आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अध्यादेशबारे ओलीले बल्ल मुख खोले

प्रकाशित
1K
SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै जारी भएका दुई अध्यादेशबारे मुख खोलेका छन् । उनले अध्यादेशबारे अन्यौल र भ्रममा नरहन सांसदहरुलाई गरेका छन् ।सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका संघीय सांसदहरुसँगको छलफलका क्रममा प्रधानमन्त्रीले अध्यादेश आवश्यकता परेरै जारी भएको र यसमा अरु कुनै आशंका गरिरहनु नपर्ने बताएका हुन ।

प्रधानमन्त्रीसँग केही सांसदले पछिल्ला अवस्थाको बारेमा जिज्ञासा राखे पछि उनले यस्ताे जवाफ दिएका थिए । साेहि केममा उनले भारतसँग जोडिएको नेपालको सीमा नाका तत्काल नखुल्ने संकेत गरेका छन् । भारतमा कोरोना संक्रमणको अवस्था अन्त्य नभएसम्म सिमाना नखुल्ने प्रधानमन्त्रीले बताएका हुन् ।

लकडाउनको मोडल परिवर्तन हुनसक्ने बताए । प्रधानमन्त्रीले संक्रमण नदेखिएका ठाउँमा लकडाउन खुकुलो हुने संकेत गरेको छलफलमा सहभागी एक सांसदले बताए ।

दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भए पछि राजनीतिक विवाद सुरु भएको छ भने सरकारले कोरोना महामारीमा राहतलगायतका विषयमा मजदुर र श्रमिकलाई भनेजस्तो व्यवस्था गर्न नसकेको भन्दै आलोचना बढीरहेका बेला प्रधानमन्त्रीले सांसदलाई ब्रिफिङ गरेका हुन् ।

अध्यादेशका कारण सत्तारुढ नेकपाभित्र नै मतमतान्तर देखिएको छ । पार्टीमा सल्लाह नै नगरी अध्यादेश जारी भएको भन्दै सरकारको आलोचना र समर्थनमा बहस उठेको छ । सरकारले यही बैशाख ८ गते राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुई वटा अध्यादेश जारी गरेको छ ।

राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्नसक्ने सम्बन्धी व्यवस्था गरिएको छ । यी अध्यादेशलाई लिएर नेकपाभित्रै र बाहिर पनि सरकारको आलोचना भइरहेको छ ।

छलफलमा नेकपा अध्यक्ष प्रचण्ड पनि सहभागी थिए । तर प्रचण्ड केही ढिला पुगेकाले ओली आफैंले प्रचण्डलाई आफूले सांसदहरुसँग बताएका कुराको जानकारी दिएका थिए । प्रचण्डले केही नबोलेको सांसदहरुले बताए । सांसदहरुको छलफलमा उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक देव गुरुङ पनि सहभागी छन् । प्रदेशगत रुपमा सांसदहरुसँग छलफल आयोजना गरिएको छ ।

प्रतिक्रिया