आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

झापामा थपिए ६२ वर्षीय कोरोना संक्रमित, केछ अवस्था

प्रकाशित
1K
SHARES

दमक । झापामा एक जना कोरोना संक्रमित थपिएका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणअनुसार थप एकमा कोरोना पोजेटिभ देखिएको हो। संक्रमित झापा निवासी ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आइसाेलेसनमा रहेका उनको अवस्था सामान्य छ। योसँगै अब नेपालमा संक्रमितको संख्या ४९ पुगेको छ। यो संख्यामा १० जना निको भएर घर फर्किएका छन्।

‘हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ | आज बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या १ छ | जो झापा निवासी ६२ बर्षका पुरुष हुनुहुन्छ | हाल सम्म प्राप्त विवरण अनुसार निज आइसोलेशनमा अस्पतालमा हुनुहुन्छ र स्वास्थ्य अवस्था सामान्य रहेको छ’ मन्त्रालयले  आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ ।

यसैबीच कोरोना रोकथाम तथा नियन्त्रणका लागि ट्रेसिङ तथा ट्रयाकिङको काम थप व्यवस्थित गर्न भन्दै विभिन्न स्थानीय निकायमा सहजीकरणका लागि टोली गठन गरिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ट्रेसिङ तथा ट्रयाकिङ बालियो बनाउन स्थानीय तहलाई परिचालन गर्न टोली गठन भएको बताए।

जनस्वास्थ्य अधिकृत, ल्याब प्रयोगशालाका व्यक्ति, प्यारामेडिक्स वा नर्स गरी ३ सदस्यीय टोली बनाइएको छ। हरेक गाउँपालिकामा एउटा समूह, नगरपालिकामा २ वटा, उपमहानगरपालिकामा ३ वटा र महानगरपालिकामा ५ वटाको दरले उक्त टिम ट्रेसिङ तथा ट्रयाकिङका लागि परिचालन हुने मन्त्रालयले जनाएको छ।

शुक्रबार नयाँ संक्रमित थपिएका छैनन्। हालसम्म कोरोना संक्रमितको संख्या ४८ छ जसमा १० जना निको भएर घर फर्किइसकेको मन्त्रालयले जनाएको छ। शुक्रबारसम्म नेपालमा आरडिटी विधिबाट ३८ हजार ८९ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार ४ सय ७ परीक्षणहरु भएका छन्। कुल दुवै विधिबाट ४७ हजार ४ सय ९६ वटा परीक्षणहरु भएका छन्।

त्यसैगरी आजको अपडेटमा आइसोलेसनमा देशभरी ८९ जना रहेका छन्। काठमाडौँमा ३ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ८६ जना रहेका छन्। क्‍वारेन्टाइनमा १२ हजार ९ सय ८५ जना रहेका छन्।

प्रतिक्रिया