आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जनतालाई निन्दनीय भनेर होच्याएपछि सर्वेन्द्र खनालमाथि खनिए अभियान्ता कार्की, फेसबुकमा लेखेको स्टाटस भाइरल

प्रकाशित
1.3K
SHARES

काठमाडाैं । पूर्व स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवको राजनीतिक ‘अपहरण’ हुँदा आफू सँगै रहेको स्वीकारेपछि नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालकाे चौतर्फी आलोचना भएको छ । यहि अवास्थामा फेरी एउटा युट्युब च्यानलसँगको कुराकनीका क्रममा उनले जनतालाई निन्दनीय भनेर होच्याएको भन्दै बुद्दिजिविहरुले आपत्ति जनाएका छन् ।

सामाजिक अभियान्ता तथा अन्तराष्ट्रिय युवा प्रशिक्षक नर बहादुर कार्कीले जनतालाई निन्दनीय भनेर होच्याउने अधिकार पूर्व आइजीपी सर्वेन्द्र खनालसँग नरहेको भन्दै आक्क्रोश पोखेका छन् । बाटोमा हिंडेका जनता चुटने प्रहरि सङ्गठनलाई उसको पुर्व आइजीले परिचय र अनुकुलता प्रयोग गर्दै रातारा माननीय ओसारेका थाहा छ की छैन भन्दै उनले प्श्न समेत गरेका छन् ।

साथै सार्वजनिक रुपमा जनतालाई निन्दनीय भन्दै असामाजिक बन्ने छुट तपाईंको पूर्व विशिष्टलाई हुन्छ ? भनेर अर्को प्रश्न समेत गरेका छन् ।  निर्मला हत्याको छिनोफानो गर्न नसकेका पूर्व आइजीपीले एउटा राजनीतिक आस्थाको आधारमा कुमार पौडेलको गोली हानी ह’त्या गरेको भन्दै उनले खनाल राष्ट्रिय मानव अधिकार आयोगले कारवाहीका लागि सिफारिस गरेको व्यक्ति भएको स्मरण गराएका छन् ।

‘निर्मला र कुमार पौडेलको फाइलमा धुलो बस्न सुरु गरेको छ । यो नैतीक धरातल कोट्याउनु र प्रश्न सोध्नु मेरो लागि महत्वको छैन होला। जो मान्छेलाई उनी जनकपुर जानु हुँदैनथ्यो भन्ने लाग्छ तिनको लागि पनि त्यती अर्थको नहोला तर नेपाल प्रहरी र नेपालको गृह प्रशासनसँग जवाफ छ कि छैन ?’ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन् – ‘झन् कोरोनाबिरुद्द लडिरहेको देश, एक महिना देखि आलोखाचो खाएर, देश बन्द गरेर बसेका नेपाली जनतालाई यो बेला यस्ता अनैतीक राजनीतिक काण्डको हिस्सा भएर समाज बिथोल्ने अधिकार हुन्छ कि हुँदैन ? यो नैतिक थिएन भन्ने कुराको पुष्ट्याई स्वयम् सरकारले गरेको छ, अध्यादेश फिर्तालिन वाध्य भएर ।’

दुनियाँ हसाएर लोकतन्त्रको मजाक उडाउने गरी आधुनिक समाज र हिजो मत दिएका मान्छेका अनुहार लज्जाले रातो पिरो बनाएर घटाइएका राजनीतिक कर्तुतको हिस्सा बन्न हुँदैनथ्यो भन्ने जनतालाई घटिया भनेर खनालले आफ्नो वास्तविक चरित्र उदाङ्गो बनाएको उनको आशय छ ।

आफूसँग नागरिक अधिकार भएकोले हिडडुल गर्न र बिचार राख्न स्वतन्त्र रहेको भनि दावी गर्ने खनालले बिद्रोही नेकपाका तत्कालिन सर्लाही जिल्ला अध्यक्ष कुमार पौडेललाई त्यही स्वतन्त्रताको प्रयोग गर्दा गो’ली हान्ने छुट कस्ले दियो ? भन्दै अर्को प्रश्न तेर्स्याएका छन् ।

‘अमुक पार्टीको कार्यकर्ता बनेर काम गर्न छुट छ सबैलाई । तर उनीसँग भएका क्लासिफाइड, समवेदनशिल नागरिक सूचना, सुरक्षा सूचना दुरुपायोग हुन्छन हुँदैनन ?’ कार्कीले लेखेका छन् – ‘उनले प्रभाव पार्नसक्ने प्रहरी संगठनको दुरुपायोगको सम्भावनाबारे उनैले स्विकारेका छन ।’ जनतालाई खुलेआम घटिया भन्दै हिड्ने पूर्व आइजीपी खनाललाई कारवाही गर्नुपर्छ कि पर्दैन भन्दै उनले प्रतिप्रश्न गरेका छन् ।

उनले लेखेका छन् – ‘मलाई थाहा छ, नेपालको राज्य सन्यन्त्र सबै स्वतन्त्र देखिने भनेका कागजमा हुन । नेपाल प्रहरी, नेपालको संसद, नेपालको अदालत, नेपालको गृह प्रशासन लाई हेरौ न- के गर्दो रहेछन ? जनता र आम सर्व साधारणलाई खुले आम घटिया भन्दै अपशब्द बोल्नेहरुलाई कसरी व्यबहार गर्दा रहेछन ?’ अभियानता कार्कीले बाबुराम भट्टराई, मधेशका नेता र अशोक राइलाई एकताका लागि बधाई समेत दिएका छन् ।

ओली सरकार काङ्ग्रेसको पार्ट- २ जस्तो भएपछि चरित्रले भने काटिकुटी उस्तै बनेको उनको दावी छ । खनालबिरुद्ध खनिएर लेखिएको कार्कीको उक्त स्टाटस अहिले फेसबुकमा भाइरल बनेकाे छ ।

प्रतिक्रिया