आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विश्व नै लकडाउन बनेका बेला क्यानडामा घ’ट्याे यस्ताे घट’ना, प्रधानमन्त्रीले भने- इतिहासमै भयानक

प्रकाशित
1.9K
SHARES

काठमाडौं । काेराेना भाइरस महामारी अर्थात काेभिड-१९ का कारण यतिबेला विश्व नै लकडाउन अवस्थामा छ तर क्यानडाको नोवा स्कोटिया भन्ने स्थानमा एकजना बन्दुकधारीले गो’ली हानेर १० जनाको ह’त्या गरेका छन् । प्रहरीको पोशाक लगाएको ती आ’क्र’म’णकारी पनि प्रहरीको कारबाहीमा मा’रिएका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिज ट्रुडोले यस घटनालाई ‘भयानक’ भनेका छन् । यसैगरी नोवा स्कोटियाका प्रिमियम स्टिफन म्याकलिनले यो प्रान्तकै इतिहासमा सबैभन्दा दुःखद घटनामध्ये एक हो भनेका छन् ।

नोवा स्कोटियाको ग्रामिण शहर पोर्टापिकमा बन्दुकधारी शनिबार राति घुसेको सूचना पाएपछि प्रहरीले पहिले नै त्यहाँका बासिन्दालाई घरबाट बाहिर ननिस्किन भनिएको थियो । प्रहरीबाट भाग्दै, लुक्दै ती बन्दुकधारीले आइतबार धेरै स्थानमा गो’ली हानेर १० जनाको ज्यान लिएको बीबीसीले जनाएको छ । १२ घण्टाको प्रयासपछि प्रहरीको गो’लीबाट ती बन्दुकधारी पनि मा’रिएका थिए ।

नोवा स्कोटिया प्रहरीले ट्वीट गरेर आक्रमणकारी ५१ वर्षीय गेब्रियल वार्टम्यान रहेको जनाएको छ । उनले प्रहरीको जस्तै देखिने गाडी प्रयोग गरेका थिए । क्यानडामा गो’लीका’ण्डका घटना कमै हुने गर्दछन् किनभने व्यक्तिगत रुपमा ब’न्दुक राख्ने कानुन छिमेकी देश अमेरिकाको भन्दा निकै कडा छ । विश्व काेराेनाले आक्रान्त बनेका बेला घटेको उक्त घटनाले विश्वलाई नै स्तब्ध बनाएको छ ।

प्रतिक्रिया