आज : गते

ताजा शिर्षकहरु

नेपालमा कोरोना संक्रमित बढ्दै गएका बेला ओली सरकारले फेरी किन गर्यो यस्तो असान्दर्भिक निर्णय, जनता ससंकित

प्रकाशित
2.7K
SHARES

काठमाडौं । यतिबेला नेपालमा लगातार कोरोनाका बिरामी बढ्दै गएका बेला ओली सरकारले भने कामदार बाहिर पथौअने निर्णय गरेको छ । सरकारले ईपीएस अन्तरगत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय गरेको हो ।

सरकारको यस्तो निर्णयले जनताहरु ससंकित भएका छन् । सामाजिक सञ्जालमा सरकारको निर्णयको बिरोध सुरु भएको छ । त्यस्तै सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३१ सम्म अवागमन रोक्ने निर्णय गरेको छ । बैठकले बाह्य जगतबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको हो ।

सरकारले चैत १० बाट सीमा नाकामा आवागमन रोकेको थियो । मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस (कोभिड १९)को संक्रमण कम गर्न जारी गरिएको लकडाउनको आदेशलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १० दिन थप्ने निर्णय गरेको हो ।

नेपालमा कोरोना भाइरसको दोस्रो संक्रमित देखिएपछि सरकारले ११ चैतदेखि लकडाउनको आदेश जारी गरेको थियो । पहिलोपटक चैत १८ गतेसम्मका लागि लकडाउनको आदेश जारी गरिएकोमा दोस्रो पटक चैत २५, तेस्रो पटक वैशाख ३ र तेस्रो पटक वैशाख १५ गतेसम्मका लागि थपिएको थियो ।

यसबीचमा नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेर ५२ पुगेको छ भने १६ जना उपचार पछि निको भएर घर फर्किएका छन् । नेपालमा पहिलोपटक गत माघ ९ गते कोरोना भाइरसका संक्रमित भेटिएका थिए । उनी करिब २ हप्ताको अस्पताल बसाइ पछि कोरोना मुक्त भएर घर फर्किएका थिए । पहिलो संक्रमितसहित नेपालमा हालसम्म १६ जना घर फर्किसकेका छन् भने ३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

संक्रमितहरुमध्ये धनगढीको सेती प्रादेशिक अस्पतालमा १, वीरगन्जको नारायणी अस्पतालमा ३, चितवनको भरतपुर कोरोना अस्पतालमा १, विराटनगरको कोशी अस्पतालमा ३० जनाको उपचार भइरहेको छ । यस्तै, आइतबार साँझ मात्रै कोरोना संक्रमणको पुष्टि भएका झापाका ५० वर्षीय पुरुषलाई पनि विराटनगरस्थित कोशी अस्पताल ल्याउन लागिएको छ ।

नेपालमा थप १ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ५० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा झापाका पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कोरोना संक्रमण भएका व्यक्ति अहिले कोशी अस्पतालको सम्पर्कमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५२ पुगेको छ । आइतबार मात्रै पर्साको वीरगन्जका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैबीच कोरोना संक्रमितलाई औषधि र खाना लैजानका लागि नेपाली युवाहरुले रोबोट बनाएका छन् । विराटनगरस्थित कारखाना यूवा समूहले कोरोना सक्रमित बिरामीलाई सहज रुपले अस्पताल भित्र खाना तथा औषधि पुर्याउन रोबोट निर्माण गरेका हुन् ।

सातजना युवा मिलेर ड्रोन क्यामरा सहित ‘डेलिवरी व्वाई’ नामको उक्त रोबोट युवाहरुले आज विराटनगर महानगरपालिकाकालाई हस्तान्तरण गरेका छन् । महानगरपालिकाको सहयोगमा ५० हजार रुपैयाँ लागतमा सात जना युवाले निर्माण गरेको उक्त रोबोट महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई हस्तान्तरण गरिएको छ ।

विराटनगर स्थित कोरोना विशेष अस्पतालमा उपचारमा रहेका कोरोना सक्रमितलाई खाना तथा औषधि पुर्याउन सहज होस भन्ने उदेश्यले रोबोट निर्माण गरेका हुन । विराटनगर स्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको संक्रमितहरुलाई खाना लगायत औषधिहरु संक्रमित रहेको ठाउमा पुर्याउन रोबोट प्रयोगमा ल्याईने कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन डा संगिता मिश्राले बताइन् । महानगरपालिकाका प्रमुख पराजुलीले उक्त रोबोट कोशी अस्पतालका प्रमुख डा. मिश्रालाई आजै हस्तान्तरण गरे ।

प्रतिक्रिया