आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडाैंकाे म्यारियट होटलमा राखिएका सांसदको भागाभाग, यस्ताे छ कारण

प्रकाशित
3.2K
SHARES

काठमाडौं । समाजवादी पार्टीका नेताहरू बिहीबार बिहानै होटल म्यारियल पुगेपछि पार्टी फुटाउन जम्मा भएका सांसदहरूको भागाभाग भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा पार्टी फुटाउने प्रयास गरेको समाजवादीको आरोप छ ।

त्यसका लागि आफ्ना पार्टीका सांसदहरूलाई दबाब र प्रभावमा पारेर होटल म्यारियटमा राखिएको नेताहरूले बताएका छन् । त्यो थाहा पाएर समाजवादीका महासचिव गंगा श्रेष्ठसहितका नेता होटलमा पुगेका थिए । श्रेष्ठ भन्छन्, ‘नयाँ मान्छेलाई प्रवेश गर्न नदिनू भनेको छ भनेर प्रवेश दिइएन ।’

आफूहरू होटलको गेट अगाडि बसिरहेका बेला पार्टीका केही सांसदलाई रातो गाडीमा हालेर अन्यत्र लैजान खोजेको आफूले देखेको भन्दै श्रेष्ठले भने, ‘दबाबमा राखिएको हो कि आफूखुसी आउनुभएको हो भनेर सोध्छु भनेर मैले त्यो गाडी रोक्न खोजेँ । तर, गाडी ब्याक गरेर अर्को गेटबाट लगियो ।’

त्यसपछि प्रहरी आएर आफूहरूलाई धरपकडको प्रयास गरेको महासचिव श्रेष्ठले बताए । ‘हाम्रो सवारीसाधन नियन्त्रणमा लिएर गाली गरे । हामी नम्र भएर कुरा गरेपछि बल्ल १० मिनेटपछि हामीलाई छाडियो’ श्रेष्ठले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा सरकारले मंगलबार मात्र ४० प्रतिशत सांसद भए दल फुटाउने मिल्ने गरी अध्यादेश ल्याएको थियो । आफ्नो पार्टी फुटाउन सांसदलाई अपहरण गर्नेसम्मको काम भएको समाजवादीको दाबी छ ।

यसैबीच ‘जनता समाजवादी पार्टी’ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ को निवेदन दर्ता भएको हो । दर्ता नम्बर १३८८ छ । बुधबार राति समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो । एकतापछि नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको हो ।

एकतामा सहभागी दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको औपचारिक जानकारी दिएका छन् । पार्टी एकीकरणको सहमती पत्रसहित निर्वाचन आयोगलाई दिइएको पत्रमा राजपाका संयोजक शरदसिंह भण्डारी र समाजवादीका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर छ ।

जनता पार्टीका नेता राजेन्द्र महतोले आफूहरुले पार्टी एकताको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी प्रक्रिया पछि पूरा गर्ने बताए ।

प्रतिक्रिया