आज : गते

ताजा शिर्षकहरु

ओलीले यस्तो निर्णय गरेको २ दिन नबित्दै प्रचण्डले दिए अनौठो प्रतिक्रिया, खुमलटारदेखि वालुवाटारसम्म खैलाबैला

प्रकाशित
1.4K
SHARES

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले काठमाडौंबाहिर जाने मजदुरहरूलाई जबर्जस्ती बल प्रयोग गरेर रोक्ने कुरा व्यावहारिक नहुने बताएका छन् । आइतबार एक अनलाइनसँगको अन्तर्वार्ताका क्रममा उनले यस्तो बताएका हुन् । शुक्रबार प्रधानमन्त्री ओलीले घर जान हिडेका मजदुरहरुलाई जो जहाँ छन् त्यहि रोक्न निर्देशन दिएपछि प्रचण्डको यस्तो भनाइ बाहिर आएको हो ।

‘अहिले काठमाडौंबाट बाहिर जाने मजदुरलाई जबर्जस्ती बल प्रयोग गरेर रोक्ने कुरा व्यावहारिक छैन। सबैलाई राहत उपलब्ध गराउन हामीसँग निम्न वर्गका मान्छे को–को हुन् भन्ने राम्रो तथ्यांक छैन। उनीहरूसँग परिचयपत्र भए त्यो वर्गका मानिसलाई राहत उपलब्ध गराउन सजिलो हुन्थ्यो। राहत दिने भनेर हामीले भन्यौं, सरकारले पनि निर्णय गर्‍यो। तर त्यो टाठाबाठाले पाएको मिडियामा देखियो। त्यसैले ठोस योजना बनाएर राहत वितरण गर्न जरुरी छ। अर्को कुरा, उपत्यकाबाट बाहिर गएर जो–जहाँ पुगेका छन्, प्रदेश सरकारले खाने, बस्ने व्यवस्था गर्नुपर्‍यो। लकडाउन कडाइ गर्नु भन्नुको तात्पर्य निम्न वर्गका मान्छेलाई परेका पीडा, समस्या समाधान गर्नका निम्ति सोच्दै नसोच्ने कुरा हुन सक्दैन।’ उनले भने ।

कोरोन प्रकोपले विश्वव्यापी रूपमा सबभन्दा तल्लो वर्गमा नकारात्मक प्रभाव पारेको उनले बताएका छन् । जनताहरू चप्पल लगाएर, घोट्टिएर, बच्चाबच्ची बोकेर, पोकापन्तुरा बोकेर, खाने र बस्ने ठेगान नभएकाे अवस्थामा निक्कै लामो दूरी पार गरेर घर गइरहेको हृदयविदारक दृश्य देखेपछि आफुले यस बिषयमा प्रधानमन्त्री ओलीसंग छलफल गरेको उनको भनाइ छ ।

‘छिमेकी भारतमै पनि हजाराै मजदुर बडो दु:खमा परेका छन्। यहाँ पनि चप्पल लगाएर, घोट्टिएर, बच्चाबच्ची बोकेर, पोकापन्तुरा बोकेर, न खाने ठाउँको ठेगान छ, न बस्ने ठाउँको, त्यति लामो दूरी पार गरेर घर गइरहेको दृश्य हृदयविदारक छ। मैले यो समस्या देखिन थालेदेखि नै, काठमाडौंबाट बाहिर निक्लन बल गर्ने, बाटोमा रुवाबासी देखेपछि, भारतीय सिमानामा हजारौं नेपाली आएर बसेको देखेपछि प्रधानमन्त्रीजीकहाँ गएर भनें, ‘जसरी पनि नेपालीको हित हेर्ने हाम्रो जिम्मेवारी हो। सीमामा भएका दुवै देशका नागरिकको सम्बन्धित देशले क्वारेन्टाइनमा राख्ने, खाने, बस्ने र उपचार गर्ने ठोस कुरा गर्नुपर्‍यो। होइन भने नेपालीहरूलाई ल्याएर क्वारेन्टाइनमा खुवाउने–पियाउने व्यवस्था हामीले नै गर्नुपर्‍यो।’ उनले भने

कोरोना नियन्त्रणका लागि कार्यकर्ता परिचालन त खासै भएको देखिएन नि? भन्ने प्रश्नको जवाफ दिदै प्रचण्डले भने – ‘हामीले पार्टीका तर्फबाट मुख्य गरी दुइटा सर्कुलर जारी गर्‍यौं। वक्तव्य र अपिल पनि जारी भएका छन्। तर हामीले जस्तो अपेक्षा गरेका थियौं, त्यसअनुसार कार्यकर्ता परिचालन भएको रिपोर्ट आउँदैन। केही प्रदेश र जिल्लाहरूमा यतिबेला राम्रै काम भएको, जनसम्बन्ध राम्रो बनाएको, जनतालाई राहत, सहयोग उपलब्ध गराउने काममा पार्टी परिचालित भएको छ। तर पनि सोचेअनुसार देशभरको सिंगो पार्टी, प्रदेश, जिल्ला र स्थानीयस्तर राम्रोसँग परिचालन भएका छैनन्।’

अहिले खासगरी दैनिक ज्यालादारी गरेर खाने वर्ग, खास प्रयोजनका लागि सहर–बजार आएर दुईचार पैसा कमाएर त्यसैबाट घरको जीविका चलाउने गरिब किसानहरू अप्ठ्यारोमा परेको उनको बुझाई छ। उनले भने -‘उनीहरूलाई राहत उपलब्ध गराउने, गन्तव्यमा पुर्‍याउने काममा प्रदेश, स्थानीय र जिल्ला पार्टी जुन स्तरबाट सक्रिय भएर परिचालन हुनुपथ्र्यो, अझै त्यो भएन। सानो टिम बनाएर त्यो काम गर्न सकिन्छ कि भनेर पनि कोसिस गर्दैछौं। स्थानीय सरकारसँग स्थानीय पार्टी, प्रदेश सरकारसँग प्रदेश पार्टीले समन्वय गरेर जनतालाई राहत र सहयोग उपलब्ध गराउने कुरामा अझै गुणात्मक ढंगले जान जरुरी छ। म यो विषयमा प्रधानमन्त्रीजीसँग कुरा गर्ने सोचिरहेको छु।’

प्रतिक्रिया