आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकामा पहिले नै काेराेना फैलिएकोबारे नयाँ खुलासा, थाहा पाएर चीनसमेत चकित, अब के गर्लान ट्रम्प ?

प्रकाशित
1.6K
SHARES

एजेन्सी । अमेरिकाका धेरै शहरमा कोरोना भाइरस फैलिएको हुनसक्ने अुनमान गरिएको छ । न्युयोर्क टाइम्सले प्रकाशित गरेको अमेरिकी एक विश्वविद्यालयले गरेको अनुसन्धान प्रतिवेदन अनुसार अमेरिकामा कोरोनाका बिरामी देखा पर्नुअघि नै यसको महामारी फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।

अमेरिकामा पहिलो पटक मार्च १ मा कोरोनाको पहिलो बिरामी फेला परेका थिए । त्यसअघि नै संक्रमण फैलिए पनि सर्वसाधारणले बेवास्ता गरेको प्रतिवेदनले औंल्याएको छ । कोरोनाको परीक्षण सुरु हुनुअघि नै विभिन्न शहरमा कोरोनाको संक्रमण भयावह अवस्थामा पुगिसकेको प्रतिवदेनमा उल्लेख छ ।

चीनमा कोरोनाको संक्रमण बढेसँगै फेब्रुअरीदेखि नै अमेरिकामा कोरोनाको संक्रमण देखिएको अधिकारीहरुलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अमेरिकाका पाँच प्रमुख शहरहरुमा मार्च पहिलो हप्तासम्म २० जनामा मात्र कोरोना भएको पुष्टि भएको थियो ।

तर प्रतिवदनअनुसार सोही समयमा ती शहरमा करिब तीन हजार मासिन संक्रमित भएका थिए । पश्चिमी अमेरिकाको क्यालिफोर्निया राज्यको सान्टा क्लारा काउन्टीका स्वास्थ्य अधिकारीहरुका अनुसार वासिङ्टनको किर्कल्याण्डमा फेब्रुअरी २९ मा कोरोनाका कारण पहिलो संक्रमितको मृत्यु हुनुभन्दा तीन साताअघि नै एक जनाको मृत्यु भइसकेको थियो ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा गर्दै आएको कोरोना भाइरस सम्बन्धी पत्रकार सम्मेलन बन्द गरेका छन् । उनले पत्रकार सम्मेलन अर्थहीन र समयको बर्बादी मात्र भएको भन्दै रोकेका हुन् । आफै उपस्थित भएर नियमित गर्दै आएको पत्रकार सम्मेलन एकाएक बन्द गरेका ट्रम्पले त्यसको दोष पनि पत्रकार र सञ्चारमाध्यममाथि नै थोपरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै ट्रम्पले भनेका छन्, ‘पक्षपाती मिडियालो आफूलाई द्वेषपूर्ण प्रश्न मात्रै गर्ने भएकाले त्यस्तो पत्रकार सम्मेलनको अर्थ छैन ।’ तर पत्रकार सम्मेलनमा अन्टसन्ट बोल्ने र पत्रकारहरुलाई नै धम्कीपूर्ण भाषा प्रयोग गर्ने भएकाले यसबाट आसन्न राष्ट्रपति निर्वाचनमा असर पर्ने निचोड निकालेर प्रेस ब्रिफिङ बन्द गरिएको बताइएको छ ।

पत्रकार सम्मेलनमै पत्रकारसँग विवाद गर्ने, मन नपरेको सञ्चारमाध्यमविरुद्ध विष वमन गर्ने ट्रम्पको शैलीका कारण उनी निकै आलोचित भइरहेका छन् । आफूले सोचेजस्तो नभएको र उल्टै चुनावी अभियानलाई धक्का पर्नसक्ने भएपछि पत्रकार सम्मेलन रोक्ने निर्णय गरिएको टिप्पणी भएको छ ।

ट्रम्पले केही दिनअघि पत्रकार सम्मेलनमा कोरोना भाइरसको उपचार तथा संक्रमण हुन नदिनका लागि गलत स्वास्थ्य सल्लाह दिएकोमा त्यसको तीब्र आलोचना भएको छ । उनले कोरोना भाइरसको उपचारका लागि घाम र मलेरियाको औषधि प्रयोग गर्न भनेका थिए । यस्तै किटाणुनाशक रसायनसहितको इन्जेक्सन लगाउँदा पनि संक्रमण नहुने ट्रम्पले बताएका थिए ।

आफूले सफाई पेश गरे पनि सञ्चारमाध्यमले नदिने गरेको गुनासो उनको छ । कुनै प्रश्न नलिइकन शुक्रबारको पत्रकार सम्मेलन २२ मिनेटमा सकाएका ट्रपले शनिबारदेखि भने पत्रकार सम्मेलन नै रोकिएको हो ।

प्रतिक्रिया