आज : गते

ताजा शिर्षकहरु

नेपालीहरुलाई खुसी पार्दै चिनियाँ राष्ट्रपति सीले गरे यस्तो प्रतिबद्धता, राष्ट्रपति बिद्या भण्डारी समेत दंग

प्रकाशित
1.7K
SHARES

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच सोमबार टेलिफोनमार्फत कुराकानी भएको छ । कुराकानीमा क्रममा चिनियाँ राष्ट्रपति सीले कोरोना भाइरस.(कोभिड–१९) विरुद्धको लडाइँमा नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सीले दुवै देशको स्वास्थ्य संस्थाहरुलाई सञ्चार र सहकार्यका लागि पनि आग्रह गरेका छन्। त्यस्तै विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसविरुद्धको लडाइँमा अन्तर्राष्ट्रिय समुदायबीच एकजुटता र सहयोगको आवश्यकता रहेको पनि सीले बताएका छन्।

कोरोना संकटसँग जुध्न विश्वले बहुपक्षवादको रक्षा गर्दै अन्तर्राष्ट्रिय न्याय र नैतिकतालाई बचाइराख्नु पर्ने आवश्यकता रहेको पनि चिनियाँ राष्ट्रपति सीले औंल्याएका छन्। त्यस्तै राष्ट्रपति भण्डारीले कोरोना भाइरस संक्रमण रोकथामका लागि चीनले चालेको कदमको प्रशंसा गरेकी छिन्।

साथै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विश्वका विभिन्न देशमा चीनले गरेको सहयोगप्रति पनि राष्ट्रपति भण्डारीले प्रशंसा गरेकी छिन्। जवाफमा चिनियाँ राष्ट्रपति सीले कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपालले चालेको कदम पनि प्रभावकारी भएको भन्दै प्रशंसा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

साथै चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि नियमित काममा फर्किएको भन्दै खुशी व्यक्त गरेका छन्। साथै उनले प्रधानमन्त्री ओलीको सुस्वास्थ्यको कामना गरेका छन्। यसैबीच रमजान सुरु भएपछि साउदी सरकारले कर्फ्यू खुकुलो पारेको छ ।

अप्रिल २६ देखि मे १३ सम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कर्फ्यू हटाइएको छ । साउदी सरकारले मक्का क्षेत्र बाहेकका सम्पूर्ण क्षेत्रमा लागू हुने गरी कर्फ्यूको समयमा हेरफेर गरेको हो । यसअघि रियाद, दमाम, ताबुक, दहरान, हफुफ, ताइफ, कतिफ, अलखोबर र जेद्दाका सम्पूर्ण क्षेत्रहरुमा २४ घण्टे कर्फ्यू लागू भएको थियो ।

कर्फ्यूको समय फेरबदल भए पनि सामाजिक दूरी कायम राख्न र कर्फ्यूको समयलाई पूर्ण पालना गर्न अनुरोध गरिएको छ । साउदी अरबस्थित नेपाली नेपाली दूतावासले समस्या परे तत्काल सम्पर्क गर्न नेपालीहरुलाई आह्वान गरेको छ ।

दूतावासले नेपालीका गुनासा सुन्न छुट्टै टेलिफोन सेवा समेत सञ्चालनमा ल्याएको छ । दूतावासका अनुसार ०५०००३१७०५ र ०५०००३४७८६ मा फोन गरेर आफ्ना समस्याहरु टिपाउन सकिनेछ ।

फेसबुक, इमेल, ह्वाट्सएपबाट गुनासाहरु पठाउन कठिन भएको गुनासो बढेपछि दुईवटा टेलिफोन नम्बरमा आउने श्रमिकको गुनासो सुनेर व्यवस्थापन प्रकिया अघि बढाइने जनाइएको छ ।

प्रतिक्रिया