आज : गते

ताजा शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्पले मास्क नलगाई यस्ताे काम गरेपछि व्यापक आलोचना

प्रकाशित
1.2K
SHARES

अमेरिका । अमेरिकी उपराष्ट्रपति डाेनाल्ड ट्रम्प माइक पेन्स मास्क नलगाई बिरामी भेट्न अस्पताल पुगका छन् । अस्पताल जाँदा मास्क नलगाइ पुगेपछि उनको व्यापक आलोचना भएको छ । उपराष्‍ट्रपति पेन्स मिनेसोटाको एक मेडिकल सेन्टरमा मास्क नलगाई बिरामी भेट्न पुगका तस्वीरहरु सार्वजनिक भएका छन् ।

पेन्सका सहयोगी र बिरामीले भने मास्क पहिरिएका थिए । उनी गएको मेडिकल सेन्टर मायो क्लिनिकले पेन्सको तस्वीरसहितको ट्विट गरेको थियो। सोही तस्वीरका कारण उपराष्‍ट्रपतिको आलोचना भएपछि ट्विट डिलिट गरिएको थियो ।

जबकि, उपराष्‍ट्रपति पेन्स नै ह्‍वाइट हाउसको कोरोना भाइरस टास्कफोर्सका प्रमुख हुन् । स्वास्थ्यकर्मी र बिरामी भेट्न जानैपर्ने भएकाले आफू उक्त क्लिनिकमा पुगेको बताउँदै उपराष्‍ट्रपति पेन्सले आफ्नो बचाउ गर्न खोजेका छन् । मास्क नलगाएको बारे भने केही उल्लेख गरेका छैनन् ।

४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३१ लाखभन्दा बढी संक्रमित भएका छन् भने २ लाख १७ हजार भन्दा धेरैको मृत्यु भएको छ । विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणले यो समाचार तयार पार्दासम्म ३१ लाख ३५ हजार ८९५ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख १७ हजार ७६३ पुगेको छ । संक्रमित भएका ९ लाख ५२ हजार ९९० जना उपचारपछि घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ६ हजार ३१५ जनाको मृत्यु भएको छ भने ७५ हजार ९४९ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको महामारीबाट अमेरिकामा मात्रै १० लाख ३५ हजार ३६५ जना संक्रमित भएका छन् । महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५९ हजार २६६ पुगेको छ । कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ३८२ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २७ हजार ३५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ९१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १ हजार ५०५ पुगेको छ । स्पेनमा २३ हजार ८२२ जनाको मृत्यु भएको छ भने २ लाख ३२ हजार १२८ जना संक्रमित भएका छन् । फ्रान्समा कोरोना भाइरसको संक्रमणबाट २३ हजार ६६० जनाको मृत्यु भएको छ भने १ लाख ६५ हजार ९११ जना संक्रमित भएका छन् ।

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार ६७८ पुगेको छ । त्यहाँ संक्रमित हुनेको संख्या १ लाख ६१ हजार १४५ पुगेको छ । कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख २६ हजार ४२२ जना, उत्तर अमेरिकी मुलुकहरुमा ६४ हजार ३९९ जनाको मृत्यु भएको छ ।

यस्तै एसियाली मुलुकहरुमा १७ हजार ९१०, अफ्रिकी मुलुकहरुमा १ हजार ५२७ र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १०७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया