आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काेराेनाले देश त्रसित बनेका बेला राजधानी काठमाडाैंबाट आयो यस्तो दुखद खबर

प्रकाशित
5.5K
SHARES

काठमाडौं । देश यतिबाेला काेराेना भाइरसकाे त्रासमा छ । तर काठमाडौंको गुह्येश्वरीमा एक जनाको श’व भेटिएको छ । आइतबार टाउको सडेको अवस्थामा भेटिएका उनको सनाखत हुन नसकेको महानगरीय प्रहरी परिसर टेकुका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । ती व्यक्तिको झण्डै एक साता अघि मृ’त्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

श’वलाई आइतबार नै पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ । नीलो जिन्स पाइन्ट लगाएको अवस्थामा भेटिएका उनको खल्तीमा पाँच सय रुपैयाँ भेटिएको छ । अहिले परिसर र अपराध महाशाखा समेतको टोलीले सीसीटीभी फुटेज र आसपासका हराएका व्यक्तिको खोजी गरी उनको पहिचान गर्न सुरु गरेको प्रहरीले जनाएको छ ।

केही दिनअघि भक्तपुरमा समेत टाउको नभएको अवस्थामा एक व्यक्तिको शव भेटिएको थियो । यसैबीच धादिङको बेनीघाट रोराङको मलेखुबाट खहरेतर्फ जाँदै गरेको बोलेरो जिप पल्टिँदा १ जनाको मृत्यु भएको छ । ८ जना घाइते छन् ।

दुर्घटनामा ज्वालामुखी गाउँपालिका–१ कि २४ वर्षीया सरु बसेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए । दुर्घटनामा घाइते भएका अन्य ८ जनालाई तीनवटा एम्बुलेन्सबाट राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचारका लागि भर्ना गरिएको छ ।

मलेखुबाट तरकारी बेच्न आएका किसानलाई लिएर बेनिघाट रोराङ गाउँपालिका–४, खहरे जाँदै गरेको बा १ ख ८६३६ नम्बरको बलेरो जिप दुर्घटना भएको हो । जिप सडकबाट १ सय मिटर तल खसेको छ । यस्तै कोरोना भाइरसका कारण बेलायतमा अर्का एक नेपालीको मृत्यु भएको छ।

लन्डनस्थित नेपाली समाजले जनाएअनुसार साउथ इस्ट लन्डनमा चार्टर्ड एकाउटेन्ट ध्रुवकुमार श्रेष्ठको निधन भएको हो। उच्चज्वरो र खोकीसहित श्वासप्रश्वासमा समस्या भएपछि १० दिनअघि सेन्ट थोमस अस्पताल लण्डनमा उनलाई भर्ना गरिएएको थियो।

शनिबार राति १२ बजे श्रेष्ठको निधन भएको पारिवारिक स्रोतले बताएको छ। मधुमेहका सामान्य बिरामी रहेका श्रेष्ठ लण्डनमा आफ्नै एकाउन्टेन्सी फार्म सञ्चालन गर्दै आएका थिए। पोखरा स्थायी घर भएका ४६ वर्षीय श्रेष्ठका श्रीमती, दुई छोरी र एक छोरा छन्। उनले नेपालबाट आमा र बुवालाई बेलायत घुम्न ल्याएका थिए।

अहिले उनका आमा बुवा दुवै जना बेलायतमै छन्।यसैबीच बेलायतस्थित नेपाली राजदूतावासले बेलायत, आयरल्याण्ड र माल्टामा संक्रमण फैलिरहेको सन्दर्भमा यी मुलुकमा बसोबास बस्ने सबै नेपाली र गैरआवासीय नेपालीहरुलाई सम्बन्धित सरकारले जारी गरेका नियमहरु पालना गरी उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। दूतावासद्वारा जारी अपिलमा भनिएको छ – यस्तो असहज अवस्थामा आपसी सहयोग, सदभाव, सहभाव र समन्वय कायम गर्नु सबैको कर्तव्य हो भनिएको छ।

संक्रमण दिनानुदिन बढ्दै गैरहेको सन्दर्भमा यसको संक्रमणबाट बच्न हामी सबैको सतर्कता एवं सजगता अपरिहार्य भएको बताउँदै राजदूतावासबाट दिइने सेवाहरु प्राप्त गर्न संयुक्त बेलायत, आयरल्याण्ड र माल्टामा रहेका नेपालीहरुका लागि राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, गैरआवासीय नेपाली परिचयपत्र, भिसा एवं कागजात प्रमाणीकरणका लागि यस राजदूतावासको वेबसाइट मा रहेको विवरण अनुसारको कागजात तयार गरी हुलाकमार्फत पठाउन आग्रह गरिएको छ।

अधिकृत वारेसनामा र मञ्जुरीनामालगायत राजदूतावासमा स्वयं उपस्थित भई सही छाप गर्नुपर्ने कामका लागि अत्यन्त जरुरी अवस्थामा मात्र दूतावास आउन अनुरोध गर्दै आउनैपर्ने काम भएमा टेलिफोन, इमेलबाट सम्पर्क गरी समय लिएर मात्र अफिस खुल्ने दिन बिहान १० देखि १ बजेसम्म र अपराह्न २ देखि ४ बजेसम्म र सम्बन्धित व्यक्ति मात्र आउन भनिएको छ।

प्रतिक्रिया