आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पार्टी फुटाउने ओलीको अध्यादेशबारे प्रचण्डको नयाँ खुलासा, पूर्वमाओवादी नेतादेखि कार्यकर्ता समेत तीनछक

प्रकाशित
3.2K
SHARES

काठमाडाैं । संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने तयारी भइरहेकोबारे नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जानकार रहेको खुलेको छ।

प्रचण्डले अध्यादेश आउँदैछ भनेर उनी निकटका नेताहरूसँग समेत भनेका थिए। आफूसँग आइतबार भएको भेटमा अध्यक्ष प्रचण्डले यस्तो अध्यादेश ल्याउने तयारीमा सरकार रहेको भनेर बताएका नेकपा स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताएकाे सेतोपाटीले उल्लेख गरेकाे छ।

‘म हिजो अध्यक्षलाई भेट्न गएको थिएँ। कुराकानीकै क्रममा उहाँले अध्यादेश ल्याउने तयारी भइरहेको भनेर भन्नुभएको थियो,’उनले भने,’सरकारले आजै ल्याउँछ भन्ने बारेमा उहाँलाई थाहा थिएन जस्तो मलाई लागेको छ। उहाँले ल्याउन उचित भए/ नभएको समेत केही बताउनुभएको थिएन।’

यो अध्यादेशले राम्रो संकेत नगरेको समेत उनले बताए। ‘यो बेलामा यसरी अध्यादेश ल्याउन जरूरी थिएन। यसले अस्थिरतालाई निम्त्याउँछ,’उनले भने,’यसबारेमा पार्टीभित्र समेत पर्याप्त छलफल भएको मलाई थाहा छैन।’

अध्यादेश ल्याउनेबारे प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले पार्टीका नेताहरूसँग छलफल गरेको उनी निकट स्रोतको दाबी छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले यसबारेमा अर्का अध्यक्ष प्रचण्डसँग पर्याप्त छलफल समेत गरेका थिए। लोकतन्त्रलाई बलियो बनाउने सोचका साथ सरकारले यो अध्यादेश ल्याएको प्रधानमन्त्री निकटका एक स्थायी समिति सदस्य सेतोपाटीलाई बताए।

‘यो अध्यादेश पार्टी विशेषका लागि भन्दा पनि लोकतन्त्रका लागि ल्याइएको हो भन्ने मैले बुझेको छु। संसदीय व्यवस्थामा सांसदहरू बलियो हुनुपर्छ भनेर यसो गरिएको होला,’उनले भने,’संसदलाई पार्टीले नियन्त्रण नगरोस् भनेर संसदमा ४० प्रतिशत सांसद भएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको हो।’ यो व्यवस्थाले खल्तीबाट झिकेर केन्द्रीय सदस्य बनाउने अनि पार्टीभित्र हुकुम जमाउन खोज्ने प्रवृत्तिको अन्त्य हुने विश्वास आफूले लिएको उनले बताए।

प्रतिक्रिया