आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालमा एकै गाँउका ८ जनामा कोरोना संक्रमण पुष्टि, हेर्नुहोस विस्तृतमा

प्रकाशित
888
SHARES

काठमाडौं । उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४० पुगेको छ । उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । संक्रमित पुष्टि भएका ८ जनाको थप विवरण आउन बाँकी छ । यसअघि आजै उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा बसेका ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण भएको थियो ।  अहिले संक्रमण देखिएका आठ जना त्यसै मस्जिद क्षेत्र वरपरका वासिन्दा हुन् । उदयपुरका अर्का एक युवकमा पनि मंगलबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच विश्वभरि कोरोनाभाइरस संक्रमितको संख्या २५ लाख पुगेको छ। मंगलबारसम्म संक्रमणबाट एक लाख ७१ हजार सात सय ३५को मृत्यु भइसकेको छ। त्यस्तै छ लाख ५८ हजार पाँच सय ६१ जना निको भएर घर उपचार पनि भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन्।

नेपालमा पनि ४० जनामा संक्रमित छन्। तीमध्ये पाँच जना उपचारपछि घर फर्किसकेका छन्। छिमेकी राष्ट्र भारतमा पनि कोरोनाभाइरसको संक्रमितको संख्या १८ हजार नाघेको हो भने ५९२ जनाको मृत्यु भइसकेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी मार्च २५ देखि भारतमा लकडाउन घोषणा गरेका थिए।

मंगलबारदेखि भने भारतका केही प्रदेशमा लकडाउन खुकुलो पारेका छन्। चीनमा अहिले नयाँ संक्रमितको संख्यामा कमी आएको छ। गएको २४ घन्टामा त्यहाँ ११ जनामात्रै नयाँ संक्रमित थपिएका छन्। चीनमा मात्रै ४ हजार ६ सय ३२ जनाले ज्यान गुमाएका छन्। त्यस्तै संक्रमित संख्या भने ८२ हजार ७५८ पुगेको हो।

कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ। अमेरिकामा ४२ हजार ५१८ जनाले ज्यान गुमाइसकेका छन् भने सात लाख ९२ हजार ९ सय ३८ संक्रमित छन्। स्पेनमा पनि दुई लाख बढी संक्रमित छन् भने २१ हजार दुई सय ८२ जनाको मृत्यु भएको छ।

त्यसैगरी इटालीमा एक लाख ८१ हजार संक्रमित छन् । २४ हजार बढीको मृत्यु भइसकेको छ। फ्रान्समा पनि संक्रमित संख्या एक लाख ५५ हजार नाघेको छ। त्यस्तै मृत्युको संख्या पनि २० हजार २ सय ६५ पुगेको छ।

ब्राजिलमा पनि कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा बढेको छ। त्यहाँ केही स्थानमा लकडाउन गरे पनि राष्ट्रपतिले त्यसको विरोध गर्दै आएका थिए। त्यहाँ केही दिनअघि मात्रै अर्थतन्त्रमा गिरावट आउने भन्दै विरोध समेत भएको थियो। त्यहाँ दुई हजार ५ सय ८८ जनाको मृत्यु भएको छ। संक्रमितको संख्या भने ४० हजार ८सय १४ छन्।

प्रतिक्रिया