आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लकडाउनका बेला भारतले फेरी देखायाे यस्ताे हर्कत, एकाएक नाकाबन्दी गरेपछि आयात निर्यात ठप्प

प्रकाशित
3.8K
SHARES

झापा । नेपालको पूर्वी नाका मेची भन्सारबाट आयात निर्यात ठप्प भएको छ । कोरोना संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको मेची भन्सार कार्यालयले जनाएको छ ।

बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै अनिश्चित कालका लागि कारोबार रोक्न निर्देशन दिएको जानकारी नेपालस्थित मेची भन्सार कार्यालयलाई गराएको छ । अवस्था सामान्य नभएसम्म मेची नाकाबाट वस्तु निर्यात गर्न नसकिने भएको छ ।

नाकामा आएर थन्किएका वस्तुलाई रि–रुट गरी अन्य नाकाबाट पठाउन भारतीय भन्सार अधिकारीहरुले तयारी थालेका छन् । भारततर्फको नाका बन्द भएपछि भारत, भुटान र बंगलादेशबाट नेपालमा हुने आयात ठप्प भएको छ । लकडाउनको समयमा सो नाका भएर ग्यासका बुलेट, तरकारी, फलफूल जस्ता दैनिक उपभोग्य वस्तु आयात भइरहेको थियो ।

यसैबीच भारत केन्द्र सरकारको नीतिविरुद्ध राज्य सरकारबाट नाका बन्द गरिएपछि नेपालले कुटनीतिक पहल थालेको भन्सार विभागले जनाएको छ । परराष्ट्र र वाणिज्य मन्त्रालय हुँदै भारतीय दूतावासलाई नाका खोल्न पत्राचार गरिएको छ ।

यसैबीच सरकारले मुलुकको दक्षिणी नाकामा सशस्त्रको सुरक्षा फौज थप गरी उच्च निगरानी बढाएको छ । भारतबाट नेपाल भित्रिएका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि निगरानी बढाइएको हो ।

सहज रुपमा हुने सीमा वारपार रोक्न सरकारी निर्देशनअनुसार सशस्त्र प्रहरी बल नेपालले सुरक्षा फौजलाई सीमामा केन्द्रित गर्न थालेको हो । विभिन्न पहाडी तथा हिमाली जिल्लामा खटिएका र विभिन्न गणमा रहेको सशस्त्र प्रहरीलाई सीमाको सुरक्षामा खटाइएको छ ।

यसअघि सीमा क्षेत्रमा नियमित १२२ सीमा निगरानी पोष्ट (विओपी) मा करिब तीन हजार सशस्त्र प्रहरी खटिएका थिए । रोगको जोखिम बढेसँगै गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि चैत अन्तिम साता पाँच हजार सुरक्षाकर्मी सीमामा पठाइएकामा अहिले त्यसलाई बढाएर आठ हजार पु¥याइएको जनाइएको छ ।

उनले यही वैशाख १ गते हिमाली तथा पहाडी जिल्लाबाट कटौती गरी सुरक्षा फौज तथा विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई समेत सीमामा खटाउन निर्देशन दिएका थिए । उक्त निर्देशनपछि सुरक्षा निकायले आवश्यक तयारी थालेको जनाइएको छ ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आजसम्म सातभन्दा बढी सुरक्षाकर्मी खटाएको थियो । आज मात्रै थप एक हजार १०५ जना सुरक्षा फौजलाई सीमामा पठाइएको जनाइएको छ । योसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरीको आठ हजार ३३८ सुरक्षाकर्मीले निगरानी थालेका छन् ।

सिमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको १४ हजार २६३ जनशक्ति खटाइएको थियो । आठ हजार ३८३ थप भएसँगै कुल २२ हजार ६४६ सुरक्षाकर्मीले सीमावर्ती जिल्लाको निगरानी थालेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले जानकारी दिए ।

सीमा क्षेत्रमा जनशक्ति बढेसँगै अहिले सशस्त्रको निगरानी पोष्टको सङ्ख्या पनि बढेको छ । उनका अनुसार अहिले सीमा क्षेत्रमा अस्थायीसहित एक हजार २१३ सुरक्षा निगरानी चौकी स्थापना भएको छ । झण्डै डेढ किलोमिटरको दूरीमा सशस्त्रको पोष्ट स्थापना भएको छ । सुरक्षा फौज थपिएपछि सीमा आवतजावन प्रायः ठप्प जस्तै पारिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चितवनको माडीस्थित छरछरे, बाँदरझुला र वाल्मीकि आश्रम तथा सीमा नाका ठोरीमा समेत ३ नं. बाहिनीबाट १९ जना जनशक्ति थप गरिएको छ । यस्तै ४ नं. बाहिनीले परासीको त्रिवेणी क्षेत्रमा १८ जनशक्ति बढाइएको छ ।

यही वैशाख १ गते गृहमन्त्री थापाले पहाडी र हिमाली जिल्लाका समेत दरबन्दी घटाएर सिमामा खटाउन निर्देशन दिएपछि हिमाली, पहाडी क्षेत्र र सशस्त्र प्रहरीको प्रधान कार्यालयबाट सुरक्षाकर्मी त्यसतर्फ लगिएको हो । विगतमा ८७ सीमा निगरानी चौकी रहेकामा गृहमन्त्री थापाले गृहमन्त्रालय सम्हालेपछि १२२ निगरानी चौकी पुर्‍याएका थिए ।

सशस्त्र प्रहरीले अहिले सीमा क्षेत्रको आवतजावत रोक्न पैदल गस्ती, मोटरसाइकल साइकल, गाडी गस्तीसमेत गर्न थालेको छ । “फाट्टफुट्ट उपचारका लागि जानेआउने केही होला, तर सशस्त्र प्रहरीले आवतजावत पूर्ण रोकेको छ”, प्रवक्ता श्रेष्ठले भने “निगरानी चौबीसै घण्टा गर्ने गरी व्यवस्था मिलाएकाले गोरेटो बाटोबाट समेत छिर्न पाउँदैनन् ।”

गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरीले माग गरेजति जनशक्ति व्यवस्थापन गरिएको जानकारी दिँदै अब सीमा क्षेत्रको आवागमनमा थप कडाइ भएको बताए । उनले नेपाल प्रहरीले जिल्ला र इलाका क्षेत्रको आआफ्नै क्षेत्रबाट सुरक्षा प्रदान गरिरहेको बताए । अहिले सीमा क्षेत्रको सुरक्षाको पूर्ण जिम्मेवारी सशस्त्र प्रहरीले लिएको छ ।

मुलुकमा कोरोना सङ्क्रमणको जोखिम जारी रहेकाले सरकारले यही वैशाख १५ गतेसम्म लकडाउनको आदेश जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोभिड–१९ बाट अहिलेसम्म १६ जना सङ्क्रमित छन् । अधिकांश तेस्रो मुलुक र भारतबाट आएकामा रोग देखिएको छ । त्यसैले सरकारले विदेशबाट आएकाको खोजी खोजी स्वास्थ्य परीक्षण गरिरहेको छ ।

प्रतिक्रिया