आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना संक्रमित यी चितवनकी महिलाबारे भयाे यस्ताे नया खुलासा, थाहा पाएर गाँउलेहरू हैरान

प्रकाशित
6.2K
SHARES

काठमाडौं । चितवनको राप्ती नगरपालिकाकी कोरोनाको संक्रमण देखिएको बेलायतबाट आएकी महिलाले गाउँमा चकलेट बाँडेको खुल्न आएको छ। उनले बेलायतबाट ल्याएको केही चकलेट गाउँलेलाई बाँडेको वडा अध्यक्ष बुद्धिराज थपलियाले जानकारी दिए।

‘उनीहरू चैत ३ गते नेपाल आएर ५ गते चितवन आए भन्ने जानकारी छ। चितवन के मा आए, काठमाडौंमा कहाँ बसे केही पनि बताएका छैनन्,’ थपलियले भने, ‘लकडाउनपछि नगरपालिकाले विदेशबाट आएकाहरूको नाम टिपोट गर्न सर्कुलेनस जारी गरेपछि हामीले उहाँहरूकै घर गएर होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका थियौं।’

उक्त परिवारले वडाको निर्देशन मानेर १ महिनादेखि नै क्वारेन्टाइनमा बसे पनि विदेशबाट आउने बित्तिकै गाउँलेलाई चकलेट बाँडेको थपलियाले जानकारी दिए। वडाले सबै विदेशबाट आएकाहरूको थर्मल-गनले ज्वरो जाँच्ने क्रममा कुनै लक्षण नदेखिएको उनले बताए।

‘त्यो बेलामा कुनै लक्षण देखिएको थिएन। पछि हामीलाई केही भएको छैन भन्दै अस्पताल जान पनि आनाकानी गर्नुभयो। बल्ल बल्ल पठायौं,’ थपलियाले भने। पिसिआर परीक्षण गर्दा ३ जनामध्ये आमा-छोराको नतिजा पोजेटिभ देखिएको थियो भने हङकङबाट आएका अर्का छोराको भने नतिजा नेगेटिभ आएको थियो।

काठमाडौंको नतिजा आएपछि नगरपालिकाले थप कदम चाल्ने नगर प्रमुख प्रभा बराल पौडेलले जानकारी दिइन्। ‘काठमाडौंबाट आधिकारीक रिपोर्ट के आउँछ हेरौं। त्यसपछि हामी थप कदम चाल्छौं,’उनले भनिन्। सुधिर भण्डारीले सेतोपाटीमा समाचार लेखेकी छिन ।

मैले केही बिराएको छैन, जनचेतना फैलाउने मेरो काम नै हो – डा. शेरबहादुर पुन
मैले जहिल्यै पनि आमजनताको हितको काम गर्दै आएको छु । जनमानसलाई सही सूचना दिने र जनचेतना जोगाउने मेरो काम हो । विगत १८ वर्षदेखि म शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कार्यरत छु ।

यो अस्पताल साउथ एसियाकै सरुवा रोग अस्पतालको हब अस्पताल बनोस् भन्ने भिजनका साथ म हिँडिरहेको छु। बाहिरका ठूला अस्पतालले जागिर अफर गर्दा पनि नगएर मैले यस अस्पतालको सेवा गरेको छु।

सार्स, जापनिज इन्सेफ्लाइटिस, स्वाइन फ्लू, डेंगु ,बर्ड फ्लूजस्ता थुप्रै महामारी देखेको छु। त्यसमा डटेर काम गरेको छु। कोरोना महामारीमा सुरुदेखि नै खटिरहेको हुँ। म त यो अस्पतालको लागि एउटा जिउँदो इतिहासको रुपमा छु।

