आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री ओलीले नै सुदुरपश्चिम वासीलाई यतिसम्म भने – उत्ताउलो पारा देखियो, अनुशासनहीनताले खतरा बढायो

प्रकाशित
2.5K
SHARES

काठमान्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिममा देखिएको उत्ताउलोपनले कोरोनाको जोखिम बढेको बताएका छन्। देखापढी डटकमसंग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। सबभन्दा संवेदनशील दक्षिणी सीमा हो। दक्षिणी सीमाबाट मानिसहरू उत्ताउलो पाराले प्रस्तुत हुने कामहरू भइराखेका छन्। त्यसलाई हामी सम्झाईबुझाई गरिराख्या छौं। दुईरचारजना मान्छेहरूको उत्ताउलोपनसँग सम्झौता गरेर सिंगो देशमा कोरोना फैलाउन सकिँदैन। त्यो प्रवृति अलिक बढ्ता सुदूरपश्चिममा देखिएको छ।’ उनले देखापढीसंग कुराकानी गर्दै भनेका छन्।

मुख्य कमाण्डरका रूपमा हेरिरहँदा यो महामारीसँग लड्ने प्रमुख थ्रेट चाहिँ के कुरालाई देखिरहनुभएको छ ? भन्ने प्रश्नमा प्रधानमन्त्रीले अगाडि भनेका छन्, ‘सुदूरपश्चिममा अनुसानहिन ढङगले क्वारेन्टाईनमा बस्न नमानेको जस्तो अवस्था छ। यस्ले अलिकति खतरा तर्फ संकेत गर्ने अवस्था हो। त्यसलाई नियन्त्रण गर्न खोजिरहेका छौ। र नियन्त्रण गर्छाै।’

त्यसैबिच  कोरोना सङ्क्रमण रोकथामका लागि सरकारलाई निःशुल्क उपलब्ध गराइएको ह्याण्ड सेनिटाइजर बिक्री गरेको अभियोगमा नेपालगञ्जस्थित कमला मेडिसिन बन्द गराइएको छ। एसआर ड्रग कम्पनीले नेपाल सरकारमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निःशुल्क उपलब्ध गराएको एसआर केयर ह्याण्ड सेनेटाइजर बिक्रीवितरण गरेको पाइएपछि प्रहरीले उक्त पसलमा बुधबार छापा मारेर बन्द गरेको हो।

कम्पनीले सरकारलाई निःशुल्क उपलब्ध गराएको ह्याण्ड सेनेटाइजरको बोतलमा ‘बिक्रीका लागि होइन’ लेखिएको भन्ने वाक्यांश छोपेर प्रतिबोतल ६०० का दरले बिक्री वितरण गरिररहेको पाइएपछि प्रहरीले उक्त फर्म बन्द गरेको जनाइएको छ।

कमला मेडिसिनका सञ्चालक दीपेन्द्र अग्रवाल र केही निजी फर्म तथा व्यापारीको मिलेमतोमा स्यानिटाइजर बिक्री भएको सामाजिक सञ्जालमार्फत गुनासो आएलगत्तै गरिएको प्रारम्भिक अनुसन्धानपछि औषधि पसल बन्द गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए।

प्रतिक्रिया