आज : गते

ताजा शिर्षकहरु

भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

प्रकाशित
878
SHARES

काठमाडौं । अरनिको राजमार्गखण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा३९प ५७४१ नंको मोटरसाइकल बुधबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते मध्यपुर नगरपालिका–५ का ३५ वर्षीय अजय श्रेष्ठको उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । पानी परेर चिप्लो सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

त्यसैबिच कहिलेकाँही हामीले यस्ता विभत्स दृश्यहरु देख्छौ जुन हाम्रा लागि पिडादायक हुन्छ । यस्तै एक घटना अहिले बाहिर आएको छ । अहिले गर्मीको समय छ सबैजना पौडी खेल्न चाहान्छन् । बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं २ पितमारीस्थित नालामा तीन बालकको डुबेर मृत्यु भएको छ । बिहीबार दिउँसो पौडी खेल्न गएका तीनै जना डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृत्यु हुनेमा पितमारी बस्ने १२ वर्षीय नरेश कुँवर र १२ नवीन परियार तथा ११ वर्षीय अनित रावत रहेको बताइएको छ । प्रहरीका अनुसार लाश परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ ।

याेपनि भोजपुरमा पनि कोराना भाइरस (कोभिड–१९) का एक संक्रमित भेटिएका छन्। हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकार स्रोतले बताएको छ।उनको थ्रोट स्बावको परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो। संक्रमित व्यक्ति विदेशबाट आएको भनिए पनि थप विवरण आइसकेको छैन।यससँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको छ। उनीहरूमध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन्। बिहीबारमात्र स्वास्थ्य मन्त्रालयले उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको जानकारी दिएको थियो।

चट्याङ लागेर ज्यान गुमाएकाको परिवारलाई जिल्ला प्रशासन कार्यालयल बागलुङले राहत रकम हस्तान्तरण गरेको छ। गत चैत २९ गते चट्याङ लागेर मृत्यु भएका बागलुङ नगरपालिका वडा नम्बर १३ का शङ्कर रिजालको परिवारलाई जिल्ला प्रशासन कार्यालयअन्तर्गतको विपद् प्रकोप उद्धार कोषबाट बुधबार रु एक लाख राहत रकम हस्तान्तरण गरिएको छ।

प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजु, बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, वडाध्यक्ष नारायण शर्मालगायतको टोली पुगेर पीडित परिवारको घरमै पुगेर राहत रकम हस्तान्तरण गरिएको हो। मृतकको परिवारलाई घरमै पुगेर सरकारले व्यवस्था गरेअनुरुपको राहत प्रदान गरेको प्रमुख जिल्ला अधिकारी सैँजुले बताए।

मृतक रिजाल कोरोना छल्नका लागि काठमाडौँबाट घर आएका थिए। गत चैत २९ गते साँझ आफ्नै घरको पिँढीमा खाज खाइरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते रिजालको उपचारको क्रममा धवलागिरि अञ्चल अस्पताल बागलुङमा मृत्यु भएको थियो। रासस

प्रतिक्रिया