आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मोरङ र सुनसरीको मस्जिदमा ९१ जना विदेशी भेटीए

प्रकाशित
582
SHARES

विराटनगर । मोरङ र सुनसरीका विभिन्न मस्जिदमा ९१ जना विदेशी नागरिकहरू भेटिएका छन्। जसमध्ये मोरङमा १९ जना र सुनसरीमा ७२ जना रहेको सुरक्षा निकायले जानकारी दिएको छ ।

मोरङको विभिन्न तीन स्थानमा १९ विदेशी नागरिकसहित ३१ जना मस्जिदमा बसेको पाइएको छ । सुनबर्सी र धनपालथान गाउँपालिकाका र सिक्टी क्षेत्रमा रहेको मस्जिदमा ३१ जना आश्रय लिएर बसेको पाइएको हो ।

प्रहरीका अनुसार धार्मिक गतिविधिका लागि आएर मस्जिदमा बस्नेमध्ये ९ पाकिस्तानी र १० भारतीय छन् । सिक्टीमा रहेको मस्जिदमा भने सुनसरीका १२ नेपाली बसिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङको सुनबर्सी नगरपालिकामा नौ जना पाकिस्तानी, धनपालथान गाउँपालिका ७ को जामे मस्जिदमा १० भारतीय लकडाउन अघिदेखि बसिरहेका हुन् ।

जहदा गाउँपालिकामा पर्ने सिक्टी क्षेत्रमा भने १२ जना नेपाली बसेका छन् । उदयपुरको मस्जिदमा संक्रमित भेटिएका कारण यो संख्या बढ्न सक्ने प्रहरी अधिकृत बताउँछन् । मस्जिदमा भेटिएका सबै मुस्लिम धर्म गुरुहरू हुन् । उनीहरू सबैको र्‍यापिड टेस्ट गर्दा एन्टिबडी नेगेटिभ देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार मस्जिदमा बसेकाहरू प्रहरीको निगरानीमा छन् । धनपालथान गाउँपालिकाले भारतीय नागरिक बसोबास गरिरहेको मस्जिदलाई नै क्वारेन्टाइन बनाएको गाउँपालिका अध्यक्ष हरिलाल सिंहले बताए । उनका अनुसार गाउँमा बस्ने सबैको र्‍यापिड टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया