७४८ को अवस्था गम्भीर छ ।

अफ्रिकी राष्टमा ३७ हजार ६९३ संक्रमित भएका छन् । १ हजार ५९२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अस्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ८ हजार ३२२ जना संक्रमित भएका छन् । १०८ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६१ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म बितेको २४ घण्टामा थप २ हजार ३५२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६१ हजार ६१८ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ५८६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ६३ हजार ३५१ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये १ लाख ४७ हजार ११४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८ लाख ५४ हजार ६१९ जनामध्ये १८ हजार ६७१ जनाको अवस्था गम्भीर छ ।

अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ३६ हजार ८९९ जना संक्रमित भएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४५३ जनाको मृत्यु भएको छ भने ४ हजार ७७१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै मृतकको संख्या २४ हजार २७५ पुगेको छ । १ लाख ३२ हजार ९२९ जना उपचारपछि निको भएका छन् ।

७९ हजार ६९५ जना उपचाररत छन् । त्यसमध्ये ७ हजार ७६४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ३२३ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २७ हजार ६८२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ८६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ३ हजार ५९१ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ७१ हजार २५२ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ४ हजार ६५७ जनामध्ये १ हजार ७९५ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा २६ हजार ९७ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म १ लाख ६५ हजार २२१ जना संक्रमित भएका छन् ।

बेलायतमा एकैदिन ७६५ जनाको मृत्यु भएको छ भने अरु ४ हजार ७६ जना संक्रमण देखिएपछि कुल संक्रमितको संख्या १ लाख ६५ हजार नाघेको हो । सङ्क्रमितमध्ये १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया