आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुदूरपश्‍चिममा कोरोनाकाे बढी जोखिम किन ? यस्ताे छ कारण

प्रकाशित
737
SHARES

काठमान्डाै । सुदूरपश्चिमवासीका लागि भारत रोजगारीको प्रमुख गन्तव्य हो । जसै भारतमा संक्रमण फैलन थाल्यो, विभिन्न ठाउँमा मजदुरी गर्नेहरू अव्यवस्थित रूपमै आफ्ना गाउँठाउँ भित्रिए । न उनीहरूको स्वास्थ्य जाँच र लगातार निगरानी गरियो, न सबै क्वारेन्टाइनमा नै बसे ।अर्कोतिर कोरोना भाइरस संक्रमितको संख्या पनिबढ्यो । स्थानीयमा संक्रमणसमेत भयो । यसर्थ सुरुदेखि नै सुदूरपश्चिममा कोरोना भाइरस (कोभिड–१९) संक्रमणले भयावह रूप लिने चिन्ता बढेको थियो ।

सीमामा लिइएको तथ्यांकअनुसार एक लाख ३० हजारभन्दा बढी भारतबाट घर फर्किए तर घर नपुगी सोझै क्वारेन्टाइनमा बस्नेको संख्या एक हजार पनि थिएन । सशस्त्र प्रहरीको सुदूरपश्चिम बाहिनीका अनुसार फागुन अन्तिम सातादेखि बुधबारसम्म सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न नाका हुँदै भारतबाट आएकाको संख्या एक लाख ३२ हजार एक सय ५९ छ । तीमध्ये लकडाउनअघिसम्म एक लाख २९ हजार पाँच सय ५६ र त्यसपछि दुई हजार दुई सय ३५ जना वैध रूपमै भित्रिएका थिए । तीन सय ६८ जना लुकीछिपी आएका छन् । प्रदेशका कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी र डडेलधुरामा भारतीय क्षेत्रबाट आउने वैध र अवैध नाकाहरू छन् ।

सशस्त्र प्रहरीका अनुसार लकडाउनअघि दार्चुलाका सीमाबाट दुई हजार तीन सय १२, बैतडीबाट दुई हजार तीन सय १८, डडेलधुरामा २९, कैलालीका सीमा नाकाबाट ५८ हजार ९७ र कञ्चनपुरका सीमा नाकाबाट ६६ हजार नौ सय ८० जना भित्रिएका थिए । तीमध्ये फाट्टफुट्ट संख्यामा अन्य प्रदेशवासी पनि छन् ।

भारतबाट आएकामध्ये चैत १३ सम्म प्रदेशका ९ वटै जिल्लाका क्वारेन्टाइनमा बस्नेको संख्या आठ साय आठ मात्र रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको अभिलेख छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार चैत १७ को तथ्यांकअनुसार क्वारेन्टाइनमा बस्नेको संख्या बढेर दुई हजार ६ सय ६७ पुगेको थियो । ‘हालसम्म क्वारेन्टाइनमा बस्नेहरूको संख्या बढीमा साढे पाँच हजारको हाराहारीमा मात्रै छ,’ मन्त्रालयका कोरोना स्रोत व्यक्ति नरेन्द्रसिंह कार्कीले भने, ‘बुधबार ९ वटै जिल्लामा गरी यो संख्या एक हजार २७ मात्र छ ।’

त्यसैबिच सुदूरपश्चिमका १३ वटा अस्पतालबाट कोरोनाका शंकास्पद ८७ ना बिरामी डिस्चार्ज भएका छन्। दुई महिनाको अवधीमा उनीहरुलाई अस्पतालहरुले डिस्चार्ज गरेका हुन्। सेती प्रादेशिक अस्पतालबाट ३४, डडेल्धुरा अस्पतालबाट १०, अछाम अस्पतालबाट ९, बयलपाटा अस्पतालबाट ८, महाकाली र डोटी अस्पतालबाट ६र६, बैतडी अस्पताल र भजनी स्वास्थ्य चौकीबाट ३र३, बाजुरा अस्पताल, गोकुलेश्वर अस्पताल र चौमला स्वास्थ्य चौकीबाट २र२, कोल्टी स्वास्थ्य चौकी र बझाङ अस्पतालबाट १र१ जना गरी अहिले सम्म ८७ जनालाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले जनाएको छ।

प्रतिक्रिया