आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लकडाउनकाे २९ औं दिन कलैया उपमहानगरपालिकाका मेयर पक्राउ, यस्तो छ कसुर

प्रकाशित
2K
SHARES

कैलया । लकडाउन प्रभावितलाई कुहिएको खाद्यान्न राहातमा वितरण गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिकाका मेयर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले सोधपुछका लागि कलैयाका मेयर राजेश राय यादवलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीले मेयर यादवलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए । ‘कुहिएको खाद्यान्न राहातमा वितरण गरेको सन्भर्दमा हामीले अनुसन्धान गरिरहेका छौं,’ पंगेनीले खबरहबसँग भने, ‘सोही सन्दर्भमा उहाँ (मेयर यादव)लाई नियन्त्रणमा लिएका हौं । अहिले उहाँसँग सोधपुछ भइरहेको छ ।’

कलैया उपमहागरपालिकाका वडा नम्बर २२ मटिअरीया, वडा नम्बर ७ र २० मा चैत २८ गते वितरण गरिएको चामल, दाल कुहिएको भेटिएको थियो । राहत लिएकाहरुले फिर्ता गर्दै वितरण गर्नेलाई कारवाही माग गरेका थिए ।

राहातमा वितरण गरिएको खाद्यान्न कुहिएको भेटिएपछि चैत २९ गते जिल्ला प्रशासन कार्यालयले मेयर यादवको घरमा छापा मारेको थियो । जिल्ला प्रशासन कार्यालय बाराका अनुसार राहातमा कुहिएको खाद्यान्न वितरण गर्ने प्रकरणमा संलग्न अन्य ७ जनालाई पनि पक्राउ गरिएको छ ।

यसैबीच उता कैलालीकाे टीकापुर नगरपालिका बासीले कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि राहत पाउनबाट वञ्चित भएको भन्दै वडा कार्यालयमा धर्ना दिन थालेका छन् ।

वडा कार्यालयले राहत वितरणमा वास्तविक पीडितभन्दा राजनीतिक पूर्वाग्रही ढङ्गले राहत वितरण गरेको र वास्तविक पीडितले राहत नपाएको भन्दै स्थानीयले धर्ना दिन शुरु गरेका हुन् ।

नगरपालिका वडा नंं. १ मा सबैभन्दा बढी समस्या देखिएको छ । राहतका लागि सङ्कलन भएको तथ्याङ्कमा आफूहरुलाई नसमेटेको भन्दै स्थानीय महिलाहरु दिनहुँ वडा कार्यालयमा धर्ना दिने गरेका छन् । सामाजिक दूरी समेत कायम गरिएको छैन ।

एउटै टोलमा कसैले राहात पाउने कसैले नपाउने भएको स्थानीयको गुनासो छ । दिनभरि श्रम गरेर मात्र साँंझ–बिहानको छाक टार्न पुग्ने श्रमिकहरुले राहत नपाएको र नगरपालिकाले आफूअनुकूल हुने गरी राहत वितरण गरेको स्थानीयले गुनासो गरेका छन् ।

टीकापुर नगरपालिका वडा नं. १ की लायकरानी डंगौरा थरूनीको परिवारमा ६ जना सदस्य छन् । श्रीमान् फरक क्षमताका (अपाङ्ग) छन् भने बुहारी एकल महिला हुन् । तीनजना नाती–नातिना छन् । ठेलामा व्यापार गरी गुजारा गर्दै आएकी उनले राहत नपाएको गुनासो गरिन् । उनले तीन दिनसम्म वडा कार्यालय धाउँदा पनि कसैले सुनुवाई नगरेको बताउँदै गाउँमा तथ्याङ्क सङ्कलनका लागि पनि कोही नआएको बताइन् ।

उमेरले ७० पार गरिसकेकी लायकरानीले भनिन्, ‘गरीबको कोही हुँदोरहेनछ । सकिनसकी तीन दिनसम्म वडा कार्यालय धाएँ । सबै राहत ल्याएरै फर्के तर मलाई कसैले वास्ता नै गरेनन् ।’ वडा नं. १ का वडा अध्यक्ष गंगाराम आचार्यले तथ्याङ्क सङ्कलन गर्दा केही वास्तविक पीडितहरुको नाम छुटफुट हुन गएको स्वीकार गरे ।

उनले आफू वास्तविक पीडितले राहत पाउनु पर्ने र कुनै राजनीतिक पूर्वाग्रहमा आफू नलागी मानव सेवालाई लागि परेको बताए । वडाअध्यक्ष आचार्यले भने, ‘यस्तो अवस्थामा खाली बिरोध गर्नु मात्र धर्म होइन । चुनाव आउँदैछ । त्यसमा राजनीति गरौंला । तर, अहिले मानताको सवाल भएकोले सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्न आग्रह गर्दछु ।’

वडा नं. ३ की सुन्दरदेवी चौधरीले आफ्नो ६ जनाको परिवार अटोरिक्सा चलाएर जीविकोपार्जन गर्दै आएको बताउँदै श्रीमान् पूर्णरुपमा अपाङ्ग हुँदा पनि वडाबाट राहत नपाएको गुनासो गरिन् । उनले भनिन्, ‘श्रीमान्‌को दुबै खुट्टा चल्दैन । पूर्णरुपमा अपाङ्ग छन् । वडाले राहत दिने नाम लिष्टमा आफूहरुलाई समेट्न सकेन । चारजना छोराछोरी र आफू कसरी जीविकोपार्जन गर्ने ?’

वडाअध्यक्ष रामसेवक महत्तोंले वडामा आएको २ सय १७ घरधुरीले राहत पाइसकेको बताउँदै तथ्याङ्क सङ्कलनका लागि गाउँका बड्घरहरुलाई पठाउँदा केही घरहरु छुट्न गएको स्वीकार गरे । उनले वास्तविक पीडितको अवस्था बुझेर वडाले राहत वितरण गर्ने र कसैलाई पनि भोकै बस्न नपर्ने जानकारी दिए ।

प्रतिक्रिया