आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एकाबिहानै चीनबाट आयो अहिलेसम्मकै खुसीको खबर, जनताको हितमा भन्दै राष्ट्रपति सीले लिए यस्तो निर्णय

प्रकाशित
3.5K
SHARES

काठमाडाैं । एकावहानै काेराेनाका उद्गम स्थल चीनबाट खुशीकाे खबर प्राप्त भएकाे छ । सांघाई र बेइजिङका विद्यालयहरु सोमबारदेखि खुलेका छन्। सोमबार यी शहरका दशौँ हजार विद्यार्थी विद्यालय गएका छन्। महिनौँको बन्दपछि सोमबार पहिलो पटक बेइजिङ र सांघाइका विद्यालयहरु खुलेको समाचारमा जनाइएको छ।

कोरोना भाइरसको महामारीका कारण यी शहरका विद्यालयहरु पनि बन्द गरिएको थियो। बेइजिङ र सांघाइसँगै चीनका प्रमुख शहरका विद्यालयहरु बन्द गरिएको थियो। चीनमा कोरोना भाइरसको उत्पत्ति भएपछि त्यहाँ लामो समयसम्म लकडाउन गरिएको थियो। यही लकडाउनका कारण यहाँका अरु कार्यालहरुका साथै विद्यालय तथा विश्वविद्यालयहरु पनि बन्द गरिएको थियो।

तर अहिले पनि त्यहाँ यसको संक्रमणको उच्च सतर्कता अपनाइएको छ। यही उच्च सतर्कताका साथ चीनमा व्यावसाय तथा कार्यालयहरु विस्तारै खुला गर्न थालिएको छ। यसैअनुसार आज सोमबारदेखि चीनका प्रमुख यी दुई शहर बेइजिङ र सांघाइमा पनि विद्यालय खुला गरिएको समाचारमा जनाइएको छ।

लामो समयपछि खुला भएर विद्यालय जान पाएकोमा यी शहरका बालबालिका निकै खुशी देखिएका त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ। जनताकै खुशीका लागि राष्ट्रपति सी जिनपिङले यस्ताे निर्णय लिएको चिनियाँहरुले प्रतिक्रिया दिएका छन् ।  चीनको वुहान शहरमा गत डिसेम्बरको अन्तिम हप्तादेखि देखा परेको कोरोना भाइरसको प्रकोपले सबैभन्दा पहिला चीनलाई बढी प्रभाव पारेको थियो।

यस संक्रमणबाट चीनमा ४ हजार भन्दा बढी मानिसको ज्यान गएको बताइएको छ। चीनमा यो महामारीको प्रकोप नियन्त्रणमा आएपछि अब यहाँको जनजीवन विस्तारै सामान्यतर्फ फर्किएको यहाँका सञ्चारमाध्यमले बताइएका छन्।

विद्यालय नियमित कक्षामा फर्किए पनि विद्यार्थीहरुको पोशाक भने नियमित जस्तो छैन । हरेक विद्यार्थीलाई मास्क अनिवार्य गरिएको छ भने एक मिटरको दूरी कायम गराउनका लागि विशेष प्रकारको टोपी पनि लगाइदिएको छ । ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट २ लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

विश्वका २१० मुलुक र २ वटा पानीजाहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ११ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ४ हजार २८७ जनाको मृत्यु भएको छ भने ६५ हजार ८१९ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको कुल संख्या ३० लाख ६२ हजार ६२ पुगेको छ ।

कोरोना भाइरसको महामारीबाट अमेरिकामा मात्रै १० लाखभन्दा बढी संक्रमित भएका छन् । महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५६ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म थप १ हजार २३६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५६ हजार ६४९ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार ८३३ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ८ हजार ४३ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये १ लाख ३७ हजार ७३९ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८ लाख १३ हजार ६६५ जनामध्ये १४ हजार १७५ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ३३३ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २६ हजार ९७७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ७३९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ लाख ९९ हजार ४१४ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ६६ हजार ६२४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ५ हजार ८१३ जनामध्ये १ हजार ९५६ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २३ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म स्पेनमा पछिल्ला २४ घण्टामा कोरोना भाइरसले ३३१ जनाको मृत्यु भएको छ भने २ हजार ७९३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कुल मृतकको संख्या २३ हजार ५२१ पुगेको छ भने संक्रमितको संख्या २ लाख २९ हजार ४२२ पुगेको छ ।

१ लाख २० हजार ८३२ जना उपचारपछि निको भएका छन् । ८५ हजार ६९ जना उपचाररत छन् । त्यसमध्ये ७ हजार ७६४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । फ्रान्समा कोरोना भाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा ४३७ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको संख्या २३ हजार २९३ पुगेको छ ।

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार ९२ पुगेको छ । कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख २३ हजार ९९७ जना, उत्तर अमेरिकी मुलुकहरुमा ६१ हजार ५४८ जनाको मृत्यु भएको छ । यस्तै एसियाली मुलुकहरुमा १७ हजार ५७५, अफ्रिकी मुलुकहरुमा १ हजार ४६६ र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १०२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया