आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डसहितका चार नेतासँग ओलीले गरे छुट्टाछुट्टै वार्ता

प्रकाशित
1.2K
SHARES

काठमाडौं । चर्को आलोचनापछि सोमबार जारी गरिएका अध्यादेश शुक्रवार फिर्ता लिएसँगै प्रधानमन्त्री कपी शर्मा ओलीले राजनीतिक सक्रियता बढाएका छन् । प्रधानमन्त्री ओलीले शनिवार(आज) पार्टी सचिवालयका नेताहरुसँग भेटघाट गरेका छन् ।

नेकपाका अध्यक्षसमेत रहेका ओलीले आज अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल, वामदेव गौतम तथा महासचिव विष्णु पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गरेको नेकपा स्रोतले जानकारी दियो । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमसहित लकडाउन लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले शुक्रवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश ल्याउने निर्णय गरेसँगै प्रधानमन्त्री ओलीको चौतफी आलोचना भएको थियो ।

नेकपाका शीर्ष नेताहरुले नै अध्यादेश फिर्ता लिन आग्रह गरेका थिए भने स्थायी समितिका २० नेताले दुई अध्यक्षलाई सम्बोधन गर्दै बैठक बसाल्न माग गरेका थिए ।

त्यस्तै भैसेपाटीमा नेकपाका सचिवालय सदस्यहरुको छुट्टै बैठकसमेत बसेको थियो । जसमा प्रचण्ड, नेपाल, गौतम, पौडेल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको उपस्थिति रहेको थियो । बैठकले अध्यादेश फिर्ता गर्नुपर्ने निष्कर्ष निकालेसँगै नेकपामा विवाद थप चर्किएको थियो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलहरुले अध्यादेश फिर्ता लिन दवाब दिएका थिए । त्यसपछि सरकारले शुक्रवार नै अध्यादेश फिर्ता लिने निर्णय गर्दै राष्ट्रपतिलाई सिफारिस गरेको थियो । र राष्ट्रपतिले पनि अध्यादेश फिर्ता गरेकी छिन् ।

अध्यादेश फिर्ता भएको भएपनि नेकपा भित्रको विवाद भने मिलेको छैन । प्रचण्ड नेपालसमूहले स्थायी कमिटी बैठक बोलाउन जोड गरिरहेका छन् । तर प्रधानमन्त्री ओली भने तत्काल बैठक बोलाउने पक्षमा देखिएका छैनन् ।

यसैबीच शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसबाट मुलुकको अवस्था सामान्य भएको तीन सातापछि मात्रै परीक्षाहरु हुने बताएका छन् । उनले विद्यार्थीहरु विद्यालय र कलेजबाट घर गएका कारण स्थिति सामान्य भएको तीन साताबाट मात्रै परीक्षाहरु गराउँने बताए ।

शिक्षा पत्रकार समूहले गरेको भिडियो कन्फरेन्समा मन्त्री पोखरेलले भने ,‘विद्यार्थीहरु विद्यालय र कलेजबाट घर गएका छन् त्यसैले स्थिति सामान्य भएको तेस्रो साताबाट मात्रै परीक्षा गराउछौ ।’ आफू सकेसम्म परीक्षा गराउने पक्षमा रहेको भन्दै उनले कक्षा १० र ११ को परीक्षामा विकल्प आएको बताए ।

आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णयपछि मन्त्रालयले कार्ययोजना बनाउने उनले बताए । आइबारको मन्त्रिपरिषद्ले लकडाउन बढाउने वा खुकुलो बनाउने निर्णय गर्ने छ । आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति र कार्यदलले तत्काल लकडाउन खोल्न नहुने राय दिएका छन् । कार्यदलले एक साता लकडाउन लम्ब्याउन सिफारिस गरेको छ ।

प्रतिक्रिया