आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फेरि राजधानी काठमाडाैंबाट आयो अर्को खुसीको खबर, उपत्यकावासी खुसीले गदगद

प्रकाशित
24.7K
SHARES

काठमाडाैं । भनिन्छ औशीको अध्यारो रातमा पनि उज्यालो प्रकाशको आशा मर्दैन । कोरोनाको सन्त्रासमा रहेको नेपालमा अहिले त्यस्तै अवस्था छ । नेपालमा लगातार एकपछि अर्को कोरोना संक्रमणका बिरामी बढेपनि निको हुनेहरु पनि दिनदिनै जसो बढ्न थालेका छन् । जसलाई हामी नेपालीले सुखद समाचारका रुपमा ग्रहण गर्नुपर्छ ।

काठमाडाैं यतिबेला काेराेना संक्रमितमुक्त भएकाे छ । बिहीबार नै काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका २ जना (आमा–छोरा) पनि कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । उनीहरु गत चैत ५ गते बेलायतको लण्डनबाट नेपाल आएका थिए ।

सरकारले विदेशबाट आएका व्यक्तिहरुको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्ने क्रममा वैशाख १ गते सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनामा कोरोना संक्रमणको संकेत (एन्टिबडी पोजेटिभ) देखिएको थियो । कोरोना संक्रमणको संकेत देखिएपछि तीनै जनालाई सोही दिन पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

पछि पीसीआर विधिबाट परीक्षण गर्दा २ जनामा मात्रै कोरोना संक्रमण देखिएको थियो । नेपालमा पहिलोपटक गत माघ ९ गते एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनीहरूनिकाे भएपछि काठमाडाै काेराेना संक्रमित मुक्त भएकाे खुशीकाे खबर सबैसामु बाँड्न पाइएकाे हाे।

नेपालमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट मुक्त हुने व्यक्तिको संख्या १६ पुगेको छ । सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल र ललितपुरको पाटन अस्पतालबाट गरी बिहीबार मात्रै ३ जना कोरोना संक्रमित बिरामी निको भएर डिस्चार्ज भएका छन् । यस्तै, बुधबार नै डिस्चार्जको प्रक्रिया पूरा गरिएका धादिङका युवा पनि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएका छन् । सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी ६५ वर्षीया महिलामा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

आफुलाई कोरोना लाग्नुको रहस्य खोल्दै निको भएकी अंशुले पहिलोपटक दिइन यस्तो अनौठो बयान, डाक्टर समेत दंग
” मेरा बुबा र आमा १४ बर्षअघि बेल्जियम जानु भएको हो । त्यति बेला म सानै थिएँ । गाउँमै पढ्न थालेकोले हजुरबुबा हजुरआमासँगै बसें । मेरा भाइ र बहिनी बेल्जियममै जन्मिए । बेलाबेला बुबाआमा नेपाल आउनुहुन्थ्यो अनि फर्किनुहुन्थ्यो । मलाई बुबाआमा फर्केपछि नरमाइलो लाग्थ्यो ।

मलाई पनि आफ्ना बुबाआमा भएको ठाउँमा जान मन थियो। घुम्न जाने भनेर बुबाआमाले पनि भनिरहनु भएको थियो। तर समे मिलेको थिएन। माघको तेस्रो साता त्यो मौका मिल्यो। बुबाआमाले भिसा मिलाइदिनुभयो। म बेल्जियम गएँ। बिकसित देश, नौलो ठाउँ, बुबाआमा र भाइबहिनीसँग भेट्ने रहर पूरा भएकोमा म निकै खुसी थिएँ।

मलाई लामो समय बस्न मन थियो। त्यसैले बीचमा बुबा नेपाल आउँदा पनि म आइत। साढे दुइ महिना बसें। वैशाख पहिलो साता परीक्षा सुरु हुने भएकाले आउनुपर्ने भयो। व्यवस्थापन बिषय पढेकोले अध्ययनमा समय धेरै दिनुपर्ने ठानेर घर फर्कने योजनामा थिएँ।

म फर्किने बेलासम्म चीन र युरोपका धेरै देशमा कोरोनाको त्रास फैलिइरहेको थाहा पाएकी थिएँ। तर, घरपरिवार सुरक्षित थियौं। बाहिरी व्यक्तिहरुसँग सम्पर्क नगरेपछि सर्दैन भन्ने लागेको थियो। त्यसैले आफैंलाई लाग्ला भन्ने सोच्दै सोचिएको थिएन।

परीक्षाको तयारीका लागि आउनु पर्ने भएकाले आमाले टिकट किनिदिनुभयो। चैत ४ गते कतारको दोहा हुँदै काठमाडौं आउने टिकट थियो। आफन्त पर्ने मनकुमारी पौडेल पनि सँगै भएकोले साथी पनि भइयो। काठमाडौं आएपछि लिन आउनु भएका आफन्तसँग सोझै अर्को प्लेनमा हामी दुवै पोखरा आयौं। पोखराबाट जिप चढेर घर पुगें। त्यतिञ्जेल कोरोनाको कुनै शंका थिएन। यो कुरा मनमा पनि आएको थिएन।

घरमा आएपछि बिदेशको अनुभव छिमेकीलाई सुनाएँ। परीक्षाका लागि सामान्य तयारीमा जुटें। आएको एकदुई दिनपछि हल्का रुघाखोकी र ज्वरो देखियो। मेरो परिवारका सदस्य पनि स्वास्थ्यकर्मी हुनुहुन्छ। सामान्य रुघाखोकीलाई तातोपानी खाएर पनि निको हुने सल्लाह दिनुभयो।

त्यसैबेला नेपालमा पनि कोरोना संक्रमण भएको थाहा भयो। हामी आएकै जहाजमा चढेकी युवतीलाई संक्रमणको पुष्टि भएपछि त्यो जहाजमा आउनेको खोजी सुरु भएछ। मलाई पनि हल्का ज्वरो र रुघाखोकी आएकोले धौलागिरी अञ्चल अस्पतालबाट डाक्टरको टोली चैत १२ गते आएर स्वाब लिनु भयो।

घरमै बसेकी थिएँ, चैत १५ गते शनिबार कोरोना पोजिटिभ भएको सूचना आयो। मलाई त बेस्सरी रुन मन लाग्यो। स्वास्थ्यकर्मीहरु राति घरमै आउनु भयो। एम्बुलेन्स चढेर अस्पताल आएँ। अस्पतालको आइसोलेसन कक्षमा राखियो। कोही भेट नहुने एक्लो कोठामा बस्दा साह्रै नरमाइलो लाग्यो।

मोबाइल नभएको भए त म कसरी बस्थें होला? मोबाइल चलाएर धेरै समय कटाएँ। अस्पतालमा बस्दा मलाई कसरी कोरोना लाग्यो होला भनेर निकै सोचविचार गरें। मेरो अनुमानमा जहाजमा एउटै शौचालय र जहाजका सामाग्री प्रयोग गरेको कारण संक्रमण भएको हुनसक्छ। त्यो जहाजमा भएका संक्रमितले प्रयोग गरेका शौचालय र सामग्रीबाट अरुलाई पनि सरेको जस्तो लाग्यो। मसँगै आउनु भएकी मनकुमारी हजुरआमालाई पनि भयो नि त।

अस्पतालमा बस्दा बेलाबेलामा डाक्टर र नर्सहरु पीपीई लगाएर आउनु हुन्थ्यो। ज्वरो, प्रेसर र अन्य परीक्षण गरेर जानुहुन्थ्यो। एउटै पोशाक भएकोले डाक्टर हो की नर्स हो पत्तै पाइन्नथ्यो। धेरै बोल्नुहुन्नथ्यो। स्वाब निकाल्न आएपछि अब त सञ्चो होलाकी भन्थें। तर, पटकपटक पठाएको स्वाब पोजिटिभ हुन्थ्यो।

रिर्पोट पोजिटिभ आएको दिन आमालाई फोन गरेर रुन्थें। आमाले सम्झाउनु हुन्थ्यो। डाक्टर र नर्सहरुले पनि पटकपटक मलाई ‘तिमी ठीक हुन्छ्यौं, तिम्रो स्वास्थ्य राम्रो छ, रिपोर्ट मात्र पोजिटिभ आएको हो, पक्कै नेगेटिभ आउँछ’ भनेपछि अलि ढुक्क हुन्थें।

बेलाबेलामा पत्रकार, छिमेकी र बुबाले फोन गरेपछि अली खुशी लाग्थ्यो। अर्को कोठामा बस्नु भएकी मनकुमारी हजुरआमाले दैनिक ३ देखि ४ लीटर तातोपानी पिएकोले छिटो निको भएको थाहा भयो। मैले पनि केही दिनपछि धेरै तातोपानी पिउन थालें।

पहिला मोटो भइन्छ भनेर मैले थोरै खान्थें। बिस्तारै दालभात पनि धेरै खाएँ। अण्डा र दूध दैनिक खाएँ। दुइपटक मासु पनि खाएँ। यस्तो बेला मन ढुक्क बनाउनु पर्ने रहेछ। खानामा पौष्टिक तत्व बढी खाने गर्नुपर्ने रहेछ। अहिले त मोटाएकी छु। जतिबेला पनि आत्तिने बानी थियो। डाक्टरले सम्झाएपछि ढुक्क हुन थालें। यस्तोबेलामा धेरै मानिसको माया र भरोसा चाहिने रहेछ। सबैले फोन गरेर नआत्तिन भन्न थालेपछि मलाई चासो दिने धेरै रहेछन् भन्ने लाग्यो। मन आत्तिन छोड्यो।

चौथोपटकको स्वाब पोजेटिभ आउँदा बढी नै रोएँ। नर्सहरु आएर धेरैबेर सम्झाउनु भयो। पाँचौपटकको स्वाब नेगेटिभ आएपछि भने मनमा उमङ्ग आयो। धेरै खुसी भएँ। आमालाई फोन गरेर बताएँ। उहाँ पनि खुसी हुनुभयो।

मेरो बारेमा समाचारहरु आएको घरपरिवारले जानकारी दिएपछि अब मैले कोरोना जित्ने भएँ भन्ने लाग्यो। शुक्रवार अबेरसम्म रिर्पोट नआएपछि फेरि बिग्रेछ क्यारे भन्ने लाग्यो। तर, बेलुकी ८ बजेमात्र नेगेटिभ आएको थाहा पाएँ। त्यसपछि मलाई नुहाउन भनियो। नुहाएपछि २८ दिनसम्म लगाएका लुगाहरु फालें। नयाँ कपडा फेरेपछि नर्सहरु लिन आउनु भयो।

बाहिर निस्कदा राति साढे ९ बजेको थियो। बत्ती बालेर झिलिमिली भएको। सबै मानिस लाइन लागेर ताली पिटेका। मलाई फूल दिनुभयो। खादा लगाएपछि पत्रकारहरुले फोटो खिच्नु भयो। मैले पनि अस्पतालमा बस्दा डाक्टर र नर्सले दिएको हौसला र मायाले रोगलाई जित्न सकेको बताएँ। अब डिस्चार्ज भएर घर फर्केकी छु।”

कोरोना संक्रमणबाट बच्न छिमेकी र साना भाइबैनीलाई सल्लाह दिन्छु। यस्तै अवस्था सँधै नहोला। (कोरोना संक्रमण देखिएर धौलागिरी अञ्चल अस्पताल बाग्लुङमा उपचारपछि ठीक भएकी सापकोटासँग कान्तिपुरका प्रकाश बरालले गरेको कुराकानीमा आधारित।)

कोरोना जितेर घर फिरेका इन्द्रको अनुभव– श्रीमतीले भाकल पो गरेकी रहिछन् !
गत फागुनको अन्तिम साता मजदुरीका लागि भारतको उत्तराखण्डस्थित लोहाघाट पुगेका कञ्चनपुरको बेदकोट नगरपालिका–१० चथरीका ४१ वर्षीय इन्द्र विकले १२ दिन सडकमा निर्माणको काममा मजदुरी गरे ।

सोही बेला भारतले कोरोना भाइरस संक्रमणको जोखिम हुन नदिन लकडाउन जारी गरेपछि विकसहित त्यहाँ मजदुरमा रहेका नेपालीहरु हिडेरै भएपनि घर फर्किने निर्णयमा पुगे । दुई दिन पैदल हिँडेर कञ्चनपुरको सीमावर्ती बजार टनकपुर पुगेर विकसहित पाँच जना महाकाली नदीमा ट्युबमा तरेर भीमदत्तनगरपालिका–९ स्थित ब्रह्मदेव बजार पुग्नुभयो ।

