आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष तथा विप्लवका दाजु जयन्द्र चन्दसहित ६ नेता कार्यकर्ता रिहा

प्रकाशित
3.2K
SHARES

काठमाडाैं । नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा नेकपा महासचिव विप्लवका दाजु जयन्द्र बहादुर चन्दसहित ६ जना नेता कार्यकर्ता रिहा भएका छन् । जिल्ला अदालत ललितपुरकाे आदेशमा अध्यक्ष चन्द सहित ६ जना बिहिबार रिहा भएको सोहि संगठनका केन्द्रीय उपाध्यक्ष सिवि सिंह ठकुरीले इमान्दार मिडियालाई बताए ।

अध्यक्ष जयन्द्र बहादुर चन्द, महासचिव बिनाेद चन्द ठकुरी, केन्द्रीय सदस्यद्वय कमल आरसी र प्रेम केसी तथा अन्य २ जनासहित ६ जना रिहा भएका हुन । गत चैत ९ गते उनीहरूलाई ललितपुरबाट प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेकाे थियाे ।

नेकपा महासचिव विप्लवसंगको राजनीतिक पूर्वाग्रह साँधेर ओली सरकारले अध्यक्ष जयन्द्र चन्दलाई गिरफ्तार गरेको महासंघले दावी गर्दै आएको थियो । अध्यक्ष चन्द स्वयम राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी समेत हुन् । न्यायाधिस महेन्द्र बहादुर कार्कीको १ नम्बर इजालसले ६ जनालाई रिहा गर्न आदेश दिएको हो । अध्यक्ष्य चन्दसहितका नेता कार्यकर्ताहरुको पक्षमा बरिस्ठ अधिवक्ता एकराज भण्डारीसहितका अधिवक्ताहरुले बहस गरेका थिए ।

राष्ट्रीय खेलाडी, कलाकार, पत्रकार, स्वास्थ्यकर्मी र आम जनता कोरोना भाइरसबिरुद्ध लड्न देशव्यापी सतर्कताका लागि महाअभियानमा लागिरहेको बेला ओली सरकारले समवेदनाहिन तरिकाले नेकपा नेता कार्यकर्तामाथि धरपकड र गिरफ्तार गरिरहेकाे छ ।

ओली सरकारले २ दिनअघि अर्थात् मङ्गलबार मात्रै पनि नेकपाका ३ नेतालाई पुनः गिरफ्तार गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा तत्कालीन राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठामगर, पार्टीका तत्कालीन रोल्पा जिल्ल इन्चार्ज सन्तोष सुवेदी र पोष्टमान घर्तीमगरलाई दाङ जिल्ला अदालतमा धरौटी दाखिला गरी रिहा हुन खोज्दा प्रहरीले पुनः गिरफ्तार गरेको हो ।

लामो समय घोराही हिरासतमा रहेको बेला यसअघि नै दाङ देउखुरी जिल्ला अदालतले प्रतिव्यक्ति १५ हजार धरौटीमा सबैलाई रिहा गर्न आदेश दिएको थियो तर त्यतिबेला धरौटी नराखेको भन्दै पुनः गिरफ्तार गरेर दाङ कारागार पुर्याएर पछि रोल्पा कारागार हुँदै फेरि तुलसीपुर कारागार ल्याएको थियो । तीनजनालाई मङ्गलबार धरौटी दाखिला गरी रिहा भइसकेको समयमा गेटभित्रैबाट पुनः गिरफ्तार गरेर बाँके जिल्ला लगिएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया