आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

इटलीबाट आएकी थप १ जना महिलामा देखियो कोरोना ,र्‍यापिड टेस्ट गर्दा पाेजेटिभ

प्रकाशित
1.1K
SHARES

काठमान्डाै । यापिड टेस्ट गर्दा इटलीबाट आएकी एक महिलामा कोरोना पोजेटिभ देखिएको छ। काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ९ मा बुधबार र्‍यापिड टेस्टका क्रममा ३१ वर्षीया महिलामा कोरोना पोजेटिभ पाइएको हो। कोरोना पोजेटिभ पाइएपछि पीसीआरका लागि टेकु अस्पताल पठाइएको बताइएको छ। इटलीबाट आएकी ती महिला २२ दिन घरमै क्वारेनटाइनमा बसेकी थिइन्। थप रिपोर्ट आएपछि नगरपालिकाले औपचारिक रूपमा जानकारी दिने जनाएको छ। र्यापिड डायग्नोष्टिक परीक्षण (आरडिटी)का क्रममा पोजेटिभ देखिएका पूर्वी चितवनका एक पुरुषको नतिजा नेगेटिभ आएको छ । भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षणका क्रममा उनको नतिजा नेगेटिभ आएको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जनाकारी दिए।

गत चैत ७ गते कोरियाबाट नेपाल आएका उनको रत्ननगरको गुञ्जमान अस्पतालमा गरिएको ¥यापिड डायग्नोष्टिक परीक्षणका क्रममा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि स्वाब कोभिड–१९ प्रयोगशालामा ल्याइएको थियो । सो प्रयोगशालाको नतिजा नेगेटिभ आएको हो ।

त्यसैबीच   कोभिड–१९ को सन्त्रासका बीच महोत्तरीको लोहारपट्टी नगरपालिका–५ मा बुधबार मध्यराततिर भएको आगलागीले रु ५० लाखभन्दा बढीको नोक्सान भएको छ लोहारपट्टी–५ को लोहारपट्टी बस्तीकै गुलाम रशुलको ट्र्याक्टर, थ्रेसर राख्ने घरमा भएको आगलागीले ज१त ७८६० नंको ट्र्याक्टर, थ्रेसर (गहुँ, धानसहितका अन्न पेल्नेयन्त्र) र अन्य यान्त्रिक साधन र घरसहित रु ५० लाखभन्दा बढीको नोक्सान भएको हो ।

आगोले ट्र्याक्टर र थ्रेसरका पाटपुर्जा र घर जलेर खरानी भएको छ । आगो लागेको ठाउँमा पेट्रोलको गन्ध निकै आएको हुँदा यो नियोजित आगलागी भएको गुलाम रसुलका छिमेकीहरुको अनुमान छ । मध्यरातमा भएको आगलागी घटनाले छिनभरमै यान्त्रिक साधन सबै खरानी बनाएको गुलाम रशुलकै छिमेकी बेचन शेषले बताउनुभयो ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेर गरिएको र यसबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय लोहारपट्टीका प्रमुख मोहम्मद अतावुलले जानकारी दिनुभयो । गुलाम रशुलकै खेतमा लगाइएको इक्युलिप्टिस (मसाला) का २०० बिरुवा यसअघि गत फागुनमा राति नै काटेर नोक्सान गरिएको थियो । लगातार रशुलकै क्षति हुनुले कसैले शत्रुता साँधेको हुनसक्ने छिमेकी बताउँछन् ।

प्रतिक्रिया