आज : गते

ताजा शिर्षकहरु

डाक्टरहरुलाई समेत अचम्ममा पर्दै पाचौं पटक पनि कैलालीकी पहिलाे कोरोना संक्रमित महिलाको रिपोर्ट पोजेटिभ

प्रकाशित
2.1K
SHARES

कैलाली । कैलालीकी ३४ बर्षकी कोरोना संक्रमित महिलाको पाचौं रिपोर्ट पनि कोरोना पोजेटिभ आएको छ । २५ दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत महिलाको सोमबार पाचौं रिपोर्टमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

उनीबाटै नेपालमा पहिलो पटक स्थानीयमा संक्रमण पुष्टि भएको थियो । उनलाई दुबईबाट आएका परिवारकै सदस्यबाट कोरोना संक्रमण भएको थियो । ती युवक निको भएर घर फर्किसकेका छन् ।

एक समय सेती प्रादेशिक अस्पतालमा पाँच जना कोरोना संक्रमित उपचाररत थिए । चार जना निको भएर घर फर्किसकेका छन् भने ती ३४ वर्षकी महिला मात्र हाल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छिन् । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को महामारी अन्त्य हुन अझै लामो समय लाग्न सक्ने बताएको छ ।

सोमबार नियमित प्रेस कन्फ्रेन्समा डब्लुएचओका प्रमुख टेड्रोस अधानम गेब्रेससले अहिले यो महामारीको कारण सामान्य स्वास्थ्य प्रणालीमा अवरोध सिर्जना भइरहेको बताए । विशेष गरी विश्वको सबैभन्दा गरिब राष्ट्रका बालबालिकामा यसको असर देखिएको उनको भनाइ छ ।

डब्लुएचओका प्रमुखले पछिल्लो समय अफ्रिका, पूर्वी युरोप, ल्याटिन अमेरिका र केही एसियाली मुलुकमा महामारी बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले यो महामारी अन्त्य गर्नुअघि लामो यात्रा तय गर्नुपर्ने र त्यसका लागि धेरै काम गर्नुपर्ने बताएका छन् ।

अहिले कोरोना भाइरसको महामारीको कारण विश्वभर बालबालिकाहरुलाई दिइँदै आएको खोपको कार्यक्रम पनि प्रभावित भएको डब्लुएचओका प्रमुख टेड्रोसले बताए । कोरोना भाइरसको जोखिम बालबालिकामा कम रहेको भए पनि खोपको अभावमा अन्य रोगको जोखिम बढेको उनको भनाइ थियो ।

एक करोड ३० लाख मानिसलाई पोलियो, दादुरा, हैजालगायतका खोपहरुको समस्या भइरहेको डब्लुएचओको भनाइ छ । अहिलेसम्म २१ मुलुकमा खोपको अभाव भइसकेको छ ।

प्रतिक्रिया