आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सरकारी पत्रकारलाई सुटुक्क बोलाएर प्रधानमन्त्रीले यतिसम्म भनेपछि चाैतर्फि आलोचना, ओलीले किन भने यस्तो ?

प्रकाशित
2.1K
SHARES

काठमाडौं । देशमा कोरना संकटले त्रास मच्चाईरहेको बेला प्रधानमन्त्री ओलीलाई आफ्नै नाम कसरी उचो राख्ने भन्ने चिन्ता बढेको छ । देशलाई कोराना महामारीबाट कसरी मुक्त गर्ने भन्ने चासो हुनुको साटो यही बहानामा प्रधानमन्त्री ओलीले आफ्नै नाम गिनिजबुकमा लेखाउने हुतहुति पो चलेको रहेछ ।

प्रासङ्ग हो आफ्नै पत्रकारहरुलाई सुटुक्क बोलाएर गरिएको भेटघाटको, शनिबार सरकारकै सरकारकै मातहतमा रहेका सञ्चारमध्यमका सम्पादक पत्रकारहरुलाई सुटुक्क बोलाएर उनले आफ्नो नाम गिनिजबुकमा लेखिनुपर्ने दाबी गरेका छन् । आफू बिरामी अवस्थामा पनि देश र जनताको लागि १८ घण्टा खटेको उल्लेख गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

संसारमा दुईपटक सम्म मिर्गौला प्रत्यारोपण गरेर शासन सत्ता चलाउने कोही व्यक्ति नभएको भन्दै उनले आफ्नो नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा राख्दा फरक नपर्ने बताए । शनिबार सरकारी सञ्चारमाध्यमहरुलाई संयुक्त अन्तर्वार्ता दिन भनेर बोलाए । त्यहा उनले आफ्नै नाम गिनिजबुकमा लेख्दा फरक नपर्ने तर्क गरे ।

अन्तर्वार्ता लिन भनेर प्रधानमन्त्री ओली कहाँ पुगेका पत्रकार उनकै मुख अगाडी त केहि भन्न सकेनन तर बाहिर निस्केपछि यो कुरा एकाएक एक कान दुइकाइन मैदान दुवै भाइरल नै बन्यो । यद्यपि, उनले आफू देश र जनताको लागि खटेकोले यो वेला कसैको तर्फबाट मूल्यांकन र जस लिन भने नखोजेको बताएका थिए ।

‘मैले केही पनि मागेर हिँडेको त छैन, विभिन्न देशले विभिन्न सम्मान र मानार्थ उपाधीहरु दिएका छन्,’ प्रधानमन्त्रीले भने, ‘वास्तवमा मैले पाउनुपर्ने त गिनिज बुकमा नाम हो । प्रधानमन्त्री ओलीले यसबारेमा आफूले गुगल सर्च गरेको पनि बताएका छन् ।

प्रतिक्रिया