आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मौसम पूर्वानुमान महाशाखाले भर्खरै दियो यस्तो चेतावनी, हेर्नुहोस ३ दिनको मौसम अपडेटसहित

प्रकाशित
2.1K
SHARES

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी भू-भागका अधिकांश स्थानमा र मध्य र पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन चेतावनी दिएको छ । सोमबार बिहानै महाशाखाले सचेत रहन  गरेको छ ।

आगामी तीन दिन मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षा हुने मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । हाल देशमा पश्चिमी वायु /स्थानीय वायु र पूर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी /अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको महाशाखाले जनाएको छ ।

विभागका अनुसार सोमबारदेखि बुधवारसम्म देशका अधिकांश स्थानमा पानी पर्ने सभ्भावना रेहको छ । महाशाखाका अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमान कस्ताे छ ? हेर्नुहाेस विस्तृतमा…

बैशाख १५ गते (सोमबार) दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै राती देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बैशाख १६ गते (मंगलबार) दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने राती देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बैशाख १७ गते (बुधबार) दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती भने देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया