आज : गते

ताजा शिर्षकहरु

कडाउनमा नेपाल टेलिकमका निशुल्क सेवाहरु

प्रकाशित
1.2K
SHARES

काठमाडाैं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले लक्डाउनको अवधिमा सञ्चार सेवालाई थप चुस्तदुरुस्त बनाउनका लागि ३ मोडालिटी तयार पारेर काम गरिरहेको बताएका छन् । नेपाल आजसंगको कुराकानीका क्रममा उनले फिल्ड मेन्टिनेन्स, काेरनेटवर्क र टेक्निकल कर्मचारीहरुले घरमै बसेर काममा खटाएको जानकारी दिए ।

यस्तो बेलामा टेलिकमले दिदै आएको सेवामा कुनै पनि समस्या नआएको र आफुहरुले पनि कुनै चाप महसुस नगरेको उनको भनाइ छ । त्यस्तै ग्राहकहरुलाई रिचार्ज कार्डको अभाव हुन नदिने जिल्ला प्रशासन कार्यालयमार्फत पर्याप्त मात्रामा सबै ठाउमा पुर्याइरहेको उनले जानकारी दिए ।

तर यति गर्दा पनि कुनै बिशेष परिस्थितिमा रिचार्ज कार्ड उपलब्ध हुन नसक्ने समस्यालाई मध्यनजर गर्दै टेलिकमले लकडाउन सुरु भएको दिनदेखि ब्यालेन्स शून्य भएका ग्राहकहरुलाई मध्यनजर गर्दै निशुल्क जिरो ब्यालेन्स प्याकेजको योजना ल्याएको निर्देशक अधिकारीले बताए।

सो प्याकेज प्राप्त गर्ने ग्राहकलाई एसएमएसमार्फत जानकारी पठाइने, उक्त एसएमएसको निर्धारित जवाफ एसएमएसमार्फत पठाएर प्याकेज लिन सकिने, सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाइ जानकारी गराइने छ । उक्त प्याकेज कम्पनीका जिएसएम तथा सिडिएमए प्रिपेड ग्राहकलाई उपलब्ध हुने छ । प्रयोगकर्ता यो सेवा लिन योग्छ छ छैन भन्नेबारे टेलिकमको सिस्टमबाट जानकारी हुने उनको भनाइ छ ।

लकडाउनको सुरुवाती चरणमा टेलिकमले आफ्ना ग्राहकहरुलाई ७ दिनका लागि टपअपमा बोनस सेवा दिएको उनले बताए । त्यसपछि महसुल भुक्तानी गर्नुपर्नेहरुको हकमा बैशाख मसान्तसम्म जरिवाना नलिने निरन्य पनि टेलिकमले गरेको उनको भनाइ छ ।

त्यस्तै पछिल्लोसमय डाटा प्याक लिन चाहने ग्राहकहरुका लागि सय र २ सय रुपैयाका प्याकेज ल्याएको जानकरी दिए । उनका अनुसार सय रुपैयाको डाटा प्याक लिँदा ३ सय प्रतिशतसम्म बोनस डाटा उपलब्ध हुनेछ भने २ सय रुपैयाको डाटा प्याकमा ४ सय प्रतिशतसम्म बोनस उपलब्ध हुनेछ ।

त्यस्तै भ्वाइस प्याकमा ग्राहकले किनेको भन्दा ५० प्रतिशत थप भ्वाइस मिनेटहरु दिने योजना ल्याएको पनि उनले जानकारी दिए  । ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै टेलिकमले फोरजी नेटवर्क जारी राखेको र फाइभ जी भने परिक्षणको क्रममा रहेको प्रबन्ध निर्देशक अधिकारीले बताए । बिस्तार  टेलिकमले दिएका अन्य सेवाहरुबारे जानकारी पाउन हेर्नुहाेस भिडियाेसहित..

 

प्रतिक्रिया