आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

र्‍यापिड टेष्ट गर्दा गोरखाका १ युवकमा कोरोना पोजेटिभ देखियो

प्रकाशित
853
SHARES

काठमाडौँ । र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट गरिएको कोभिङ–१९ (कोरोना) परीक्षणमा नेपालमा फेरी थप एक जनामा कोरोना पोजेटिभ देखिएको छ । गोरखा जिल्लाक आरुघाटका एक युवामा पोजिटिभ देखिएको हो ।

उनि आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय फागुन २३ गते बहराइनबाट फर्किएका थिए । उनको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको छ । विदेशबाट फर्किएको ४० दिनपछि परीक्षण गर्दा उनमा संक्रमण देखिएको हो ।

किटबाट परीक्षण गर्दा पोजिटिभ देखिए पनि उनमा कोरोनाको लक्षण नदेखिएको र उनीबिरामी पनि नभएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण अर्यालले बताए । आरुघाटमा विदेशबाट आएका सबैको परीक्षण गरिँदा उनको मात्रै पोजिटिभ देखिएको हो। उनीसँगै विदेशबाट आएका अर्का व्यक्तिको पनि स्वाब परीक्षणका लागि पोखरा पठाइएको छ ।

त्यस्तै सर्लाहीको चन्द्रनगर गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको ५० जनाको र्‍यापिड परीक्षण गरिएको छ । परीक्षण रिपोर्टमा कोरोना भाइरस नेगेटिभ आएको छ । चन्द्रनगरको क्वारेन्टाइनमा रहेका ५० जनालाई मङ्गलबार कोरोनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका चन्द्रनगर गाउँपालिका ती व्यक्तिलाई कामधस्थित एक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ। यसअघि सोमबार हरिपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका दुई जनाको कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा उनीहरुको पनि कोरोना नेगेटिभ आएको प्रजिअ जिसीले बताए । सर्लाहीका २० स्थानीय तहले ३७ स्थानमा ३८३ शैयाको क्वारेन्टाइन निर्माण गरेका छन् । यस्तै गण्डकी प्रदेशमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आडीटी)मार्फत गरिएको परीक्षणमा एन्टिबडी पोजेटिभ देखिएका ३ जनामध्ये १ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा रामबहादुर केसीका अनुसार आरडीटी परीक्षणका क्रममा बाग्लुङ, कास्की र गोरखाका गरी ३ जनामा कोरोना संक्रमणको संकेत (एन्डिबडी) पोजेटिभ देखिएको थियो । जसमध्येका बाग्लुङका एक युवकको पीसीआर विधिबाट गरिएको परीक्षणको नतिजा नेगेटिभ देखिएको हो । ‘आरडीटी पोजेटिभ देखिएकामध्ये बाग्लुङका युवकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । यसको मतलब उनमा कोरोनाको संक्रमण छैन भन्ने हो,’ डा केसीले भने ।

प्रतिक्रिया