आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लकडाउन खुकुलो भएलगत्तै विद्यालय खुला गर्नेबारे यस्तो छ सरकारको योजना, बिद्यार्थीहरुले पढ्नैपर्ने

प्रकाशित
899
SHARES

काठमाडौ । शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले कोरोना संक्रमणले विश्व त्रासमा रहेको अवस्थामा अहिले नै विद्यालय खुला गर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । भौतिक दूरी कायम राख्नुपर्ने भएकाले लकडाउन खुकुलो भएलगत्तै अनलाइनमार्फत कक्षा १–९ को परीक्षाफल प्रकाशित गर्न विद्यालयलाई सरकारले आग्रह गरिसकेको छ । उनकाे भनाइ जस्ताकाे त्यस्तै उनकै शब्दमा..

नतिजा आएपनि भर्ना प्रक्रिया अलिक पछि मात्र सुरु गराउँन सरकारले योजना भइरहेको छ अनलाइन, एफएम वा अन्य कुनै माध्यमद्वारा भीडभाड नहुने गरी भर्ना लिने तयारी हामीले गरेका छौ । म विद्यालय सञ्चालकलाई यो भन्न चाहन्छु कि अहिले नै शिक्षाक्षेत्र खतम हुन थाल्यो भनेर आत्तिनुपर्ने अवस्था छैन । केही बिग्रिएको छैन ।

हामीले २ सय २० दिन पढाउने गरेका थियौं, त्यसलाई घटाएर सबै किसिमको बिदा कटौती गरी पठनपाठन गर्ने तयारी गर्नु आवश्यक छ  महत्वपूर्णबाहेकका बिदा कटौती गरी पढाउँदा भदौबाट पठनपाठन शुरू गरे मात्र पनि पाठ्यक्रम पूरा हुन सक्छ जस्तो लाग्छ उनले बताए । यो दायित्व प्रदेश सरकारको हो । अब प्रदेश सरकारले कसरी पठनपाठन सुचारु गर्ने भन्ने विषयमा सोच्नु जरुरी छ । विद्यालय तहको शिक्षा

स्थानीय तहको मातहतमा गइसकेपछि स्थानीय तहले भौतिक दूरी कायम गर्ने गरी पठनपाठन गर्ने माध्यम सोच्नुपर्छ । केन्द्रीय सरकारले त पाठ्यक्रम बनाउने मात्र हो, कसरी पढाउने भन्ने विषय स्थानीय र प्रदेश सरकारको जिम्मेवारी हो आजैबाट सोच्नुहोस् शिक्षामन्त्रीले भने ।हामी योजना बनाउँछौं त्यसलाई कार्यान्वयन गर्ने दायित्व प्रदेश र स्थानीय सरकारको हो । लकडाउन खुले पनि विद्यालय खोल्न सक्ने अवस्था हुँदैन

अनलाइन, स्थानीय एफएम, टेलिभिजनको माध्यमबाट पढाउने विषयमा तत्काल योजना बनाउनु आवश्यक छ । शिक्षकलाई अनलाइनबाट पढाउन तयारी गर्नुपर्छ, सबै विद्यालयमा इन्टरनेट छ कि छैन अध्ययन गर्नुपर्छ । इन्टरनेटको पहुँच नभएका विद्यालयमा एफएम वा टेलिभिजनमार्फत पढाइ शुरू गर्नुपर्छ । पाठ्यक्रम विकास केन्द्रले अधिकांश विषयको अनलाइन कोर्स तयारी गरिसकेको छ ।बाँकी रहेका विषयमा तयारी भइरहेको छ । मन्त्रीले भने मैले सबै प्रदेशका सामाजिक विकासमन्त्रीसँग यस विषयमा कुरा गरिसकेको छु ।

उहाँहरूले सोहीअनुसार तयारी गरिरहनुभएको होला । अब कुरा रह्यो एसईई, कक्षा १२ र ११ को परीक्षा, त्यो परीक्षाको विषयमा मैले राष्ट्रिय परीक्षा बोर्डलाई स्पष्टरूपमा निर्देशन दिइसकेको छु । लकडाउन खुलेपछि जेठमा परीक्षा गर्न सम्भव भए नभएको विषयमा र अन्य उपाय अवलम्बन गर्न बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा विज्ञसहितको समिति गठन गरिएको छ ।

सो समितिले दिएको सुझावका आधारमा परीक्षाको मिति तय होला ।होम सेन्टरबाट परीक्षा लिन सक्ने अवस्था छैन । म स्पष्ट पार्न चाहान्छु मन्त्री पोखरेलले भने ।घर वा डेरा पायक पर्ने विद्यालयमा सेन्टर कायम गर्ने विषयमा विश्व नै संकटमा परेको अवस्थामा विद्यालय खोल्ने वा नखोल्ने भन्दा पनि जनताको स्वास्थ्यको चिन्ता गर्नु सरकारले उचित ठानेको छ । कतिपय निजी विद्यालयले अनलाइनमार्फत पठनपाठन शुरू गरिसकेका छन् ।

सरकारी विद्यालयमा कसरी पठाउने भन्ने विषयमा प्रदेश सरकारले सोच्नुपर्छ । अब प्रदेश सरकारले आफ्नो प्रदेशका विद्यार्थीलाई कसरी पठनपाठन गराउने भन्ने विषयमा बोध हुनु आवश्यक छ । करिब १–१ करोड रुपियाँको विपद्कोषको रकम शिक्षामा खर्च गर्नु उचित हुन्छ भन्ने सल्लाह मैले दिएको छु ।वास्तवमा सरकारले अनलाइन र दूरशिक्षाको माध्यमबाट पठनपाठन गर्ने विषय वर्षौंबाट शुरू गरेको थियो ।

प्रतिक्रिया