आज : गते

ताजा शिर्षकहरु

चीनमा भाइरसले भरिएको फ्रिज लिक भएको दावीसहितका तस्वीरहरु भाइरल, विश्वभर तरंग

प्रकाशित
1.8K
SHARES

काठमाडौं । चीनको वुहानको एक इन्ष्टिच्यसटमा भाइरसले भरिएको फ्रिज लिक भएको दावीसहितका तस्वीरहरु सार्वजनिक भएका छन् । वुहान इन्टिच्युट अफ भाइरोलोजीको एक फ्रिजको टुटेको सिलबाट भाइरस बाहिरिएको दावीसहितका तस्वीरहरु सार्वजनिक भएका हुन् ।

वुहानको इन्टिच्युट अफ भाइरोलोजीको ती तस्वीर पहिलो पटक सन् २०१८ मा चाइना डेली न्युजपेपरले ट्वीटरमार्फत सार्वजनिक गरेको केही समयमै डिलिट गरिएका ती तस्वीरलाई केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पुनः भाइरल बनाइरहेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चाइना डेली पत्रिकाले ल्याबका तस्वीरमा ‘एसियाकै सबैभन्दा ठूलो भाइरस बैंकको एक दृश्य ! सेन्ट्रल चीनको हुबेईस्थित वुहान इन्टिच्युट अफ भाइरोलोजी, जहाँ १५०० भन्दा धेरै भाइरसको संरक्षण गरेर राखिएको छ ।’ भन्ने क्याप्सन लेखिएको उल्लेख गरेका छन् ।

कतिपय सञ्चारमाध्यमहरुले पहिलेको मिति नै सच्याएर सार्वजनिक गरेका तिनै तस्वीरका आधारमा अमेरिका चीनप्रति रुष्ट भएको र चीनले तथ्य लुकाउँदै आएको आरोप लगाउने गरेको बताएका छन् ।

ट्रम्पले बारम्बार डब्ल्युएचओ पूर्वाग्रही भएको आरोप लगाउँदै चीनमाथि छानविन गर्ने समेत चेतावनी दिदै आएका थिए । शुक्रबार मात्रै पनि ट्रम्पले अमेरिकाको तर्फबाट वुहान इन्टिच्युटका लागि दिने आर्थिक सहायता नदिने घोषणा गरेका थिए ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले पनि ल्याबबाट भाइरस लिक भएको विषयमा बेइजिङले सत्य सत्य जानकारी गराउनु पर्ने बताउँदै आएका छन् । वासिङ्टन पोष्टको एक रिपोर्टलाई आधार मान्ने हो भने अमेरिकालाई वुहानबाट महामारी फैलिँदैछ भन्ने जानकारी पहिल्यै नै थियो ।

अमेरिकी राजनीतिज्ञले वुहानको ल्याबमा भएका जानकारी अमेरिकी सरकारलाई गराएका र त्यसमा चमेरो सम्बन्धी भाइरसका विषयमा महत्वपूर्ण सूचना भएको उल्लेख गरिएको छ । चीनले भने उक्त आरोपको बारम्बार खण्डन गर्दै आएको छ ।

यसैबीच फ्रान्सको राजधानी पेरिसको पाइपलाइनहरुमा कोरोना भाइरसको ‘निसान’ भेटिएको छ । सडक सफा गर्ने, भवन निर्माणमा प्रयोग गरिने, फूलबारी, बगैंचामा सिंचाइ गर्ने र आगजनी हुँदा प्रयोग गर्ने पानीमा कोरोना भाइरसको अंश फेला परेको हो ।

यस प्रकारका पानीका पाइपलाइनमा कोरोना भाइरसको अंश फेला परेपछि पेरिसका पिउने पानी बाहेक अन्य सबै पापलाइनहरुको सञ्‍जाललाई अनिश्चित कालका लागि विच्छेद गरिएको पेरिस महानगरपालिकालाई उद्धृत गर्दै फ्रान्सेली सञ्‍चारमाध्‍यम ले मोन्‍डेले जनाएको छ ।

‘कोरोना भाइरसको सानो संकेत सडक सफा गर्ने, आगलागी निभाउने, बोटबिरुवामा सिंचाइ गर्ने, निर्माणमा प्रयोग गर्ने पानीको पाइपलाइनमा फेला परेको हो । तर पिउने पानीका लागि भने जोखिम छैन्,’ पेरिस महानगरपालिका प्रमुख आन डिहाल्गोले मिडियाहरुसित भनिन् ।

महानगरपालिकाको खानेपानी विभागको प्रयोगशालाले २७ वटा नमुना परीक्षण गर्दा चार वटा नमुनामा कोरोना भाइरसको अंश फेला परेको हो । त्यसलगत्तै जनस्वास्थ्यलाई ख्याल गरेर अधिकारीहरुले पेरिसका पानीका सबै पाइपलाइनको सञ्जाल विच्छेद गर्न निर्देशन दिएका थिए । तर पिउने पानीका पाइपलाइन भने अलग्गै संयन्त्र, मार्ग र पाइपबाट आउने र तिनमा भाइरस फेला नपरेकाले सुरक्षित रहेको दाबी गरेका छन् ।

भाइरस फेला परेका पाइपबाट आउने पानी सेन नदी र ऊर्क नहरबाट बिनाप्रशोधन सिधै ल्याउने गरिन्छ । यो पानी बगैंचा, पार्क, उद्यानमा सिँचाइ गर्न, सडक सफा गर्न, भवन निर्माणलगायतका काममा प्रयोग गरिने हुनाले नागरिकमा संक्रमण हुन सक्ने हुँदा विच्छेद गरेको महानगरपालिकाका अधिकारीहरुले बताएका छन् ।

अधिकारीहरुले पानीका पाइपलाइनहरुमा कसरी कोरोना भाइरस संक्रमित भयो भन्ने बताउन सकेका छैन । प्रयोगशालामा हाल अनुसन्धान भइरहेको र त्यसको कारण पूर्ण अनुसन्धानपछि सार्वजनिक गरिने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया