आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बाजुरामा पनि देखियाे काेराेना पोजिटिभ

प्रकाशित
0.9K
SHARES

बाजुरा । जिल्लाकाे त्रिवेणी नगरपालिका–९ का एक स्थानीयलाई आरडीटी टेस्टमा एक जनामा पोजिटिभ देखिएको छ । भारतबाट चैत १ गते घर आएकाहरुमा पोजिटिभ रिपोर्ट देखिएको हो । आइतबार नगरपालिकामा गरिएको आरडीटी टेस्टमा सुरुमा दुई जनामा पोजिटिभ रिपोर्ट आएको भए पनि दुबै जनाको दोहोर्‍याएर जाँच गर्दा १८ वर्षीय युवामा नेगेटिभ रिपोर्ट आएको भए पनि ६० वर्षीयमा भने पोजिटिभ रिपोर्ट नै आएको त्रिवेणी नगरपालिकाका स्वास्थ्य संयोजक चीरञ्जीव साहले बताए ।

उनका अनुसार ताम्सु घर भएका उनलाई प्रहरीले सदरमुकाम मार्तडी लिएको छ । जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उनको थ्रोट स्वाब संकलन गरेर नमुना परीक्षणका लागि धनगढी पठाइने छ । यसैैबीच पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि जनकपुरमा पैसा छरेको आरोपमा पक्राउ परेका दुई महिलालाई प्रहरीले छाडेको छ ।

शुक्रबार जनकपुरको महावीर चोकमा खुद्रा पैसा छरेको आरोपमा शनिबार उनीहरु पक्राउ परेका थिए। पीसीआर परीक्षणमा कोरोना भाइरस नेगेटिभ भएको पुष्टि भएपछि उनीहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए। आइतबार दिउँसो आएको रिपोर्टमा दुवै जनामा कोरोना संक्रमण नेगेटिभ देखिएको हो।

पक्राउ परेकी दुई महिलामध्ये एकको शनिबार आरडीटी पोजिटिभ देखिएपछि जनकपुरमा त्रास बढेको थियो। प्रादेशिक अस्पताल जनकपुरमा पीसीआरबाट गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएको डीएसपी कार्कीलेबताए।

प्रहरीले सीसीटीभी फुटेजको आधारमा दुवै महिलाको पहिचान गरी नियन्त्रणमा लिएर स्वस्थ्य परीक्षण गराएको थियो। बैंकबाट पैसा साटेर महावीर चोक पुग्दा प्रहरीलाई देखेर आत्तिएर दौडिन थालेको उनीहरुले प्रहरीलाई बताएका थिए। त्यही क्रममा चानचुन पैसा खसेको उनीहरुले प्रहरीलाई बयान दिएका छन्।

कोरोना संक्रमित ११ जना भारतीय कहाँ–कहाँ घुमे ?
विराटनगरमा उपचार गराइरहेका ११ जना कोरोना संक्रमित भारतीय नागरिक नेपाल प्रवेश गरेपछि ११ वटा मस्जिदमा बसेको पाइएको छ । प्रहरीको पछिल्लो अनुसन्धानमा मंसिर २५ गते बुधबार जोगबनी नाका हुँदै नेपाल भित्रिएका उनीहरु त्यसदिन रानीस्थित मस्जिदमा बसेका थिए। १५ गतेसम्म रानीमै बसेका उनीहरु त्यसपछि मोरङको सिधिया खोला/भलुवाईस्थित मस्जिद गए। त्यहाँ ७ दिन बसेर उनीहरु सुनसरीको दुहबीस्थित मस्जिदमा ३ दिन बसे।

त्यहाँबाट छितहास्थित मस्जिदमा २० दिन बसेपछि सुनसरीकै भोक्राहा गए र त्यहाँ उनीहरु ७ दिन बसेर भाण्टाबारीस्थित मस्जिद पुगे। ८ दिन त्यही बसेका उनीहरु त्यहाँबाट सप्तरीको बरमझियामा ७ दिन बसेको प्रहरीले स्रोतले बतायो। त्यहाँबाट सप्तरीकै वसन्‍तपुरस्थित चर्खिया मस्जिदमा १० दिन बसेर फत्तेपुरतर्फ पुगेका थिए। फत्तेपुरमा उनीहरु ३ दिन बसेको भेटिएको छ।

त्यहाँबाट फागुन २५ गते उदयपुरतर्फ लागेका उनीहरु सिवाहीमा १ साता र त्यसपछि भुल्केमा ३५ दिन बसेको भेटिएको छ। संक्रमित भारतीयहरु दिल्ली र उत्तरप्रदेशका बासिन्दा रहेको अनुसन्धानबाट खलेको छ। ११ वटा मस्जिदमा बस्दा उनीहरुले थुप्रै मानिससँग घुलमिल गरेको भन्दै मस्जिदमा रहेका सबैको स्वास्थ्य जाँच गर्ने तयारी भइरहेको सुरक्षा स्रोतले बतायो।

कोरोना संक्रमित ११ भारतीय र २ नेपालीको कोसी अस्पतालमा उपचार भइरहेको छ। उनीहरुलाई उदयपुरको भुल्केस्थित मस्जिदबाट शुक्रबार नियन्त्रणमा लिएर कोशी अस्पताल विराटनगरमा भर्ना गरिएको थियो।

प्रतिक्रिया