आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालमा एक बालकमा पनि देखियो कोरोना संक्रमण, थप परीक्षणका लागि जनकपुर पठाइयो

प्रकाशित
0.9K
SHARES

काठमाडौं । सर्लाहीमा ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा एक जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई ¥यापिड टेष्ट गर्दा एक जनामा पोजेटिभ देखिएको हो ।सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक १४ वर्षीय बालकलाई शुक्रबार साँझ आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले पुष्टि गरे ।

कोरोना पोजेटिभ देखिएका उक्त बालकको थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको प्रजिअ जिसीले बताउनुभयो । उनीसँगै क्वारेन्टाइनमा रहेका एक अर्का व्यक्तिलाई ¥यापिड टेष्ट गर्दा नेगेटिभ देखिए पनि थप परीक्षणका लागि उनलाई पनि जनकपुर पठाइएको उहाँले जानकारी दिनुभयो ।कोरोना पोजेटिभ देखिएका ती बालक चैत २३ गते भारतको राजधानी दिल्लीबाट आफ्नो गाउँ धनकौल आएका थिए । भारतबाट आएको जानकारी सुरक्षाकर्मीलाई थाहा भएपछि ती बालकलाई आफ्नो घर नपुग्दै क्वारेन्टाइनमा राखिएको थियो ।

त्यसैबिच सुनसरीको हरिनगर गाउँपालिका घुस्कीस्थित कवरत मस्जिदमापनि ६ जना विदेशी भेटिएका छन् । उनीहरु त्यहाँ आश्रय लिएर बसेको खुल्न आएको छ । ६ विदेशीलार्ई शुक्रबार स्थानीय प्रशासनले क्वारेन्टाइनमा राखेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले मस्जिद खाली गर्नका लागि निर्देशन जारी गरेपछि मस्जिद क्वारेन्टाइनमा बस्दै आएका तिनलाई बिजी अस्पतालको क्वारेन्टाइनमा राखिएको नेपाल मुस्लिम संघ १ प्रदेश नं १ का अध्यक्ष हाजी इसराइल मन्सुरीले बताए ।

उनीहरुलाई आवश्यक परीक्षणका लागि त्यहाँ राखिएको जनाइएको छ । मस्जिदमा भारतका मुम्बई, पटना, इलाहावादलगायत स्थानबाट आएका र दुई नेपालीसमेत छन् । यसैबीच प्रदेश नं १ का मस्जिद, मदरसा र छात्रावासमा बस्दै आएका मानिसलाई खाली गर्नका लागि नेपाल मुस्लिम संघले आग्रह गरेको छ । प्रदेशका मस्जिद, मदरसा र छात्रावासमा आवश्यक कर्मचारी, एमाम र मोअज्जिनबाहेक अन्यलाई नबस्नका लागि आग्रह गरिएको सचिव नइम अन्सारीले बताए ।

मुसलमान समुदायको प्रतिष्ठा बचाउन र कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सावधानी अपनाउन आग्रह गरिएको अध्यक्ष मन्सुरीले जानकारी दिनुभयो । सातबुँदे अपिलमा कोही मस्जिदलगायत ठाउँमा बसेका भए प्रहरी वा स्थानीय सरकारलाई खबर गरी क्वारेन्टाइनमा बस्न भनिएको छ ।

प्रतिक्रिया