आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लकडाउनका बेला भारतमा घट्याे देशै हल्लिने घटना, अब के गर्छन मोदी

प्रकाशित
21.4K
SHARES

काठमाडौं । लकडाउनका बेला भारत महाराष्ट्रमा २ जना साधुको कु’टेर ह’त्या गरिएको छ । महाराष्ट्रस्थित पालघरमा बिहीबार कुटेरै २ जना साधुसहित तीन जनाको ह’त्या गरिएको हो । गाडीमा सवार ७० र ३५ वर्षका दुई जना साधु र उनीहरुको गाडी चलाउने ३० वर्षीय चालकलाई केही व्यक्तिहरुले कु’टीकु’टी ह’त्या गरेको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ । याे घ’टनाले भारतभर त्रास फैलाइदिएकाे छ ।

उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले ११० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । यसैबीच भारतमा जारी लकडाउन खुकुलो पार्न तयारी भइरहेका बेला कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ हजार ३ सयभन्दा बढी संक्रमण देखिएको छ ।

योसँगै आइतबार साँझसम्ममा भारतमा कुल संक्रमितको संख्या करिब १६ हजार पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये २ हजार २ सयभन्दा बढी उपचारपछि निको भएका छन् । पाँच सयभन्दा बढीको मृत्यु भएको छ ।

कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै भारतमा मार्च २४ देखि लगातार लकडाउन गरिएको छ । तर केही दिन संक्रमणको दर झन् बढेको छ । स्वास्थ्य मन्त्रालले आइतबार पत्रकार सम्मेलनमार्फत भारतका ७ सय २० जिल्लामध्ये विभिन्न २३ प्रदेशका ५६ जिल्लामा विगत १४ दिनमा संक्रमण नदेखिएको जनाएको छ ।

संक्रमण उच्च देखिएपछि सोमबार मध्यरातदेखि लकडाउन खुला गर्ने यसअघिको घोषणा कार्यान्वयन गर्ने/नगर्नेमा अन्योल देखिएको छ । मन्त्रालयले उक्त निर्णय संक्रमण दर उच्च रहेका क्षेत्रमा लागू नहुने बताएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत साता दोस्रो चरणको १९ दिने लकडाउन घोषणा गर्दै अप्रिल २० देखि परिस्थिति हेरेर लकडाउनलाई खुकुलो बनाउने बताएका थिए । त्यहीअनुसार भारतको गृह मन्त्रालयले छुट पाउने क्षेत्र र व्यवसायलाई समेटेर निर्देशिका जारी गरेको थियो । तर आइतबारको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले त्यस्तो छुट संक्रमणको जोखिम नरहेका क्षेत्रमा मात्र लागू हुने जनाएको छ ।

त्यसैगरी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि आइतबार नै लकडाउनमा तत्काल कुनै छुट नदिने बताएका छन् । पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले पनि लकडाउन खुकुलो बनाउने योजना नरहेको बताएका छन् ।

यसैबीच भारत सरकारले कोभिड–१९ को संक्रमण देशव्यापी रूपमा फैलनमा दिल्लीको निजामुद्दिनमा अघिल्लो महिना भएको इस्लामिक भेला जिम्मेबार रहेको दाबी गरेको छ । स्वास्थ्य मन्त्रालयका सहसचिव लब अग्रवालले शनिबारसम्ममा पहिचान भएका कोरोना भाइरसका केसमध्ये करिब ३० प्रतिशत उक्त भेलासँग सम्बन्धित रहेको दाबी गरेका हुन् ।

अग्रवालले तमिलनाडुका ८४ प्रतिशत, तेलंगनाका ७९ प्रतिशत, दिल्लीका ६३ प्रतिशत, उत्तरप्रदेशका ५९ प्रतिशत र आन्ध्र प्रदेशका ६१ प्रतिशत कोभिड–१९ का केस निजामुद्दिन भेलासँग सम्बन्धित रहेको बताए । साथै दिल्लीका मुख्यमन्त्री केजरीवालले पनि इस्लामिक भेलाका कारण दिल्लीमा संक्रमण धेरै फैलिएको बताएको भारतीय सञ्चार माध्यले जनाएका छन् ।

‘दिल्लीको जनसंख्या २ प्रतिशत मात्र भए पनि देशभरि पहिचान भएका केसमध्ये १२ प्रतिशत दिल्लीमा हुनुका पछाडि सोही भेला हो,’ केजरीवाललाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी पीटीआईले लेखेको छ ।

थप ३ नेपाली संक्रमित
उत्तरप्रदेश राज्यको बागवत जिल्लास्थित खेखडा पुगेका तबलिगी समुदायका नेपालीमध्ये थप तीन जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । यसअघि उनीहरूमध्ये ६५ वर्षीय एक वृद्धामा मात्र भाइरस देखिएको थियो ।

स्थानीय प्रहरीका अनुसार तबलिगी समुदायको सदस्य रहेका २८ जना नेपाली मुसलमान अघिल्लो महिना खेखडा पुगेका थिए । तीमध्ये चार जनामा संक्रमण पुष्टि भएको हो । प्रहरी उपरीक्षक प्रतापगोपेन्द्र यादवले थप तीन जनामा भाइरस देखिएको कान्तिपुरलाई बताए । ‘पहिले एक जनामा मात्र कोरोना भाइरस पुष्टि भएकामा पछि थप तीन जनामा पनि संक्रमण देखिएको छ,’ यादवले भने ।

भारतका विभिन्न राज्यमा पहिचान भएका बिरामीहरू सबैजसो तबलिगी भेलाका सहभागी भएको खुलेपछि भारतको गृह मन्त्रालय र मातहतका निकायले उक्त भेलाका सबै सहभागीको खोजीलाई तीव्रता दिएको थियो । त्यही क्रममा प्रहरीले अप्रिल १ मा उत्तरप्रदेशको बागवत जिल्लामा पर्ने खेखडाको मस्जिदबाट २८ जना नेपाली मुसलमानलाई नियन्त्रणमा लिएको थियो । तर उनीहरू पहिले दिल्लीको इस्लामिक भेलामा सहभागी भएको भनिएकामा अनुसन्धानमा उनीहरू खेखडालगायतका ठाउँका विभिन्न स्थानीय मस्जिदको भेलामा मात्र सहभागी भएको प्रहरीले बताएको छ ।

उपरीक्षक यादवका अनुसार उनीहरूसँगै खेखडाकै भेलामा सहभागी हुन नेपालबाट आएका हुन् । ‘अहिलेसम्मको अनुसन्धानमा उनीहरू दिल्ली गए पनि निजामुद्दिनको इस्लामिक भेलामा सहभागी भएको देखिएको छैन । उनीहरू यहीँकै जमात (भेला) का लागि आएको देखिएको छ,’ यादवले भने । तर अनुसन्धानमा उनीहरूले दिल्ली ओहोरदोहोर गरेको र त्यही बेला अरूसँगको सम्पर्कबाट संक्रमणको आंशका गरिएको यादवले बताए ।

प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरू सबै मार्च ११ र १९ मा खेखडा पुगेको खुलेको थियो । तीमध्ये अधिकांश सुनसरी जिल्लाका र केही सप्तरी निवासी भएको प्रहरीको भनाइ छ । प्रहरीले नियन्त्रण लिएपछि सबैलाई क्वरेन्टाइनमा पठाइएको थियो । भोलिपल्ट उनीहरू सबैको स्वाब संकलन गरेर स्वास्थ्य परीक्षणका लागि पठाइएको थियो । सुरुमा कोरोना भाइरस पुष्टि भएका एक जनालाई खेखडाकै स्थानीय अस्पतालमा राखिएकामा पछि सबै संक्रमित नेपालीलाई मेरठको कोभिड–१९ संक्रमितका लागि छुट्याइएको अस्पतालमा राखिएको समेत यादवले बताए । उनका अनुसार हाल उनीहरूको अवस्था सामान्य छ ।

यसअघि दिल्लीको निजामुद्दिनमा भएको तबलिगी भेलामा सहभागी अर्का एक नेपालीमा पनि कोरोना संक्रमण देखिएको थियो । दिल्लीको भेलामा सहभागी भएर अन्य सात जना नेपालीसहित हरियाणाको अम्बाला पुगेका पर्सा निवासी ६६ वर्षीयमा पनि संक्रमण पुष्टि भएको थियो । उनी अम्बालाकै सिटी अस्पतालमा दस दिनको उपचारपछि निको भइसकेका छन् ।

नयाँदिल्लीको इस्लामिक भेलामा सहभागी भएर अम्बाला पुगेका पर्सा निवासी ती नेपालीलाई २ अप्रिलमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यसपछि उनलाई तत्कालै अम्बालाकै सिटी अस्पतालमा राखिएको थियो । संक्रमित बिरामी इस्लामिक भेलाकै सहभागी अन्य सात जना नेपालीसहित अम्बला पुगेका थिए । उनीहरू अम्बालाको महेशनगरस्थित मस्जिदमा बस्दै आएका थिए ।

त्यही क्रममा प्रहरीले उक्त मस्जिदमा छापा मारेपछि त्यहाँ नेपाली आठ, श्रीलंकाका एक र बाँकी दुई जना भारतकै राजस्थान र आसामका नागरिक बस्दै आएको खुलेको थियो । त्यसपछि उनीहरू सबैलाई प्रहरीले नियन्त्रणमा लिएर क्वरेन्टाइनमा पठाएको थियो । क्वरेन्टाइनमा पठाइएका नेपालीहरूमध्ये एक जनामा मात्र संक्रमण देखिएको थियो । अन्य सात नेपाली पनि पर्साकै हुन् ।

खेखडामा संक्रमण पुष्टि भएका थप तीन जनासहित भारतमा कोभिड–१९ संक्रमित नेपालीहरूको संख्या १५ पुगेको छ । तीमध्ये १० जना भारतमा काम गर्न बसेका नेपाली हुन् । बाँकी पाँच जना इस्लामिक भेलाका लागि नेपालबाट आएकाहरू हुन् ।

कोरोनाविरुद्धको युद्धमा सफल यी महिला नेतृत्व
हालसम्म कोरोना भाइरसका कारण विश्वभर १ लाख ५८ हजार जनाभन्दा धेरैको ज्यान गइसकेको छ भने २३ लाखभन्दा धेरै संक्रमित छन् । संक्रमितमध्ये झण्डै ६ लाख चाहिँ कोरोना भाइरसलाई जितेर घर फर्किसकेका छन् ।

अमेरिका, इटाली, स्पेन, इरान, बेलायतजस्ता देशमा कोरोना भाइरसबाट हरेक दिन सयौँको ज्यान जाने गरेको र हजारौँ जना यसबाट संक्रमित भएको समाचार आउँछ । केही मुलुकहरु भने कोरोना भाइरसको व्यवस्थापन र यसको जोखिम न्यूनीकरणका लागि उदाहरण बनेका छन् ।

पहिलो चरणमै तीव्र गतिमा कदम चालेको ताइवानले कोरोना भाइरसको महामारी निकै सफलतापूर्वक नियन्त्रण गर्न सफल भएको छ । जर्मनीको अवस्था ताइवानजत्तिको राम्रो त छैन तैपनि कोरोना महामारी व्यवस्थापन गर्न जर्मनी युरोपका अरु मुलुकहरूभन्दा सफल देखिएको छ । जर्मनीमा कोरोना भाइरसबाट हुने मृत्युदर अत्यन्त थोरै छ ।

कोरोना भाइरसको उद्गमस्थल चीनबाट अत्यन्त नजिक रहेको ताइवानमा हालसम्म ६ जनाको ज्यान गएको छ भने ३९८ जनामात्र यसबाट संक्रमित छन् । ताइवानले कोरोना महामारी सफलतापूर्वक व्यवस्थापन गरेर युरोपेली युनियन र अरु मुलुकहरूलाई लाखौँ मास्क निर्यात गरिरहेको छ ।

जर्मनीको अवस्था ताइवानजत्तिको राम्रो त छैन तैपनि कोरोना महामारी व्यवस्थापन गर्न जर्मनी युरोपका अरु मुलुकहरूभन्दा सफल देखिएको छ । जर्मनीमा कोरोना भाइरसबाट हुने मृत्युदर अत्यन्त थोरै छ ।

एक लाख ४२ हजार जनाभन्दा धेरै संक्रमित भएको जर्मनीमा महामारीबाट ४ हजार ४१६ जनाको ज्यान गएको छ । हरेक दिन जर्मनीले ३ लाख ५० हजार जनामा कोरोना भाइरस परीक्षण गर्दै आएको छ । यसबाट संक्रमण चाँडै पत्ता लगाउन र संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्न सहज भएको छ ।

अर्को उदाहरण हो, न्युजिल्याण्ड । अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने न्युजिल्याण्डमा प्रधानमन्त्रीले छोटो समयमै निर्णायक कदमहरू चाल्दै एक महिना लामो देशव्यापी लकडाउन घोषणा गरिन् । हालसम्म कोरोना भाइरसका कारण न्युजिल्याण्डमा ११ जनाको ज्यान गएको छ भने १ हजार ४ सय जना संक्रमित छन् ।

कोरोना भाइरस व्यवस्थापनका लागि ताइवान, जर्मनी र न्युजिल्याण्डले गरेको कामको विश्वभर प्रशंसा भएको छ । यी तीन मुलुकमध्ये जर्मनी युरोपको मुटुमा अवस्थित छ भने ताइवान पूर्वी एशियामा । न्युजिल्याण्ड भने दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित छ । हेर्दा लाग्छ, यी तीन मुलुकमा कुनै समानता छैन । तर, यी तीनै मुलुकहरूबीच एउटा समानता छ । त्यो हो– महिला नेतृत्व ।

वर्तमान समयमा विश्व नेताहरूको ७ प्रतिशतभन्दा कममात्र हिस्सा महिलाहरूले ओगेटेको परिस्थितिमा महिलाको नेतृत्व भएका मुलुकहरूको सफलता उल्लेखनीय छ । यी मुलुकहरूमा बहुदलीय लोकतान्त्रिक व्यवस्था छ भने सरकारप्रति जनताको विश्वास पनि उत्तिकै बलियो छ ।

यी मुलुकहरूले महामारी व्यवस्थापनका लागि सुरुवाती समयमै वैज्ञानिक एवं आक्रामकरूपमा व्यावहारिक कदम चालेका कारण कोरोना भाइरस व्यवस्थापन गर्न सफल भएका हुन् । यी मुलुक तीव्र गतिमा परीक्षण, गुणस्तरीय उपचार, कन्ट्याक्ट ट्रेसिङ र सामाजिक जमघटमा लगाएको रोकको परिणमस्वरूप महामारी व्यवस्थापन गर्न सक्षम भएका हुन् ।

ताइवानको उदाहरण हेरौँ । लोकतान्त्रिक शासनपद्धति रहेको ताइवानको जनसंख्या २ करोड ४० लाख छ । चीनले ताइवानलाई आफ्नो मुलुकको सार्वभौम हिस्सा मान्दै आएको छ । ताइवानले विश्व स्वास्थ्य संगठनको सदस्यता पनि पाएको छैन । चीनको पूर्वी तटपारि रहेको ताइवान चीनबाट उत्पत्ति हुने महामारीको सबैभन्दा ठूलो जोखिममा रहने गर्छ ।

जब ताइवानी राष्ट्रपति साई इन वेङले गत वर्ष चीनको वुहान शहरमा नयाँ रहस्यमय भाइरस देखा परेको थाहा पाइन्, उनले वुहान शहरबाट आउने सबै यात्रुको परीक्षण गर्न तत्काल निर्देशन दिइन् । त्यसपछि उनले महामारी निर्देशन केन्द्र गठन गरी फेस मास्कजस्ता व्यक्तिगत स्वास्थ्य सुरक्षा उपकरण उत्पदन बढाउने र चीन, हङकङ र मकाउबाट आउने जहाजमा कडाइ गर्ने कदम चालिन् ।

ताइवानले सुरुआती चरणमै यस्ता आक्रमक कदमहरु चालेका कारण त्यहाँ कोरोना भाइरसबाट संक्रमित एवं मृतकको संख्या न्यून छ । यही सफलताका कारण अमेरिकाको विदेश मन्त्रालयले ताइवानलाई विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ अन्तगर्तको विश्व स्वास्थ्य सभामा पर्यवेक्षकको भूमिका दिलाउन आह्वान गरेको छ ।

जर्मनीको उदाहरण हेरौँ । जर्मनीको जनसंख्या ८७ करोड ३० लाख छ । प्रति दश लाखमा हिसाब गर्दा जर्मनीमा कोरोना भाइरसको महामारीका कारण मृतकको संख्या अरू युरोपेली छिमेकीको तुलनामा न्यून छ ।

जर्मन चान्सलर एङ्गेला मर्केल आफैँमा क्वान्टम रसायनशास्त्रमा विद्यावारिधि हुन् । कोरोना भाइरस व्यवस्थापनमा उनको भूमिकाका कारण जर्मन जनतामाझ उनको लोकप्रियत ह्वात्तै बढेको छ । जर्मनीमा युरोपभरि सबैभन्दा बृहत् कोरोना भाइरस परीक्षण अभियान चलाइएको छ । त्यहाँ युरोपभरमै सबैभन्दा धेरै सघन उपचारका लागि शैयाहरु उपलब्ध छन् ।

‘जर्मनीमा सायद हाम्रो सबैभन्दा ठूलो शक्ति नै सरकारको सर्वोच्च स्तरमा युक्तिसंगत निर्णय क्षमता र सरकारप्रति जनताकोे विश्वास हो,’ हिडेलबर्ग शहरस्थित विश्वविद्यालय अस्पतालमा भाइरोलोजी विषयका प्रमुख हान्स–गियर्ग क्राउस्लिखले केही दिन अघि न्यूयोर्क टाइम्ससँग भनेका थिए । दक्षिण प्रशान्त क्षेत्रमा रहेको न्युजिल्याण्डको जनसंख्या केवल ५० लाख छ । न्युजिल्याण्डको अर्थतन्त्रको ठूलो हिस्सा पर्यटनमा आश्रित छ ।

त्यहाँकी प्रधानमन्त्री जसिण्डा अड्र्रेनले अत्यन्त सहासिक निर्णय लिँदै गत मार्च १९ मा विदेशी यात्रीका लागि न्युजिल्याण्ड प्रवेशमा रोक लगाइन् । मार्च २३ मा चार साताका लागि लकडाउन घोाणा गरिन् । अहिले न्युजिल्याण्डमा अत्यावश्यक बाहेकका सबै कामदारलाई किनमेल र व्यायाम गर्नबाहेक बाहिर निस्कन रोक लगाइएको छ ।

ताइवान, जर्मनी र न्युजिल्याण्डमात्र होइन, नर्डिक भनिने ५ उत्तर युरोपेली मुलुकहरूमध्ये ४ मुलुकमा सरकार महिलाले चलाइरहेका छन् । ती मुलुकहरूमा पनि कोरोना भाइरसबाट मृत्युदर अन्य युरापेली मुलुकको तुलनामा न्यून छ । त्यसपछि न्युजिल्याण्डमा कोरोना भाइरसको परीक्षण विस्तार गरियो । लकडाउन लम्बिन सक्ने प्रधानमन्त्री अर्डे«नले बताइसकेकी छिन् ।

‘मानव स्वास्थ्यका लागि शताब्दी यताकै सबैभन्दा ठूलो खतराको अवस्थामा न्युजिल्याण्डका नागरिकले सुस्तरी सामूहिक रक्षाको निमित्ति पर्खाल खडा गरेका छन्,’ केही दिनअघि प्रधानमन्त्री अर्ड्रेनले राष्ट्रका नाममा सम्बोधनका क्रममा भनेकी थिइन् ।

ताइवान, जर्मनी र न्युजिल्याण्डमात्र होइन, नर्डिक भनिने ५ उत्तर युरोपेली मुलुकहरूमध्ये ४ मुलुकमा सरकार महिलाले चलाइरहेका छन् । ती मुलुकहरूमा पनि कोरोना भाइरसबाट मृत्युदर अन्य युरापेली मुलुकको तुलनामा न्यून छ ।

उदाहरणका लागि फिनल्याण्डकी प्रधानमन्त्री ३४ वर्षे सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी नेता हुन् । तर, ५ करोड ५० लाख जनसंख्या रहेको फिनल्याण्डमा कोरोना भाइरसका कारण ३ हजार ६८१ जना संक्रमित छन् । मृतकको संख्या भने अत्यन्त न्यून ९० मात्र छ । कोरोना व्यवस्थापन गर्न सफल भएकै कारण त्यहाँ प्रधानमन्त्रीको लोकप्रियता ८५ प्रतिशत छ ।

कट्रिन जाकोब्सडोट्टिर केवल ३ लाख ६० हजार जनसंख्या रहेको आइसल्याण्डकी प्रधानमन्त्री हुन् । त्यहाँ अत्यन्त तीव्र गतिमा कोरोना भाइरसको परीक्षण अभियान अघि बढाइएको छ । त्यहाँ लक्षण नदेखिएका मानिसहरूका लागि पनि परीक्षण गराइएको छ ।

नर्डिक क्षेत्रमा महिला नेतृत्व नभएको एकमात्र मुलुक स्विडेन हो । स्वीडेमा प्रधानमन्त्रीका रुपमा स्टेफन लोफ्रनले सरकार चलाइरहेका छन् । उनले स्विडेनमा कोरोना महामारी व्यवस्थापन गर्न लकडाउन वा अरू कुनै कार्यक्रम नै अघि बढाउन सकेका छैनन् । विद्यालय एवं व्यवसायहरू खुलै छन् । यही कारण स्वीडेनमा कोरोना भाइरसका कारण मृत्युदर छिमेकी मुलुकहरूभन्दा धेरै छ ।

अरू महिला नेतृहरूले पनि कोरोना महामारी व्यवस्थापनका लागि चालेका कदमहरूका कारण प्रशंसा पाइरहेका छन् । क्यारेबियन सागरमा केवल ४१ हजार जनसंख्या रहेको निकै सानो भूभाग सिन्ट मार्टिनकी प्रधानमन्त्री सिल्भेरिया ज्याकोब्सले हालै सार्वजनिक गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियोमा प्रधानमन्त्रीले नागरिकलाई दुई साताका लागि ‘हिँड्न बन्द गर्नू’ भन्ने निर्देशन दिएकी छिन् ।

प्रतिक्रिया