आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आज देशका विभिन्न ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने ,यस्ताे छ मौसमविद्काे चेतावनी

प्रकाशित
1.5K
SHARES

काठमान्डाै । आज देशका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्न सक्ने सम्भावना रहेको छ। स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले आज देशभरिकै मौसम सामान्यतया बदली भइ मध्य र पूर्वका केही तथा पश्चिमका थोरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्न सक्ने मौसमविद्ले बताएका हुन्। यस्तै कतै कतै असिना पनि पर्न सक्नेछ।

आज राति देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भइ पहाडी क्षेत्र र तराईका केही ठाउँमा हावाहुरी, चट्याङसहित असिना पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार शनिबार भने मौसममा सुधार आउनेछ। तर भोलि पनि मध्य र पूर्व तथा पश्चिमका केही ठाउँमा पानी पर्ने सम्भावना छ। यसकै प्रभावले गए राति देशका विभिन्न ठाउँमा पानी परेको थियो।

त्यसैबिच शुक्रबार देशका केही स्थानमा मौसम सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मध्य, पूर्वका केही स्थानहरु र पश्चिमीका थोरै स्थानहरुमा चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको संभावना रहेको छ । शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने भएकाले सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।

काठमाडौंसहित देशका धेरै स्थानमा वर्षा, कहिले खुल्ला मौसम? आगामी दुई दिनको मौसम पूर्वानुमानः
बैशाख ६ गते (शनिबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

रातीः देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिम भू-भागमा आंशिक बदली रहनेछ। देशको पूर्वी भू-भागका थोरै स्थान र मध्य तथा पश्चिमी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

याे पनि पढ्नुस मौसम बदलीसँगै वर्षाको सम्भावना
बैशाख ७ गते (आइतबार)

दिउँसोः पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका भू-भागमा आंशिक बदली रहने छ। पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका भू-भागमा आंशिक बदली रहने छ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया