आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या २० लाख २७ हजार नाघ्यो, १ लाख २९ हजार १५५ जनाकाे मृत्यु

प्रकाशित
550
SHARES

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुने मानिसको संख्या २० लाख २७ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार पछिल्लो तथ्यांकअनुसार विश्वभर यो भाइरसबाट संक्रमित हुनेको संख्या मानिसको संख्या २० लाख नौ सय २७ हजार ६ सय नाघेको छ ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा भएका छन् । त्यहाँ अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या ६ लाख १६ हजार नाघेको छ । त्यस्तै, स्पेनमा १ लाख ७७ हजार, इटालीमा १ लाख ६२ हजार, फ्रान्समा १ लाख ४३ हजार र जर्मनीमा १ लाख ३२ हजार संक्रमित पुगेका छन् ।

अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि १ लाख २९ हजार १५५ पुगेको छ । सबैभन्दा धेरै मानिसको मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा अहिलेसम्म २६ हजारभन्दा धेरै मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ भने इटालीमा पनि २१ हजारभन्दा धेरै मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ ।

स्पेनमा पनि १८ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । विश्वभर अहिलेसम्म पाँच लाखभन्दा धेरै संक्रमित निको भइसकेका छन् । निको हुनेमा सबैभन्दा धेरै चीनमा ७८ हजारभन्दा धेरै मानिस निको भइसकेका छन् भने जर्मनीमा पनि ७२ हजारभन्दा बढी निको भएका छन् ।

यसैबीच अमेजनका संस्थापक तथा मालिक जेफ बेजोसले कोरोनाभाइरसको महामारीमा बढेको अनलाइन किनमेलका कारण आफ्नो सम्पत्तिमा २४ अर्ब अमेरिकी डलर थपेका छन्।

विश्वका सबैभन्दा धनी व्यक्ति बेजोससँग अहिले एक खर्ब २४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको ब्लूमबर्ग बीलीनेअर्स इन्डेक्सको तथ्याङ्क छ। अनलाइन किनमेलका लागि विश्वविख्यात अमेजनले कोरोनाभाइरसको विश्वव्यापी महामारीको बेला बढेको अनलाइन किनमेलबाट फाइदा लिएको छ।

माग बढेपछि आपूर्ति धान्नको लागि अमेजनले हजारौँ नयाँ जागिर सिर्जना गरेको छ। यति हुँदाहुँदै पनि अमेरिकामा कोरोनाभाइरसबाट बच्न यथेष्ट प्रयास नगरेको भन्दै अमेजनको आलोचना भएको छ।

अमेजनमा बेजोसको ११ प्रतिशत शेयर छ र मङ्गलवार मात्रै अमेजनको शेयरको मूल्य ५.३ प्रतिशतले बढेको छ।लकडाउनमा अन्य अनलाइन किनमेल संस्थाहरूले पनि नाफा गरेका छन्।

वालमार्टका मालिक परिवारको यो वर्ष सम्पत्ति ५ प्रतिशत बढेको छ र सो परिवार विश्वको सबैभन्दा धनी परिवार बनेको छ। लाखौँ मानिसहरूले घरबाट काम गर्न जुम प्रयोग गरेपछि यसका संस्थापक इरिक युआनको सम्पत्ति दोबर भएर सात अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ।

प्रतिक्रिया