आफ्ना अभिव्यक्ति दिँदा केही कुरा गलत बोलेजस्तो मलाई लाग्दैन। जनतालाई सुसूचित गर्ने काम नै गरें जस्तो लाग्छ। मलाई अध्ययन अनुसन्धानमा रुचि छ। त्यसमा घोत्लिरहेको हुन्छु। लेखहरु लेख्छु। केही पाउँला भन्ने आशले त मैले कहिल्यै सोचेको छैन। आममानिसमा जनचेतना जगाउनु नै मेरो लागि प्रमुख हुन्छ।

बिहीबार मन्त्रालयले मलाई त्यहाँ बोलाएको छ भन्ने खबर थाह पाएँ। के कारणले बोलाइएको हो भन्ने मलाई थाह भएन। त्यो दिनमा निकै नै व्यस्त भएँ। ओपीडी थियो। पीपीई लगाएर काम गर्दै थिएँ। त्यो लगाएपछि फोन पनि उठाउन पाइन। बिरामीहरु अलि बढेका थिए। सनसिटीबाट केसहरु आएको थियो। अस्पतालको निर्देशक डा. सागरराज भण्डारीले ‘तपाईंलाई मन्त्रालय बोलाएको छ रे, जानुस् डा. साब,’ भन्नुभयो।

त्यस्तो के हतार होला र केही कुराले होला भन्ने सोचिराखेको थिएँ। अर्को दिन शुक्रबार थाह पाएँ मन्त्रालयले हाजिर भएन भनेर पत्र नै काटिसकेको रहेछ। मैले पत्र भने पढ्न पाएको छैन किनकी म घर गइसकेको थिएँ। पत्रमा के छ भनेर मलाई आधिकारिक जानकारी छैन। तर, मैले अनौपचारिक रुपमा सुनें अनुसार मैले मिडियामा गरेका कुराकानीसँग सम्बन्धित कुरा पत्रमा छ। चिठी नै आइसकेपछि मैले के जघन्य अपराध गरेको रहेछु भन्ने लाग्यो।

सरुवा रोगको जानकारका हिसाबले धेरैले मलाई प्रश्न गर्नुहुन्छ। सोधेपछि भन्नै पर्‍यो। मिडियामा आइराखेको हुन्छ। तर, सधैं मैले भन्ने भनेको रोगका कुरा र संक्रमणबाट बच्ने कुरा त हो। प्राविधिक कुरा भन्ने गरेको छु। पोलिसी लेभलको कुरा गर्ने गरेको छैन। जनतालाई सुझाव दिने काम गरेको छु। सरकारलाई भन्दा पनि जनतालाई सुझाव दिने गरेको हो। यति ससाना कुराको लागि यस्तो गर्नु नपर्ने हो।

जनतालाई सूचना दिँदा मन्त्रालयले स्पष्टिकरण नै सोधेर पत्र काटेको देख्दा अचम्म लागेको छ। अरु धेरैले पनि बोलेका छन्। उनीहरुलाई पनि त कारबाही गर्नुपर्ने होला नि? खै त कारबाही? सधैं मै मात्र टार्गेट हुनुपर्छ भन्ने के छ र? फाइदाको लागि गरेको भए, बदमासी गरेको भए वा भ्रष्टाचार नै गरेको भए अर्कै कुरा। नत्र यस्तो कदम चाल्नुपर्ने कुरै छैन जस्तो लाग्छ।

भित्रैभित्रै राजनीति हुने रहेछ। तर, मन्त्रालयको यो कदमलाई मैले नराम्रो रुपमा लिएको छैन। तर, यसले जनचेतना फैलाउने मेरो कामबाट मलाई हतोत्साही बनाउने हो कि भन्ने लागेको छ। राम्रो काम गर्दै जाँदा विभिन्न अड्चन आउँछन्। दुःख पाइन्छ। मैले सहज रुपमा नै लिन्छु। विभिन्न बाधालाई पार गर्दै अगाडि बढ्नुपर्छ। यस्ता कुरामा धेरै अल्झिएँ भने मेरो नियमित काम, अध्ययन र अनुसन्धानमा बाधा पुग्छ।

(डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक हुन्। मिडियामा अभिव्यक्ति दिएको भन्दै शुक्रबार मन्त्रालयले पत्र लेख्दै उनीसँग स्पष्टिकरण सोधिएको छ। यसै सन्दर्भमा बुनु थारुले उनीसँग गरेको कुराकानीमा आधारित।)

यी हुन पहिलो कोरोना भाइरस पत्ता लगाउने महिला
कोरोना भाइरसबाट हुने ‘कोभिड–१९’ रोगले संसारभरिका झन्डै २२ लाख मान्छे बिरामी छन् भने करिब डेढ लाखको ज्यान गइसकेको छ। यही प्रजातिका अन्य भाइरसले विगतमा सार्स, मर्सजस्ता महामारी ल्याएको थियो। मानव समुदायमा प्राणघातक रोग सल्काउने यस्तो भयानक भाइरस आजभन्दा ५६ वर्षअघि स्कटिस डाक्टर जुन एल्मेडाले पत्ता लगाएकी थिइन्।

एल्मेडाले सन् १९६४ मा लन्डनस्थित सेन्ट थोमस अस्पतालको प्रयोगशालामा पहिलोपटक कोरोना भाइरस पहिचान गरेकी हुन्। उनका बुबा बस चालक थिए, जसले १६ वर्षकै उमेरमा स्कुल छाडे। उनी भने संसारकै अग्रणी भाइरल विशेषज्ञका रूपमा चिनिन्छिन्। एल्मेडाको जन्म सन् १९३० मा भएको थियो। उनी स्कटल्यान्डको ग्लास्गोस्थित अलेक्जेन्ड्रा पार्कमा हुर्केकी थिइन्।

औपचारिक शिक्षा पूरा नगर्दै स्कुल छाडेकी एल्मेडाले ग्लास्गो रोयल इन्फर्मरीमा प्रयोगशाला प्राविधिकको जागिर खाइन्। त्यसपछि लन्डन गएर आफ्नो करिअर अघि बढाइन्। उनको विवाह भेनेजुएलाका चित्रकार एनरिक एल्मेडासँग सन् १९५४ मा भएको थियो। चिकित्सा क्षेत्रका लेखक जर्ज विन्टरका अनुसार एल्मेडा दम्पती आफ्नी छोरीलाई लिएर क्यानडाको टोरन्टोमा बसोबास गर्न थालेका थिए।

टोरन्टोको ओन्टारियो क्यान्सर इन्स्टिच्यूटमा एल्मेडाले ‘इलेक्ट्रोन माइक्रोस्कोप’ माथि राम्रो ज्ञान र सीप विकास गरिन्। यही क्रममा उनले यस्तो विधि निकालिन्, जसले मानव शरीरमा विकास हुने रोग प्रतिरोधात्मक क्षमता (एन्टिबडी) का माध्यमबाट भाइरस पत्ता लगाउँछ।

विन्टरले बिबिसी रेडियो स्कटल्यान्डसँगको अन्तर्वार्तामा बताएअनुसार, एल्मेडाको यो विशेषज्ञतालाई बेलायतले पहिचान गर्‍यो। उनी सेन्ट थोमस हस्पिटल मेडिकल स्कुलमा काम गर्न सन् १९६४ मा बेलायत फर्किन्। यो त्यही अस्पताल हो, जहाँ गत साता बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोभिड–१९ संक्रमणपछि भर्ना गरिएको थियो।

बेलायत फर्केपछि एल्मेडाले डा. डेभिड टायरेलसँग सहकार्य गरिन्। उनीहरूले रुघाखोकी ल्याउने भाइरसमाथि संयुक्त अनुसन्धान सुरू गरे। यसअघि डेभिड र उनको टिमले मान्छेको नाकबाट सिंगान, खकार आदिको नमूना संकलन गरी रुघाखोकीसँग सम्बन्धित केही भाइरस पत्ता लगाएका थिए। तर, सबै भाइरस पहिचान गर्न सकेका थिएनन्।

त्यही क्रममा सन् १९६० मा सर्रीस्थित एक बोर्डिङ स्कुलका केटाकेटीको नाकबाट सिंगान र खकारको नमूना संकलन गरिएको थियो। उक्त नमूनालाई ‘बी८१४’ भनियो, जसमा पाइएका भाइरसले रुघाखोकी सार्न सक्थे। उनीहरूले विस्तृत विवरण भने खुट्टयाउन सकेनन्।

डेभिडले इलेक्ट्रोन माइक्रोस्कोपबाट त्यो भाइरसको विस्तृत पत्ता लाग्छ कि भनेर एल्मेडालाई नमूना पठाइदिए। एल्मेडाले इलेक्ट्रोन माइक्रोस्कोपमा उक्त भाइरस मिहिन केलाउन थालिन्। प्रारम्भिक अध्ययनपछि उनले त्यो भाइरस इन्फ्लुएन्जाजस्तै देखिए पनि दुवै समान नभएको बताइन्। उनको अध्ययन जारी रह्यो। सन् १९६४ मा उनी उक्त भाइरसको प्रजाति किटान गर्न सफल भइन्, जुन चिकित्सा विज्ञानले पहिचान गरेको पहिलो कोरोना भाइरस थियो।

चिकित्सा क्षेत्रका लेखक विन्टरका अनुसार, एल्मेडाले यसअघि मुसामा हुने हेपाटाइटिस र कुखुरामा हुने संक्रामक ब्रोङ्काटिसको अनुसन्धान गर्दा यस्तै प्रकृतिका भाइरस देखेकी थिइन्। उनले आफ्नो खोजका आधारमा जर्नलमा कार्यपत्र पनि लेखिन् तर सामूहिक समीक्षाबाट कार्यपत्र अस्वीकृत भयो।

त्यति बेला समीक्षकहरूको निष्कर्ष थियो, ‘इन्फ्लुएन्जा भाइरसकै तस्बिर राम्ररी नआउँदा बेग्लै स्वरूप देखिएको हो, खासमा यो इन्फ्लुएन्जा नै हो।’ त्यसको एक वर्षपछि सन् १९६५ मा उनको खोज ब्रिटिस मेडिकल जर्नलमा छापियो। उनले पत्ता लगाएको कोरोना भाइरसको पहिलो तस्बिर भने दुई वर्षपछि जर्नल अफ जनरल भाइरोलोजीमा प्रकाशित भयो।

डाक्टर जुन एल्मेडा, डाक्टर डेभिड टायरेल र सेन्ट थोमसका प्रमुख प्राध्यापक टोनी वाटरसनले संयुक्त रूपमा यसलाई ‘कोरोना भाइरस’ नामकरण गरेका थिए। ह्वाङ्ग खाली भागको वरिपरि मुकुट (क्राउन) जस्तो देखिने हुँदा उनीहरूले ‘कोरोना भाइरस’ नाउँ दिएका हुन्।

डाक्टर एल्मेडाले पछि लन्डनको पोष्टग्रायजुएट मेडिकल स्कुलमा काम गरिन्, जहाँ उनलाई विद्यावारिधिबाट विभूषित गरियो। उनले करिअरको अन्तिम चरणमा वेल्कम इन्स्टिच्यूटमा काम गरेकी थिइन्।

त्यसपछि केही समय योगगुरू बनेर बिताइन्। १९८० दशकको अन्त्यतिर उनी भाइरल विज्ञानमै परामर्शदाताको भूमिकामा फर्केकी थिइन्। त्यति बेला एचआइभी भाइरसको तस्बिर निकाल्नमा उनको ठूलो भूमिका छ। जुन एल्मेडाको मृत्यु सन् २००७ मा भएको थियो। उनी ७७ वर्षकी थिइन्।

प्रतिक्रिया