गत चैत्र १३ गते नै विकसहितको टोलीले त्यहाँ तैनाथ सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएर गड्डाचौकीमा स्वास्थ्य जाँचपछि यहाँको बेदकोटमा रहेको क्वारेन्टाइनमा पुर्‍याएको थियो । ‘दुई दिनको पैदालयात्राले यहाँ पुग्दा शरीर गलेको र अल्छीजस्तै भएको थिएँ ।’ कोरोना भाइरसलाई जितेर बुधबार घर फर्किएका चथरीका विकले भने, ‘भारतबाट आउँदा अरु कुनै खाले बिसञ्चो थिएन ।’

मजदुरमा लगाउने ठेकेदारले आफूहरुलाई एक महिना लकडाउन लम्बिने सुनाएपछि घर फर्किने निर्णयमा पुगेको विकले बताए । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस सङ्क्रमणको उपचारपछि निको भएर फर्किएका विकले आफू बेदकोटको सुन्दरपुर क्वारेन्टाइनमा १० दिन बसेको बताए ।

‘कोरोना पोजेटिभ रिपोर्ट आएको भने पनि मेरो शारीरिक अवस्थामा कुनै तलमाथि भएको थिएन,’ १८ दिनसम्म सेतीमा उपचार गरेर निको भएका उनले भने, ‘उपचारका क्रममा चिकित्सक र स्वास्थ्यकर्मीले निकै राम्रो व्यवहार देखाउनुभयो ।’ उनले उपचारमा हुँदा समयमै औषधि र खानपिन मिल्ने गरेको बताए ।

‘डाक्टर’सापहरु फोन गरेर मेरो अवस्थाबारे जानकारी लिइरहनुहुन्थ्यो,’ होम क्वारेन्टाइनमा रहेका विकले भने, ‘स्वास्थ्य परीक्षणका लागि स्वाब र रगत नमूना लिँदा निकै सावधानी अपनाइन्थ्यो ।’ यसअघि पाँच जना सङ्क्रमित रहेको सुदूरपश्चिममा विकसहित तीन पुरुष फर्किसकेका छन् । उनले कोरोनाबाट बच्न सरकारले जारी गरेको सावधानी सबैले अपनाउनुपर्ने बताए ।

‘अस्पतालमा हुँदा धेरै सोच्दै जाँदा मानसिक तनाव हुन्थ्यो,’ उनले भने, ‘हिजो त मज्जाले निदाए ।’ घर फर्किएका विक भाइको घरलाई क्वारेन्टाइन बनाएर बसिरहेका छन् । ‘भाइबुहारी भारतमै छन्,’ उनले भने, ‘घर खाली भएकाले त्यसलाई प्रयोग गरेको हुँ ।’

श्रीमान्‌लाई क्वारेन्टाइनमा राखिएको चार दिनपछि थाहा पाएकी सीता विकले सङ्क्रमणयता घरका सबै तनावमा बसेको बताइन् । ‘मजदुरी गर्न गएका श्रीमान्‌ बिरामी लिएर आउँदाको पीडाले घरपरिवार पूरै बेचैन भयो,’ सीताले भनिन्, ‘उपचारपछि निको भएर आएका श्रीमान्‌लाई आँखा अगाडि देख्दा खुशीको सीमा नै रहेन ।’

श्रीमान्‌को स्वास्थ्यलाभका कामना गर्दै आफूले भगवान् पुकार्दै बसेको उनको भनाइ छ । उनले श्रीमान्‌को स्वास्थ्यलाभका लागि भन्दै भगवान्‌सँग भाकलसमेत गरेको सीताले सुनाइन् । त्यसैगरी इन्द्रका १२ वर्षीय छोरा विवेक विकले भने बुबा बिरामीपछि थला परेको घरको जिम्मेवारी सम्हालेका छन् ।

‘आमा बुबालाई ठूलो रोग लागेको छ भनेर सधैं रुनुहुन्थ्यो, खाना पनि नखाने,’ बुबा घर फर्किएपछि हर्षित मुद्रामा देखिएका उनले भने, ‘मैले बुबाको स्वास्थ्यलाभका निम्ति घरभित्र रहेको भगवान् कोठामा सधैँ पूजा गर्ने, फूलपाती चढाउँथे ।’

गाउँको रत्न माविमा कक्षा ५ मा अध्ययनरत बालक विवेकले घरमा रहेका आमा र बहिनीलाई ढाडस दिँदै आएको इन्द्रकी फुपू नाता पर्ने चम्फा विकले बताइन् । ‘मेरो भदाको उपचारमा खटिने चिकित्सक त हाम्रो परिवारका लागि भगवान् नै हुन्,’ उनले भनिन्, ‘मरे पनि छुन नपाइने भन्ने समाचार सुनेर सिङ्गो परिवार दुःखमा थियो ।’

उनले गाउँमा सञ्चो भएर फर्किएपछि निकै सद्भाव मिलेको विकको भनाइ छ । ‘क्वारेन्टाइन बसेर उपचार गरी फर्किएकामा गाउँले दाजुभाइ पनि खुबी छन्,’ उनले भनिन्, ‘घर आउन सीमानाका बन्द भएपछि ट्युब तरेर आउनु बाध्यता थियो ।’

त्यसैगरी बेदकोट नगरपालिका–१० का वडाध्यक्ष केश रावलले कोरोना भाइरस जितेर विक गाउँ फर्किएपछि खुशीयाली छाएको बताए । ‘कोरोना लाग्यो कि मर्छन् भन्ने गाउँमा त्रास थियो,’ गाउँमा राहत वितरण गरिरहेका वडाध्यक्ष रावलले भने, ‘निको भएर आएपछि सबै हर्षित छन् ।’ –शेरबहादुर सिंह/रासस

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयासुसले संयुक्तराज्य अमेरिकासमक्ष संगठनलाई प्रदान गरिँदै आएको आर्थिक सहयोग नरोक्न र पूर्ववर्ती निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।

संगठनको मुख्यालय जेनेभामा आयोजित पत्रकार सम्मेलनका क्रममा महानिर्देशक टेड्रोसले संयुक्तराज्य अमेरिकाले संगठनका कार्यहरुलाई पुनः सहयोग गर्ने एवं मानिसको जीवन बचाउने कार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

उनले संयुक्तराज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई निरन्तर मद्दत गरिरहेको र अमेरिका नै संगठनलाई आर्थिक मद्दत गर्ने पहिलो नम्बरको मुलुक रहेको बताउँदै भने, “हामी अमेरिकाको त्यस सहयोगलाई भुल्न सक्दैनौं, र त्यसप्रति उच्च सराहना गर्दछौं ।”

इथियोपियामा अमेरिकी सहयोगकै कारण स्वास्थ्य प्रणालीमा सुधार हुन सकेको दृष्टान्त दिँदै निकै भावुक मुद्रामा महानिर्देशक टेड्रोसले भने , “मलाई आशा छ संयुक्तराज्य अमेरिकाले गरेको यो सहयोग अरुका लागि मात्र लगानी होइन, स्वयम् अमेरिकी जनताको स्वास्थ्यका लागि पनि हो ।”

गत साता अमेरिकी ट्रम्प प्रशासनले विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस फैलिएका बारेमा सूचनाहरु लुकाएको र संगठनले चीनको पक्ष लिएको भन्दै संगठनलाई दिइआएको आर्थिक सहयोग रोक्ने घोषणा गरेको थियो । अमेरिकी अधिकारीहरुले संगठनको भूमिकाका बारेमा पुनः मूल्याँकन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताए ।

अमेरिकाले हाल विश्व स्वास्थ्य संगठनलाई वार्षिक करिब ५० करोड अमेरिकी डलर प्रदान गरिरहेको छ । चीनले डब्लुएचओलाई करिब ४ करोड डलर दिँदै आएको छ । कोरोनाभाइरसको जोखिम उच्च रहेपनि चीन र अरु मुलुकबाट अमेरिकातर्फ हुने यात्रामाथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णयप्रति डब्लुएचओले आलोचना गरेको राष्ट्रपति ट्रम्पले आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया