आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अलपत्र परेका विद्यार्थीलाई उद्दार र अनलाइन कक्षा संचालन गर्न अखिल क्रान्तिकारीको माग

प्रकाशित
1.8K
SHARES

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)ले लकडाउनका कारण सबभन्दा बढी विद्यार्थी मारमा परेको बताउँदै उद्दार र राहत उपलब्ध गराउन माग गरेको छ । कोठामा एक छाक खाने कुरा नभएपछि विद्यार्थीहरू हिडेरै घर जान बाध्य भएको भन्दै अखिल क्रान्तिकारीले उनीहरुलाई गन्तव्यसम्म पुर्याउन पनि माग गरेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका उपत्यका विशेष क्षेत्रीय समन्वय समिति संयोजक हर्कबहादुर बिकले शनिबार एक विज्ञप्ति जारी गरेर अनिश्चितकालिन लकडाउनका कारण एसईई, कक्षा ११ र १२ का बिद्यार्थीहरुमा ठूलो अन्यौलता सिर्जना भएको बताउँदै अनलाइन कक्षा संचलान गर्न माग गरेका छन् ।

‘अनिश्चितकालिन लकडाउनका कारण बिशेष गरि एसईई, कक्षा ११ र १२ का बिद्यार्थीहरुमा ठूलो अन्यौलता सिर्जना भएको छ । ती बिद्यार्थीहरुका लागी अनलाइन कक्षा सञ्चालन गरिनु पर्दछ । साथै, बिद्यालय तथा बिश्वबिद्यालय तहका बिद्यार्थीहरुका लागि समेत अनलाइन कक्षा सञ्चालन गर्न सम्बन्धित पक्षको जोडदार माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी संयोजक बिकले सरकारले घोषणा गरेको राहत प्याकेज अपर्याप्त भएको र बास्कतविक पीडितसम्म नपुगेकै कारण रातारात विद्यार्थी र मजदूर गाउँतिर हिड्न बाध्य भएको बताएका छन् । उनले वास्तबिक पीडितलाई राहत उपलब्ध गराउने समेत माग गरेका छन ।

‘जारी लकडाउनका कारण दैनिक ज्यालादारी गरेर जीबिकोपार्जन गर्ने मजदुरहरु, न्युन तलबमा रोजगारी गर्ने श्रमिकहरु र डेरावाल विद्यार्थीहरु सबैभन्दा बढी मारमा परेका छन् । सरकारद्वारा घोषित राहत प्याकेज अपर्याप्त छ नै, त्यो पनि वास्तविक पीडितसम्म पुेको छैन । तसर्थ बास्तबिक पीडितलाई मारमा परेकाहरुलाई यथाशक्य राहत उपलब्ध गर्न गराउन सरकारसँग जोडदार माग गर्दछौं । साथै कोठामा खाने जोहो नभएपछि हप्ता दिनसम्म भोकभाकै राजधानीबाट हिडेर विद्यार्थी र मजदुरहरुलाई सुरक्षित रुपमा गन्तव्यसम्म पुर्याउन समेत माग गर्दछौं’ जारी विज्ञप्तिमा भनिएको छ ।

काठमाडौँकामा समस्या परेका विद्यार्थीहरुलाई सहयोग गर्न संगठनले तीनवटै जिल्लामा संगठन परिचालन गरिसकेको समते बताएका छन् । बिकले संकटको बेला पनि ओम्नी समूहसँग मिलेर स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार गर्न खोज्ने मन्त्री र कर्मचारीमाथि अनुसन्धान गरी कारवाही गर्न अख्यितार दुरुपयोग अनुसन्धान आयोगसँग माग समेत गरेका छन् ।

कोरोनाभाइरसको वैज्ञानिक समाधान नभएसम्म उच्च संयमता र सतर्कता अपनाउनु एकमात्र विकल्प भएको बताउँदै धैर्यतापूर्वक लकडाउनको पालना गर्न सबैलाई अपील समेत गरेका छन् । त्यसैगरी विदेशीभूमीबाट फर्किन खोज्नेलाई फिर्ता ल्याई क्वारेन्टाइनमा राख्न, नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको उद्दार गरी व्यवस्थापन गर्न अखिल क्रान्तिकारीले माग गरेको छ ।

यस्तो छ विज्ञप्ति
‘कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण हाल विश्व लकडाउनमा छ । बिश्वब्यापी स्वास्थ्य संकटकालको घोषणा गरिएको छ । कोरोनाभाइरसको वैज्ञानिक समाधान नभएसम्म उच्च संयमता र सतर्कता अपनाउने कुरा एकमात्रै बिकल्प हो । यस संकटको घडीमा धैर्यतापूर्बक लकडाउनको पालना गर्न संगठन सबैलाई बिशेष अपील गर्दछ ।

