आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काेराेना त्रासकाबीच नेपालबारे विश्व स्वास्थ्य सङ्गठनले दियाे यस्तो खुशीको खबर, नेपालीहरू उत्साहित

प्रकाशित
4.3K
SHARES

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)को अति उच्च जोखिम क्षेत्रको सूची ‘लेभल ४’ बाट हटाएर उच्च जोखिमको सूची ‘लेभल ३’मा झारेको छ। कोरोना नियन्त्रणमा नेपालको सक्रियता र नतिजाको आधारमा जोखिम सूचीमा सुधार भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

‘हामी पहिले लेभल ४ अर्थात् अति उच्च जोखिमको सूचीमा थियौं’ उनले भने, ‘तर त्यसलाई हामीले सुधार गर्‍यौं। अहिले लेभल ३ मा झरेका छौं ।’ सार्क मुलुकका भारत, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स लेभल ३ मा रहेको उनले बताए । तर पाकिस्तान अहिले पनि लेभल ४ र अफगानिस्तान अहिले पनि लेभल ५ मा रहेको महानिर्देशक श्रेष्ठले बताए ।

नेपालले पछिल्लो समय पीसीआर र आरडीटीको दायरा ह्वात्तै बढाएको, संक्रमण रोक्न लकडाउनलाई कडाईका साथ लागू गरेको, आइसोलेसन वार्ड बढाएको, क्वारेन्टाइन गर्ने कार्य स्थानीय तहले कडाईका साथ लागू गरेको कार्यको मुल्याकंन गरी नेपालको अवस्था दुई महिना अघिको तुलनामा सुधार भएको महानिर्देशक श्रेष्ठको भनाइ छ।

नेपालमा अहिलेसम्म कोरोनाबाट ४९ जना संक्रमित भएका छन् । तीमध्ये ११ जना निको भएर घर फर्किसकेका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरस ‘कोविड १९’ को खोप विश्वका सबै नागरिकका लागि उपलब्ध हुनुपर्ने बताएका छन् ।

उनले ट्वीट गर्दै भनका छन् यो कुनै एक देश वा क्षेत्र विशेषका लागि होइन कि संसारमा सबै मानिसले उति नै दुःख पाएकोले यो खोप विश्वका सबै देशका लागि सुलभ हुनुपर्दछ । यो खोप विश्वका सबै नागरिकले उपभोग गर्न पाउने सार्वजनिक वस्तुजस्तै हुनुपर्ने उनको जोड छ ।

विश्वका केही देशले पछिल्ला केही दिनयता यो खोप मानिसमा परीक्षण गरेको भन्ने समाचार आएपछि महासचिव एन्टोनियो गुटर्रेसको यो भनाई आएको हो । यो कोरोना भाइरसको प्रकोपका विरुद्ध खोप निर्माणको प्रतिश्पर्धा विश्वमा भइरहेकोमा दुई दिनअघि बेलायत र संयुक्त राज्य अमेरिकाले यो खोपको परीक्षण मानिसमा शुरु भएको बताएका थिए ।

बेलायतमा कोरोना भाइरस खोपको परीक्षण शुरु गरिएको समाचार बिहीबार मात्र सार्वजनिक भएको थियो । बेलायतले अक्सफोर्डमा मानिसमा कोरोनाभाइरस खोपको पहिलो परीक्षण सुरु गरिएको समाचार आएको थियो ।

उनले ट्वीटमा भनेका छन् – अहिलेको सम्पूर्ण विश्वले नै यो कोभिड १९ को महामारीबाट मुक्ति चाहन्छ । मलाई लाग्छ यो नै संसारको जनस्वास्थ्यकै सबैभन्दा ठूलो उपलब्धि हुनेछ । महासचिव गुटर्रेसले विश्वव्यापी चासोको विषय भएकोले यससम्बन्धी तथ्यहरु सार्वजनिक गर्नुपर्ने र संसारका मानिसले पनि यसलाई औषधीका रुपमा प्रयोग गर्ने अधिकार राख्ने पनि बताए ।

उनले यस्तो विश्वव्यापी जनचासोको तथा नागरिकको जीवनसँग जोडिएको स्वास्थ्यको विषय भएकोले विश्वका सबै नागरिकलाई पनि ठूलो उपलब्धिको विषय भएको बताए ।

उनले यो नयाँ प्रयासले विश्वका नेताहरु, निजी क्षेत्र तथा सरकारी निकाय तथा क्षेत्रहरु, वैज्ञानिक तथा मानवीय सहायतामा कामगर्ने विश्वका अधिकारकर्मी तथा नागरिक एवं विश्वमा जनस्वास्थ्यका क्षेत्रमा काम गर्ने सबैलाई एकै ठाउँमा ल्याएको पनि बताए ।
उनले यो प्रयासका लागि विश्वका नेताहरुलाई धन्यवाद पनि दिए ।

विश्वव्यापी रुपमा फैलिएको यो कोविड १९ को महामारीका विरुद्धमा एक भएर लड्न पनि उनले सबैलाई आह्वान गरे । यसैबीच कोरोनाभाइरसका विरुद्ध खोप निर्माण गरेर पहिलो पटक परीक्षण गरिएको समाचारमा जनाइएको छ । यस खोपको अध्ययनको लागि चयन गरिएका ८०० भन्दा बढी स्वयंसेवकमध्ये दुई जनाबाट त्यसको शुरुवात गरिएको बताइएको थियो ।

