आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

होस पुर्याएर बोल्न स्वास्थ्य सचिवलाई चिकित्सक संघको चेतावनी, कारणसहित

प्रकाशित
1.6K
SHARES

काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले स्वास्थ्यकर्मीहरुप्रति अभद्र बोली बोलेको भन्दै आपत्ति जनाएको छ । सचिव कोइरालाको अभिव्यक्ति अशोभनीय र अभद्र भएको संघले बताएको छ ।

मन्त्रालयका जिम्मेवार व्यक्तिले चिकित्सकहरुलाई विभेदीकरण गर्ने, स्थायी-अस्थायी वा करमर भनेर भेदभाव गर्दा माहामारीसँग जुधिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च हुन नसक्ने भन्दै चिकित्सक संघले भनेको छ, ‘समग्र स्वास्थ्य सेवा प्रवाहलाई नै असर पार्न सक्जे भएकाले यसबारे गम्भीर विचार गरेर अभियक्ति सार्वजनिक गर्न माग गर्दछ ।’

साथै करार, ज्यालादारीमा चिकित्सकहरु नियुक्त गर्नुको साटो दरबन्दी वृद्धि गरेर स्थायी पदपूर्ति गर्नसमेत माग गरेको छ । एक अन्तरवार्तामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनबारे सोधिएको प्रश्नमा सचिव कोइरालाले उनी करारमा भएको र कुनै पनि बेला हटाउनसक्ने अभिव्यक्ति दिएका थिए ।

यसैबीच वीरगञ्ज महानगरपालिका–१९ का कोरोना भाइरस (कोभिड–१९) संक्रमित दिल्लीमा भएको धार्मिक सभामा सहभागी भएर आएको खुलेको छ । संक्रमितको ट्राभल हिष्ट्री अध्ययनका क्रममा भारतमा कोरोना भाइरस फैलाउन महत्वपूर्ण भूमिका खेलेको भनिएको सभामा उनी पनि सहभागी भएको पाइएको हो ।

१ देखि १५ मार्चसम्म नयाँदिल्लीस्थित निजामुद्दीनमा तबलीगी जमातको धार्मिक सभा भएको थियो । धार्मिक सभामा करिब ८ हजार मानिस सहभागी भएका थिए । वीरगञ्जका संक्रमित ६ मार्चमा दिल्ली गएर धार्मिक सभामा सहभागी भई ११ मार्च अर्थात २८ फागुनमा नेपाल फर्केका थिए । त्यसको डेढ महिनापछि कोरोना संक्रमण पुष्टि भएको छ ।

एकसाता अघिदेखि उनी वीरगञ्जको सिदार्थ मावि क्वारेन्टाइनमा थिए । आइतबार डिस्चार्ज भएका तीन भारतीय संक्रमितको कन्ट्याक्ट ट्रेसिङका क्रममा उनी फेला परेका थिए । कोभिड–१९ संक्रमणको पुष्टि भएपछि आइतबार नै उनलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ भने परिवारका चार सदस्यलाई होम क्वारेन्टाइनमा राखिएको छ ।

ट्राभल हिष्ट्री लिएर कन्ट्याक्ट ट्रेसिङको क्रममा मार्चमा उनी दिल्लीको धार्मिक सभामा सहभागी भएको खुलेको वीरगञ्जस्थित नेपाली सेनाको चण्डीनाथ गणका गणपति मदनजंग राणाले जानकारी दिए । ‘कोभिड–१९ संक्रमणको पुष्टी भएपछि कन्ट्याक ट्रेसिङ शुरु गरेका छौं । उनीसँगै धार्मिक सभामा सहभागी अर्का एक जमाति पनि भेटिएका छन् ।’

उनीसँगै दिल्लीको धार्मिक सभामा सहभागी अर्का एक व्यक्ति र लकडाउनमा वीरगञ्ज पुगेर आएका घण्टाघरका एक व्यापारीलाई सिदार्थ मावि क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा १४ दिन पुरा गरी पीसीआर विधिबाट गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि ३७ जनालाई विदाई गरिएको छ ।

एक नेपालीसहित २८ जना भारतीय जमातीको जिम्मा नेपाली मुस्लिम समुदायले लिएका छन् । उनीहरुलाई राख्न छपकैया– २ यतिम खाना मस्जिद नजिकै खाली घरमा बसोबासको व्यवस्थापन मिलाईएको छ । बाँकी ९ जना पर्साको पर्सागढी, बारा र सुनसरीको रहेको र उनीहरुलाई सम्बन्धित वडाका वडा अध्यक्षहरुको जिम्मा लगाएर पठाइएको छ ।

क्वारेन्टाईनमा बसेकाहरुको रिपोर्ट नेगेटिभ आएकाले ७ दिन होम क्वारेन्टाइन बस्न आग्रह गर्दै घर पठाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । जिल्लामा संक्रमित थपिएपछि परीक्षणका लागि आवश्यक सामाग्रीको अभाव देखिएको छ ।

संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको आरडीटी र पीसीआर विधिबाट परीक्षणका लागि आवश्यक सामान केन्द्रिय संकट व्यवस्थापन केन्द्रसँग माग गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

‘वीरगञ्जमा दुईजना संक्रमित थपिएका छन् । कन्ट्याक्ट ट्रेसिङका आधारमा मानिसहरुको परीक्षण गर्दै जानुपर्नेहुन्छ । झन महानगरपालिकाको सरसफाईकर्मी नै संक्रमित भएकाले धेरै मानिस सम्पर्कमा हुन सक्छन्,’ उनले भने, ‘आवश्यक चेकजाँचमा समस्या नहोस् भनेर ५०० थान आरडीटी किट र २०० भीटीएम माग गरेका छौं ।’ साथै जिल्लामा लकडाउनलाई थप कडाई गर्ने, छपकैया क्षेत्रमा गरिएको शिललाई कायम राख्ने निर्णय भएको छ ।

प्रतिक्रिया