चीनको वुहानबाट कोरोना भाइरसको उत्पत्ति सँगै बिश्वब्यापी संक्रमण फैलिरहेका बेला नेपाल सरकारले न्युनतम सतर्कता समेत अपनाउन चाहेन । परिणामस्वरुप हाल नेपालले संक्रणको उच्च जोखिम ब्यहोरिरहेको छ । यता सरकारका उपप्रधानमन्त्री र स्वास्थ्य मन्त्रीद्वारा संकटको यो घडीमा समेत ओम्नी समूहसँगको मिलेमतोमा स्वास्थ्य सामाग्री खरिदमा करोडौं घोटाला गर्ने गरिएको छ ।

बिभिन्न पक्षको ब्यापक दबाब पश्चात उक्त घोटाला बचावटका लागि नेपाली सेनालाई ढाल बनाएर सरकारी भ्रष्टाचारको बिषयान्तर गरिएको छ । हाम्रो संगठन यस्तो निच र घृणित कार्यको घोर भत्र्सना गर्दै भ्रष्ट मन्त्रीहरुको बर्खास्तसँगै संलग्न सरकारी कर्मचारीहरु, बिचौलिया ओम्नी समूहमाथि अबिलम्ब छानबिन गरि कडा कार्बाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बिशेष ध्यानाकर्षण गराउँदछ ।

हाल जारी लकडाउनका कारण दैनिक ज्यालादारी गरेर जीबिकोपार्जन गर्ने मजदुरहरु, न्युन तलबमा रोजगारी गर्ने श्रमिकहरु र डेरावाल विद्यार्थीहरु सबैभन्दा बढी मारमा परेका छन् । सरकारद्वारा घोषित राहत प्याकेज समेत अपर्याप्त छ नै, त्यो पनि लकडाउनको मारमा परेका वास्तविक पीडितसम्म पुगेको छैन । तसर्थ बास्तबिक पीडितलाई यथाशक्य राहत उपलब्ध गर्न गराउन सरकारसँग जोडदार माग गर्दछौं ।

साथै कोठामा खाने जोहो नभएपछि हप्ता दिनसम्म भोकभाकै राजधानीबाट हिडेर हजारौं मजदुरहरु र विद्यार्थीहरु आफ्नो घर गइरहेका छन् । पैदल यात्रा गरेर घर गइरहेका र जान चाहने सबैलाई निःशुल्क गाडीको ब्यबस्था, खानपीन, स्वास्थ्य चेकजाच र औषधि उपचारको ब्यबस्था गर्न सरकारसँग जोडदार माग गर्दछौं ।

रोजगारीको लागि बिदेशमा रहेका कैयौं नेपालीहरु स्वदेश आउन गुहार मागीरहेका छन् । ती नेपालीहरुलाई सरकारद्वारा निःशुल्क रुपमा स्वदेश फिर्ता ल्याई क्वारेण्टाइनमा राखिनुपर्दछ । यसैगरी भारतबाट फर्केर सिमानमा अलपत्र परेका नेपालीहरुलाईृ तत्काल उद्धार गरी उचित ब्यबस्थापन गर्न बिशेष माग गर्दछौं ।

महामारीको यस जोखिमपूर्ण अवस्थामा स्वास्थ्य सेवा प्रबाह गरिरहेका स्वास्थकर्मीहरु, अत्याबश्यक काममा निस्केका मानिसहरु, सूचना संकलनमा खटेका सञ्चारकर्मीहरुमाथि प्रहरीद्वारा अपराधिकशैलीमा निर्मम कुटपिट र अभद्र ब्यबहार भइरहेका घटना सार्बजनिक भएका छन् । यस्ता निन्दनीय कार्यहरु तत्काल रोक्न प्रहरी प्रशासनको बिशेष ध्यानाकर्षण गराउन चाहन्छौं ।

अनिश्चितकालिन लकडाउनका कारण बिशेष गरि क्भ्भ्, कक्षा ११ र १२ का बिद्यार्थीहरुमा ठूलो अन्यौलता सिर्जना भएको छ । ती बिद्यार्थीहरुका लागी अनलाइन कक्षा सञ्चालन गरिनुपर्दछ । साथै बिद्यालय तथा बिश्वबिद्यालय तहका बिद्यार्थीहरुका लागि समेत अनलाईन कक्षा सञ्चालन गर्न सम्बन्धित पक्षको जोडदार माग गर्दछौं ।

अन्त्यमा, राजधानीमा अलपत्र परेका मजदुरहरु र समस्यमा रहेका बिद्यार्थीहरुलाई हाम्रो संगठनको तर्फबाट आबश्यक सहयोग गर्न उपत्यका अन्तर्गतका सबै जिल्लाहरु परिचालित भइरहेको ब्यहोरा सबैमा अबगत गराउन चाहन्छौं । साथै समस्यामा रहेका बिद्यार्थीहरु, मजदुरहरुलगायतले आबश्यक सहयोगको निम्ति हाम्रो संगठनका बिभिन्न इकाई तथा जिल्लाहरुसँग सम्पर्क गर्न समेत बिशेष जानकारी गराउदछौं ।’

प्रतिक्रिया