गएको तीन महिनाभित्रै यो खोप अक्सफोर्ड विश्वविद्यालयको एक टोलीले तयार पारेको बताइएको छ । सो अनुसन्धान टोलीको प्रमुखका रुपमा जेनर इन्स्चिच्युटका खोप विज्ञानकी प्राध्यापक सारा गिल्बर्टले प्रि–क्लिनिकल अध्ययनहरूको नेतृत्व गरेर सो खोपको परीक्षणका लागि सार्वजनिक गरेको बताइएको छ ।

दक्षिण चीन सागरमा तनाव बढ्ने संकेत
विश्वले कोरोना भाइरससँग संघर्ष गरिरहेका बेला चीनले विवादास्पद दक्षिण चीन सागरका विभिन्न स्थानको नामाकरण गरेको छ । विश्वको सबै भन्दा शक्तिशाली देश बन्ने सपना बोकेको चीनले विवादास्पद उक्त क्षेत्रका ८० स्थानको नाम परिवर्तन गरेसँगै तनाव चुलिने संकेत देखिएको छ ।

यसअघि दक्षिण चीन सागरमा लडाकू विमान पठाएको चीनले गोप्य रूपमा दक्षिण चीन सागरमा ८० स्थानको नाम परिवर्तन गरेको दावीसहितका विवरणहरु बाहिरिएका छन् । पुन: नामकरण गरिएका स्थानहरूमध्ये २५ वटा टापु र चट्टानहरू छन् भने बाँकी ५५ वटा समुद्री भूगोल संरचना हुन् ।

चीनले गत हप्ता आफ्नो युद्धपोत र लडाकू जेटहरू समुद्री क्षेत्रमा पठाएको ताइवानले आरोप लगाउँदै आएको छ । जापानले ताइवानको उक्त आरोपमा सत्यता भएको जनाएको थियो । चीनले भने उक्त आरोपहरुको खण्डन गर्दै आएको छ । उसले ती क्रियाकलापहरु नियमित सैन्य अभ्यास अन्तरगत भएको बताउँदै आएको छ ।

दक्षिण चीन सागरका विभिन्न स्थानलाई चीनले नामाकरण गरेसँगै ती क्षेत्र उसले जबरजस्ती कब्जा गर्न सक्ने मनसायले अभिप्रेरित भएको आरोप लगाइएको छ । ताइवान र जापानसँग यसअघिदेखि नै कटुतापूर्ण सम्बन्ध रहेको चीनको उक्त कदमसँगै दक्षिण चीन क्षेत्रमा तनाव बढ्न सक्ने विश्लेषण हुन थालेका छन् ।

चीनले आफ्नो जलक्षेत्र भनी दाबी गरेको समुद्रलाई ब्रुनाई, मलेसिया, फिलिपिन्स, ताइवान, भियतनाम लगायतका देशहरुले अस्वीकार गर्दै आफ्नो सार्वभौमिकतामा चीनले दाबी गरेको आरोप लगाउँदै आएका छन् ।

यता भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर) ले राज्य र केन्द्र शासित प्रदेशलाई चीनबाट प्राप्त गरेको तीव्र एन्टिबडी कोभिड -१९ परीक्षण किटहरूको प्रयोगमा रोक लगाएको छ । यो कीटले दिने नतिजामा भिन्नता आएको भन्दै प्रयोगमा रोक लगाइएको हो ।

भारतले दुई चिनियाँ कम्पनीहरू, गुआन्झाउ वन्डफो बायोटेक र लिभोन डायग्नोस्टिक्सबाट करीव पाँच लाख तीव्र एन्टिबिड टेस्ट किटहरू किनेको थियो । तिनीहरूलाई कोरोनाभाइरस संक्रमणको बढ्दो घटना रिपोर्ट गर्ने धेरै राज्यहरूमा वितरण गरिएको थियो।

दुई चिनियाँ कम्पनीले आपूर्ति गरेको उपकरणको प्रभावकारितामा “व्यापक भिन्नता” पाएपछि प्रयोगमा रोक लगाएको आईसीएमआरले जनाएको छ । यसका लागि आईसीएमआरले सबै राज्यहरु र केन्द्र शासित प्रदेशहरुको मुख्य सचिवहरुसँग कुराकानी गरेको पनि जनाएको छ।

छलफलपछि राज्य र केन्द्र शासित प्रदेशहरूलाई किटहरू फिर्ता गर्न अनुरोध पनि गरेको छ । राजस्थान र पश्चिम बंगाललगायत धेरै राज्यहरूले टेस्ट किटको गुणस्तरको बारेमा गुनासो गरेपछि आईसीएमआरले उनीहरूलाई अस्थायी रूपमा प्रयोग नगर्न भनेको थियो । किटको प्रदर्शनको वैज्ञानिक मूल्याकनको आधारमा, प्रश्नको क्रम (वन्डफो) र अर्डर-माइनरको प्रदर्शन गर्ने अर्को मेकको सम्बन्धमा आदेश रद्द गरिएको जनाइएको छ ।

प्रतिक्रिया